All Posts By कोशी प्रेस

    Showing ७,८६१-७,८७० of १३,७०८ items.
  • ‘अमर नेम्बाङ स्मृति सम्मान’ धरावासी र स्वप्निललाई

    इटहरी। यस वर्षको अमर नेम्बाङ लिम्बू स्मृति साहित्य सम्मान तथा पुरस्कार कवि कृष्ण धरावासी  र कवि स्वप्निल स्मृतिलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानले नेम्बाङको छैठौं स्मृति दिवसमा धरावासी र स्वप्निललाई संयुक्तरुपमा सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । उक्त पुरस्कारको राशि जनहि नगद ५० हजार र कदर पत्र रहेको छ । प्रतिष्ठानका अध्यक्ष मुनिन्द्र नेम्बाङका अनुसार प्रतिष्ठानले यहि माघ २६ गते कवि धरावासी र स्वप्निललाई साहित्य सम्मानसहित एक जना विद्यार्थीलाई छात्रवृति र बम विस्फोटमा परेका तथा बाढीपहिरो पीडितलाई राहत वितरण गर्न लागेको हो । सम्मान

    • प्रकाशित मितिः माघ १९, २०८१
    • १७३ पटक पढिएको
  • सूर्योदय नगरपालिकामा ‘टोल विकास संस्थासँग नगरप्रमुख’ कार्यक्रम सुरु

    इटहरी।  इलामको सूर्योदय नगरपालिका असल अभ्यासका कारण देशभर चर्चामा छ । नगरका असल अभ्यास हेर्न र सिक्नका लागि अहिले दैनिक देशका कुनै न कुनै पालिकाका जनप्रतिनिधि आएकै हुन्छन् । नगरले पछिल्लो समय फरक अभ्यास सुरु गरेको छ । नगर क्षेत्रमा दर्ता भएका २०१ वटा टोल विकास संस्थामा ‘टोल विकाससँग नगरप्रमुख’  कार्यक्रम सुरु गरिएको छ । टोल विकास संस्था सञ्चालन कार्यविधि २०७४ र टोल विकास संस्था गठन तथा परिचालन कार्यविधि २०८० बमोजिम सव्रिmय रहेका टोल विकासका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई टोल विकासको काम, कर्तव्य र अधिकारका विषयमा कक्षा सञ्चालन भइरहेको छ । नगरप्रमुख रणबहादुर राई आफँै पुगेर वडाभरका टोल

    • प्रकाशित मितिः माघ १९, २०८१
    • २७५ पटक पढिएको
  • फिदिममा भेटिएको बेवारिसे शव झापाका सिटौलाको

    इटहरी । फिदिम नगरपालिका २ बैरङगीस्थित अलैचीबारीमा भेटिएको बेवारिसे पुरुषको शवको पहिचान खुलेको छ । शव झापा बिर्तामोड नगरपालिका ७ निवासी ६० वर्षीय  गोबिन्दप्रसाद सिटौलाको रहेको पाँचथर प्रहरीले जनाएको छ । शव  बिहीबार  बिष्णु श्रेष्ठको अलैचीबारीमा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । शवको जिल्ला अस्पताल पाँचथरमा पोस्टमार्टम गरी शनिबार आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी विनलाल साह तेलीले जानकारी दिनुभएको छ । शनिबारनै झापाको माईमा सिटौलाको दाहसंस्कार गरिने छोरा कृष्णले बताउनुभयो ।  

    • प्रकाशित मितिः माघ १९, २०८१
    • १५६ पटक पढिएको
  • इटहरीमा भोलि देखि डिभिएम कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता हुने

    इटहरी | इटहरीमा भोलि देखि डिभिएम कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता हुने भएको छ ।नेपाल डिभिएम ग्लोबल एकेडेमी इटहरीले भोलि देखि २२ गते सम्म अन्तरविद्यालय क्रिकेट प्रतियोगिता गर्ने भएको छ । प्रतियोगितामा २९ वटा टिम सहभागी हुदैछ । भोलि देखि हुने खेलको तयारी पूरा भएको आयोजना समितिले जनाएको छ ।उद्घाटनको दिन पहिलो  डिभिएम स्कुल र सगरमाथा स्कुल बिच हुने भएको छ भने दोस्रो चरणमा  महेन्द्र मेमोरियल दुहबी र शान्तिनगर स्कुल इटहरी २ को प्रतियोगिता हुने भएको  छ ।नेपाल डिभिएम ग्लोबल एकेडेमी इटहरीको खेलमैदानमा हुने कपको प्रतियोगिताको विजेता टिमले सिल्ड, प्रमाणपत्र तथा रु २५,००० नगद पुरस्कार प

    • प्रकाशित मितिः माघ १८, २०८१
    • ३७८ पटक पढिएको
  • हिसान एन्फा कप फुटबलको उपाधी पूर्वाञ्चल र क्रिकेटमा बिश्वआदर्श च्याम्पियन

    इटहरी । हिसान एन्फा सुनसरी कप अन्तर बिद्यालय फुटबल प्रतियोगिताको उपाधी पूर्वाञ्चल कलेजले जितेको छ । इटहरी तालतलैया स्थित बुढासुब्बा खेलमैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा सुस्मा कलेज माथी १–० गोलको जीत निकाल्दै पूर्वाञ्चलले उपाधी जितेको हो । पूर्वाञ्चललाई उपाधी जिताउन सिजल राईले दोस्रो हाफको ५ औं मिनेटमा गरेको गोलनै निर्णायक बन्यो । उपाधीसंगै पूर्वाञ्चलले नगद ३० हजार रुपैया र शिल्ड हात पारेको छ । उपबिजेता बनेको सुस्मा कलेजले १५ हजार रुपैया पाएको छ । फाइनल खेलको म्यानअफद म्याच पूर्वाञ्चलका कैलाश भुजेल भए । उनले नगद १ हजार रुपैया पाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा उच्च गोलकर्ता पूर्वाञ

    • प्रकाशित मितिः माघ १८, २०८१
    • २७९ पटक पढिएको
  • साजीलाल माध्यमिक विद्यालयमा टीकाराम, षडानन्द दाहाल स्मृति सामुदायिक विद्यालयस्तरीय अन्तरमाध्यमिक हाजिरीजवाफ प्रतियोगिता

    मोरङ | मोरङको सुन्दरहरैंचा नगरपालिका-६, दुलारीस्थित साजीलाल माध्यमिक विद्यालयको आयोजनामा टीकाराम, षडानन्द दाहाल स्मृति सामुदायिक विद्यालयस्तरीय अन्तरमाध्यमिक हाजिरीजवाफ प्रतियोगिता भएको छ ।साजीलाल माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ओझाको अध्यक्षतथा स्वर्गिय टिकाराम दाहाल र स्वर्गिय षडानन्द दाहालका पीता /विद्यालयका पूर्व प्रधानध्यापक पीताम्बर दाहालकोको प्रमुख अतिथिमा कार्यक्रम गरिएको हो ।हाजिरीजवाफ प्रतियोगितामा साजिलाल माध्यमिक विद्यालय प्रथम स्थान हासिल गर्न सफल भएको छ। सुकुना माध्यमिक विद्यालय द्वितीय तथा जनता माध्यमिक विद्यालय, बुधबारे तृतीय स्थानमा आएका छन्

    • प्रकाशित मितिः माघ १८, २०८१
    • ७७० पटक पढिएको
  • ताप्लेजुङमा केबलकारविरुद्धको बन्दका कारण अलपत्र ३९ तीर्थयात्रीको उद्धार

    इटहरी । ताप्लेजुङमा केबलकार निर्माण खारेजीको मागसहित भइरहेको आन्दोलनका कारण अलपत्र परेका ३९ जना तीर्थयात्रीको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ । काठमाण्डौ, भक्तपुर, कास्की, सिरहा, झापा, मोरङसहित विभिन्न जिल्लाका तीर्थयात्री ताप्लेजुङको फुङलिङ बजारमा अलपत्र परेको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं–१ कञ्चनजङ्घा गुल्मले उद्धार गरी हिजो पाँचथरतर्फ पठाएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । सशस्त्र प्रहरी बलले अलपत्र तीर्थयात्रीको गुल्म परिसरमा स्वास्थ्य जाँचसमेत गरेको थियो । ‘नो केबलकार’ समूहले मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमसहितका नाकामा भित्रिने

    • प्रकाशित मितिः माघ १८, २०८१
    • ३३३ पटक पढिएको
  • मदन भण्डारी अस्पताललाई सय शैयाको बनाइने

    इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मोरङको उर्लाबारी ३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरलाई सय शैयाको बनाइने बताउनुभएको छ । बिहीवार पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँगै अस्पतालको निरीक्षण तथा अवलोकन गरेपछि आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले यस्तो बताउनुभएको हो । उहाँले सय शैयाको अस्पताल नभए ट्रमा सेन्टर अपुरो हुने र शैक्षिक कार्यक्रम सञ्चालन गर्न नसकिने बताउनुभयो । अस्पताललाई सय शैयामा बिस्तार गर्न आवश्यक रहेको उहाँको भनाइ छ । आर्थिक वर्ष २०८२–८३ सम्ममा अस्पताललाई पूर्ण जनशक्तिको बनाउने बताउँदै उहाँले जननेता मदन भण्डारीको नामसँग जोडिएको अस्पताललाई प्रदेशको

    • प्रकाशित मितिः माघ १८, २०८१
    • ३७० पटक पढिएको
  • नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति सोलुखुम्बुको अध्यक्षमा युवराज शर्मा सर्वसम्मत चयन

    इटहरी । नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति सोलुखुम्बुको अध्यक्षमा युवराज शर्मा सर्वसम्मत चयन हुनुभएको छ । नेकपा ९एमाले० निकट मानिने कर्मचारी सङ्गठनको ‘सम्पूर्ण निजामती कर्मचारी एकजुट होऔँ’ भन्ने नाराका भएको १२ औँ अधिवेशनले उपाध्यक्षमा उमादेवी राई, सचिवमा लक्ष्मण कार्की, सहसचिवमा विनोद निरौला र कोषाध्यक्षमा मनोजकुमार महतो सर्वसम्मत चयन हुनुभएको छ । प्रदेश प्रतिनिधिमा शरणलाल दास केवरत, केन्द्रीय प्रतिनिधिमा छत्रबहादुर खड्का, फडिन्द्र खत्री, महेश भण्डारी, रेखा राजभण्डारी, गङ्गाबहादुर कटवाल चयन हुनुभएको छ । अधिवेशनमा नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय उपाध्यक्ष प्रभास शाहको उपस

    • प्रकाशित मितिः माघ १८, २०८१
    • ३५० पटक पढिएको
  • फिदिममा पुरुषको बेवारिसे शव फेला

    इटहरी । फिदिम नगरपालिका २ बैरङगीमा एक पुरुषको बेवारिसे शव फेला परेको छ । बिहीबार बिष्णु श्रेष्ठको अलैचीबारीमा अन्दाजी ५५र६० वर्षीय आर्यन मुलको जस्तो देखिने मानिसको शव देखे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान हुन नसकेको र पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथरको शव गृहमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी विनलाल साहले जानकारी दिनुभएको छ । उहाँका अनुसार शवको पहिचान गर्न र घटनाका कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको छ ।

    • प्रकाशित मितिः माघ १८, २०८१
    • १४५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]