इटहरी । मोरङको पथरीशनिश्चरे १ नं. वडा रहेको पञ्चायत माविको बाल कक्षामा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई न्यायो कपडा प्रदान गरिएको छ । विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी र शिक्षिका गोमादेवी पौडेल बुढाथोकीले आफ्नो दिवंगत माता–पिताको स्मृतिमा न्यायो कपडा प्रदान गर्नुभएको हो । सोही विद्यालयमा स्थापना गरिएको एक लाख ११ हजार बढी रुपैयाँ बराबरको प्रेमगीता स्मृति अक्षकोषबाट  न्यानो कपडा वितरण गरिएको प्रधानाध्यापक अर्जुन बुढाथोकीले जानकारी दिनुभयो । उक्त अक्षय कोषबाट प्राप्त ब्याज ११ हजार र प्रधानाध्यापक अर्जुन बुढाथोकी परिवारबाट २४ हजार थप गरी ३५ हजारमा ५० जोर न्यानो कपडा (ट्रयाक सुट) बाल बालिकालाई वितरण भएको जानकारी दिनुभयो । पञ्चायत माविको कक्षा नर्सरी र बाल कक्षामा अध्ययनरत ५० जना विद्यार्थीलाई न्यायो कपडा वितरण गरिएको थियो । न्यायो कपडा वितरण कार्यक्रममा प्रधानाध्यापक अर्जुन बुढाथोकी, शिक्षक गोमादेवी बुढाथोकी, विद्यालय व्यवस्थापन समितिका सदस्य रामप्रसाद ग्यावा तामाङ, शिक्षक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।