संखुवासभा। उत्तर-दक्षिण कोशी राजमार्गअन्तरर्गत सङ्खुवासभाको खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध भएको छ । मकालु गाउँपालिका–४ स्थित नेता भिरमा पहिरो खसेर खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध भएको हो । गएराति अविरल बर्षासँगै आएको पहिरोले सडक भासिँएर उत्तर दक्षिण कोशी राजमार्ग अन्तरर्गत खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालले बताए।
माथिबाट ढुङ्गा माटोसहितको पहिरो खसेर सडक भासिएको छ। आइतबार बिहान खसेको पहिरो हटाएर एकतर्फी सडक खुले पनि खाँदबारी-किमाथाङ्का पुनः सोमबार बिहानदेखि अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरो खसेपछि सदरमुकाम खाँदबारीबाट भोटखोला जाने तथा खाँदबारी आउने यातायातका साधन वारपार गर्न सकेको छैनन् । अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ ।


