इटहरी । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले पुस २४ गते जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वाँहाले कार्यलय भवन, सम्पूर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नु भएको छ । निरीक्षण पश्चात प्रदेश प्रहरी प्रमुख अधिकारीले जिल्ला प्रहरी कार्यालय धनकुटा तथा मातहत कार्यालय प्रमुखहरु सहित कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ । निर्देशनको क्रममा वँहाले समाजमा शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रणका साथै नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न तथा आपसी भाईचारा तथा सहयोगी भावनाक
इटहरी । झापा, सुनसरी, इलाम र धनकुटाबाट लागुऔषध सहित ६जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २३ गते झापाको मेचीनगर नगरपालिका(६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा पाँचथर मिक्लाजुङ गाउँपालिका ४ का ३१ बर्षीय दिल प्रसाद राई र दमक २ की २९ बर्षीया स्मारिका नेम्बाङलाई ४ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी वडा प्रहरी कार्यालय धरानको प्रहरी टोलीलेधरान १२ स्थित डेरा गरि बस्दै आएकी २२ बर्षीया सम्झना लिम्बुलाई निषेधित औषधी १८२ चक्की र गाँजा १००ग्राम सहित पक्राउ गरेको छ । त्यस्तै इलाका प्रहरी कार्यालय भेडेटारले चेकजाँचको क्रममा १६ किलोग्राम गाँजा
इटहरी । किमाथाङ्का– जिल्लाको माथिल्लो क्षेत्रमा वर्षासँगै हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । चैनपुर नगरपालिका–१ गुफापोखरी आसपास गए रातिदेखि हिमपात भएको स्थानीयवासी आङकाञ्जु शेर्पाले बताए । उनका अनुसार गुफापोखरी, मङ्गलबारे, किमाथाङ्का र मकालुलगायतमा गएरातिदेखि हिमपात हुँदा जनजीवन प्रभावित बनेको हो । अहिले पनि सो क्षेत्रमा हल्का वर्षा र हिउँ पर्ने क्रम जारी रहेको बताइएको छ । चिसोले बालबालिका, वृद्धवृद्धा र पशुचौपाया बढी प्रभावित भएका जनाइएको छ ।
इटहरी। पर्यटन प्रवर्द्धन गर्न ‘निसान पदमार्ग’ मा आजदेखि तीनदिने पदयात्रा आयोजना हुँदैछ । तत्कालीन नेपाल एकीकरणका समयमा पूर्वी सीमा विजय गरेर गाडिएका निसान फर्काइएको मार्ग पहिचान गरी ‘निसान पदमार्ग’ निर्माण गरिएको थियो । यही पदमार्गमा पदयात्राको कार्यक्रम आयोजना गरिएको इलामस्थित नेपाली सेना, रणशार्दूल गणले जनाएको छ । नेपाल–भारत सिमाना जोडिएको मेची नदीको मुहानबाट इलाम सदरमुकामस्थित निसान स्थापना गरिएको माईस्थान मन्दिरसम्मको ४१ किलोमिटर पदमार्गमा पदयात्रा गरिने गणपति प्रल्हद घलेले जानकारी दिनुभयो । तत्कालीन श्रीनाथ पल्टनले पूर्वको भूभाग विजय गरेर गाडेका निसान सुगौली सन्धिपछि फर्काएर राखिएका
इटहरी। निर्माण व्यवसायी संघ झापाको अध्यक्षमा रमेश अधिकारी निर्वाचित हुनुभएको छ । मङ्गलबार भएको मतदानमा १६३ मत ल्याई अधिकारी अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी प्रकाशकुमार सिंहले १४२ मत प्राप्त गर्नुभयो । त्यस्तै, सहकोषाध्यक्षमा सुरेन्द्र धिमाल निर्वाचित हुनुभयो । सहकोषाध्यक्ष पदका लागि तीन जनाबिच प्रतिस्पर्धा भएको थियो । त्यसमध्ये धिमाल १०४ मत ल्याई निर्वाचित हुँदा सोही पदमा एंगल गुरुङले ९९ र सुरेश भट्टराईले ९८ मत प्राप्त गर्नुभयो । त्यस्तै, सदस्यहरुमा प्रवीण कट्वाल २४६, मनोज उप्रेती २२४, इन्जिनियर विवेक जवेगू २२५, गंगाप्रसाद गौतम २२४, दिनेश मैनाली २२२, ज्ञानबहादुर ताम
इटहरी । ताप्लेजुङमा मङ्गलबार राति वर्षा र हिमपात भएको छ । वर्षासँगै जिल्लाको उच्च भेगमा बाक्लो हिमपात भएको हो । ताप्लेजुङमा यो दोस्रो पटक हिमपात भएको हो । जिल्लास्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मुक्कुमलुङ सहित उच्च हिमाली भेगमा हिमपात भएको छ । हिमाली बस्ती फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले, वडा–७ ओलाङ्चुङगोला, याङ्मामा सामान्य हिउँ परेको छ । ओलाङ्चुङगोला बस्तीमा सामान्य हिउँ परेको स्थानीय दावाफुटी शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार ओलाङ्चुङगोलामा वर्षा भएको छैन । यस्तै, फलेका स्थानीय मिङ्मा शेर्पाका अनुसार फले र घुन्सा बस्तीमा पनि सामान्य मात्र हिउँ परेको छ । उच्च हिमाली क्षेत्
इटहरी । हिमाली जिल्ला सोलुखुम्बुमा मङ्गलबार अपराह्नदेखि यस वर्षको पहिलो वर्षा तथा हिमपात भएसँगै सोलुखुम्बु प्रहरीले ‘चालकसँग दुई मिनेट कार्यक्रम’ सुरु गरेको छ । वर्षासहितको हिमपातपछि सडकमा हिउँ तथा पानी जमेर धेरै चिप्लो र हिलाम्मे हुँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले सुरक्षित यात्राका लागि सवारी चालकहरुसँग दुई मिनेट कार्यक्रम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताउनुभयो । जिल्लामा सवारी साधन भित्रिने तथा बाहिरिने मुख्य नाका पत्तालेलगायतका क्षेत्रमा प्रहरीले सुरक्षित यात्राका लागि सबै चालकहरुलाई रोकेर सम्भावित खतरा र सुरक्षित यात्राबारे द
इटहरी । मोरङको बुढिगंगा गाउँपालिका(४ स्थित कोशी लोकमार्गमा सवारी चालक तथा सह(चालकहरुको स्वास्थ्य परिक्षण तथा मापसे जाँच गरीएको छ । पुस २३ गते कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आथित्यता तथा जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख प्रेम प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि सवारी चालक तथा सहचालकहरुको स्वास्थ्य परिक्षण तथा लापसे जाँच गरीएको थियो । उक्त कार्यक्रमलाई सम्वोधन गर्नु हुँदै प्रमुख अतिथि अधिकारीले सवारी साधन हाम्रो दिनचर्यालाई सहज बनाउन अति आवश्यक भएको तर सवारी साधनबाट हुने दुर्घटना हाम्
इटहरी । मोरङको पथरीशनिश्चरे १ नं. वडा रहेको पञ्चायत माविको बाल कक्षामा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई न्यायो कपडा प्रदान गरिएको छ । विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी र शिक्षिका गोमादेवी पौडेल बुढाथोकीले आफ्नो दिवंगत माता–पिताको स्मृतिमा न्यायो कपडा प्रदान गर्नुभएको हो । सोही विद्यालयमा स्थापना गरिएको एक लाख ११ हजार बढी रुपैयाँ बराबरको प्रेमगीता स्मृति अक्षकोषबाट न्यानो कपडा वितरण गरिएको प्रधानाध्यापक अर्जुन बुढाथोकीले जानकारी दिनुभयो । उक्त अक्षय कोषबाट प्राप्त ब्याज ११ हजार र प्रधानाध्यापक अर्जुन बुढाथोकी परिवारबाट २४ हजार थप गरी ३५ हजारमा ५० जोर न्यानो कपडा (ट्रयाक सुट) बा
इटहरी । धनकुटाको भेडेटार बजारबाट प्रहरीले १६ केजी गाँजासहित एक दम्पतीलाई पक्राउ गरेको छ । मंगलबार साँगुरीगढी गाउँपालिका ६ स्थित धरानतर्फ जाँदै गरेको को ३३ प ९३०७ को मोटरसाइकलबाट गाँजा बरामद भएको हो । मोटरसाइकल चालक धनकुटाको सहिदभूमि गाउँपालिका ७ का ३९ वर्षीय निकेन्द्र राई र पछाडि बस्ने उनकी श्रीमती ३० की निशालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरी नायब निरीक्षक रमेश प्रधानको नेतृत्वमा खटिएको टोलीले खानतलासीका क्रममा उक्त परिमाणको गाँजा नियन्त्रणमा लिएको जनाइएको छ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.