इटहरी । धनकुटाको भेडेटार बजारबाट प्रहरीले १६ केजी गाँजासहित एक दम्पतीलाई पक्राउ गरेको छ  । मंगलबार साँगुरीगढी गाउँपालिका ६ स्थित धरानतर्फ जाँदै गरेको को ३३ प ९३०७ को मोटरसाइकलबाट गाँजा बरामद भएको हो । मोटरसाइकल चालक धनकुटाको सहिदभूमि गाउँपालिका ७ का ३९ वर्षीय निकेन्द्र राई र पछाडि बस्ने उनकी श्रीमती ३० की निशालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरी नायब निरीक्षक रमेश प्रधानको नेतृत्वमा खटिएको टोलीले खानतलासीका क्रममा उक्त परिमाणको गाँजा नियन्त्रणमा लिएको जनाइएको छ।