धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकामा एकनाले भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको छ । धनकुटा प्रहरीका अनुसार सोमबार इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीको गस्तो टोलीले साँगुरीगढी गाउँपालिका-८ हर्चुवा क्षेत्रबाट एकनाले भरुवा बन्दुक बरामद गरेको हो ।बन्दुक कसले र कुन प्रयोजनका लागि त्यहाँ राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं। सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको विभिन्न मन्त्रालयका सचिवहरुको बैठकले कार्यदल गठन गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका संस्थान हेर्ने सहसचिवको संयोजकत्वमा गठित कार्यदलले मिलका भौतिक संरचना, मेसिनरी, सम्पत्ति तथा दायित्वको अवस्था र यसअघि भएका अध्ययन तथा निर्णयहरूको समीक्षा गर्नेछ। कार्यदलले पुनः सञ्चालनका सम्भावित विकल्प र आवश्यक रणनीतिसहितको प्रतिवेदन एक महिनाभित्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेस गर्नेछ। बैठकम
इटहरी । मोरङको सुन्दरहरैँचा–२ मृगौलियामा आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट करिब ४ सय स्थानीय नागरिकले प्रत्यक्ष स्वास्थ्य सेवा लिएका छन्। गछिया जेसीज र मृगौलिया स्वास्थ्य चौकीको संयुक्त आयोजना तथा विराट मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो। कार्यक्रममा गछिया जेसीजका अध्यक्ष कमल ढुंगाना (कुन्दन) ले युवाको ऊर्जालाई सामाजिक उत्तरदायित्व र सेवामा जोड्दै आगामी दिनमा पनि यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। सुन्दरहरैँचा–२ का वडाध्यक्ष विबश प्रधानले विपन्न नागरिकसम्म आधारभूत स्वास्थ्य सेवा पु¥याउन र समयमै परीक्षण गर्ने बा
इटहरी । मोरङको सुन्दरहरैंचामा ३२ औँ विश्व आदिवासी दिवस विभिन्न जातजातिका मौलिक झाँकी, ¥याली तथा सांस्कृतिक प्रस्तुति सहित सम्पन्न भएको छ। नेपाल आदिवासी जनजाति महासंघ सुन्दरहरैंचाको आयोजनामा सुन्दरहरैंचा नगरपालिका–७ स्थित गछिया खेलमैदानमा आयोजित कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति मोरङका अध्यक्ष अजम्बर राईले गनुृभएको थियो । कार्यक्रमको अध्यक्षता महासंघ सुन्दरहरैंचाका अध्यक्ष सुमन याख्खाले गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अजम्बर राईले आदिवासी जनजातिको भाषा, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षणसँगै अधिकार सुनिश्चित गर्न राज्यका सबै तहबाट आवश्यक पहल हुनुपर्नेमा जो
संखुवासभा। उत्तर-दक्षिण कोशी राजमार्गअन्तरर्गत सङ्खुवासभाको खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध भएको छ । मकालु गाउँपालिका–४ स्थित नेता भिरमा पहिरो खसेर खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध भएको हो । गएराति अविरल बर्षासँगै आएको पहिरोले सडक भासिँएर उत्तर दक्षिण कोशी राजमार्ग अन्तरर्गत खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालले बताए।माथिबाट ढुङ्गा माटोसहितको पहिरो खसेर सडक भासिएको छ। आइतबार बिहान खसेको पहिरो हटाएर एकतर्फी सडक खुले पनि खाँदबारी-किमाथाङ्का पुनः सोमबार बिहानदेखि अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरो खसेपछि सदरमुकाम खाँदबारीबाट भोटखोला जाने
धरान। साउन महिनाको अन्तिम सोमबार धरान उपमहानगरपालिका–१४ विजयपुर डाँडास्थित प्रसिद्ध धार्मिकस्थल पिण्डेश्वर बाबाधाममा ५० हजारभन्दा बढी भक्तजनले दर्शन तथा जलाभिषेक गरेका छन् । साउन महिनाभर सञ्चालन हुने बोलबम मेलाको अन्तिम सोमबार भएकाले आईतबार साँझदेखि नै पिण्डेश्वर बाबाधाममा भक्तजनको घुईंचो लागेको पिण्डेश्वर बाबाधाम व्यवस्थापन समितिले जनाएको छ । अत्यधिक भीडका कारण आईतबार राति देखि नैै शिवलिङ्गमा जल चढाउन ढोका खुुल्ला गरिएको व्यवस्थापन समितिका कोषाध्यक्ष पंकज घिमिरेले बताउनुभयो । साउन महिनाभर सञ्चालन हुने बोलबम पूजाको अन्तिम सोमबार बिहान ११ बजेसम्म करिब ५० हजार भक्तजनले दर्शन गरिसकेको र दिन
विराटनगर । कोशी प्रदेश सरकारले मनसुनजन्य बाढी, पहिरो र डुबानबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि १४ वटै जिल्लामा पूर्वतयारी र प्रतिकार्यलाई तीव्र बनाएको जनाएको छ । प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३’ कार्यान्वयनमा ल्याउँदै जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला निकायलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको हो । मन्त्रालयका वरिष्ठ शाखा अधिकृत सदानन्द भट्टराईका अनुसार प्रदेश कार्यकारी समितिबाट मनसुन प्रतिकार्य योजना पारित भइसकेको छ । जोखिमयुक्त क्षेत्र पहिचान गरी जोखिमका आधारमा स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति,
इटहरी। नेपाली सेनाका उपरथी शक्तिजंग बस्नेतले सोमबारदेखि इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टरको नेतृत्व सम्हाल्नुभएको छ । उहाँले यसअघि पूर्वी पृतनाको नेतृत्व गर्नुभएका उपरथी गौरवकुमार केसीको स्थानमा जिम्मेवारी सम्हाल्नुभएको हो । पूर्वी पृतनाको नेतृत्व सम्हाल्नुभएका उपरथी बस्नेतले तीन दशक लामो सैनिक सेवाका क्रममा नेपाली सेनाको व्यावसायिक क्षमता अभिवृद्धि, रणनीतिक भूमिका, विपद् प्रतिकार्य तथा स्थानीय तह र नागरिकसँगको सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउनुभएको छ ।२०४७ साल मङ्सिर २८ गते नेपाली सेनामा भर्ना हुनुभएका उपरथी बस्नेतले नेपाली सेनाका विभिन्न महत्त्वपूर्ण निकाय तथा कमान्डमा जिम्मे
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका ३१ वर्षीय पङ्की राई ‘रोशन’लाई वैदेशिक रोजगारीले खासै मन बहलाउन सकेन । त्यसलाई चटक्कै छाडेर स्वदेश फर्किए । विदेशमा रहँदा कम्पनी मालिकको पेलान तथा आफ्नो देशप्रतिको मायाले १० महिना नबित्दै फर्किएका उनीमा नेपालका पर्यटकीयस्थल घुम्ने र फोटो–भिडियोमार्फत अरूलाई घुमाउने सोख जागृत भयो । विदेशबाट फर्किलगत्तै आफ्नो सोखअनुसार पर्यटकीयस्थलको फोटो तथा भिडियो कैद गर्न क्यामेरा र ट्राइपोटसहित बन्दोबस्तीका सामग्री बोकेर पङ्की नेपालका कुना–कन्दराका नियमित यात्री बने । हरेक जिल्ला यात्राको क्रममा बटुलेको सुख, दुःख तथा पर्यटकीय सम्भावनाका क्षेत्रको फोट
इलाम : पूर्वी पहाडको मुख्य जीवनरेखा मानिएको मेची राजमार्ग महिना दिनदेखि अवरुद्ध हुँदा जनजीवन कष्टकर बनेको छ। विशेषगरी माईखोला–राजदुवाली खण्डमा निरन्तर खसेको पहिरोका कारण सडक पूर्ण रूपमा बन्द हुँदा इलाम, पाँचथर र ताप्लेजुङ आवतजावत प्रभावित भएको छ। लगातार वर्षासँगै झरेका पहिरो र सडक भासिने समस्या दोहोरिँदै गएपछि राजमार्ग सञ्चालनमा आउन सकेको छैन। सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन् भने दैनिक उपभोग्य वस्तु ढुवानीमा समेत गम्भीर असर परेको छ। एम्बुलेन्स जस्ता अत्यावश्यक सेवा समेत प्रभावित हुँदा बिरामीहरू जोखिमपूर्ण अवस्थामा यात्रा गर्न बाध्य भएका छन्। स्थानीयवासीका अनुसार वैकल्पिक मार्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.