इटहरी।  इलामको सूर्योदय नगरपालिका असल अभ्यासका कारण देशभर चर्चामा छ । नगरका असल अभ्यास हेर्न र सिक्नका लागि अहिले दैनिक देशका कुनै न कुनै पालिकाका जनप्रतिनिधि आएकै हुन्छन् । नगरले पछिल्लो समय फरक अभ्यास सुरु गरेको छ । नगर क्षेत्रमा दर्ता भएका २०१ वटा टोल विकास संस्थामा ‘टोल विकाससँग नगरप्रमुख’  कार्यक्रम सुरु गरिएको छ । टोल विकास संस्था सञ्चालन कार्यविधि २०७४ र टोल विकास संस्था गठन तथा परिचालन कार्यविधि २०८० बमोजिम सव्रिmय रहेका टोल विकासका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई टोल विकासको काम, कर्तव्य र अधिकारका विषयमा कक्षा सञ्चालन भइरहेको छ । नगरप्रमुख रणबहादुर राई आफँै पुगेर वडाभरका टोल विकास पदाधिकारीलाई एकै ठाउँमा जम्मा पारी उनीहरूको काम, कर्तव्य र अधिकारका विषयमा प्रशिक्षण दिने काम गरिरहनुभएको छ । नगरप्रमुख राई जस्तै गरी नगर उपप्रमुख दुर्गाकुमार बराल पनि टोलवासीसँग छलफल र संवादमै हुनुहुन्छ । नगरप्रमुख राईले टोलको सरसफाइ, सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने, विभिन्न सिफारिस गर्ने, गरिब असहायको तथ्याङ्क सङ्कलन गर्ने, शिक्षाको अवस्था अनुगमन गर्ने, सुत्केरी महिला र बच्चाको अवस्था बुझ्ने जस्ता काम टोल विकासले गर्नुपर्ने  बताउनुभयो । सूर्योदयले आगामी आर्थिक वर्षदेखि टोल विकास संस्थाका लागि बजेट विनियोजन गर्ने योजना अगाडी सारेको नगरका प्रमुख प्रशासकीय अधिकृत अमृत राईले जानकारी दिनुभयो । नगरले १४ वटै वडाका टोल विकास संस्थासँग तल्लो तहका राय सुझावसमेत सङ्कलन गर्ने काम गरिरहेको छ । नगरका उपप्रमुख दुर्गाकुमार बरालले टोल विकाससँगको  कार्यक्रमले टोलका तल्लो तहका समस्या बुझ्न सहज भएको बताउनुभयो । नगरप्रमुख राईले टोल विकास सव्रिmय भएदेखि टोलबाटै मदिराको बेचबिखनमा न्यूनीकरण गर्न सकिएको बताउनुभयो । उनीउटार टोल विकास संस्थामा अध्यक्ष पुष्पा न्यौपानेले नगरले प्रशिक्षण दिएपछि टोल समितिले गर्ने काम धेरै रहेछन् भन्ने थाहा पाएको जानकारी दिनुभयो ।