इटहरी | इटहरीमा भोलि देखि डिभिएम कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता हुने भएको छ ।
नेपाल डिभिएम ग्लोबल एकेडेमी इटहरीले भोलि देखि २२ गते सम्म अन्तरविद्यालय क्रिकेट प्रतियोगिता गर्ने भएको छ । प्रतियोगितामा २९ वटा टिम सहभागी हुदैछ । भोलि देखि हुने खेलको तयारी पूरा भएको आयोजना समितिले जनाएको छ ।
उद्घाटनको दिन पहिलो डिभिएम स्कुल र सगरमाथा स्कुल बिच हुने भएको छ भने दोस्रो चरणमा महेन्द्र मेमोरियल दुहबी र शान्तिनगर स्कुल इटहरी २ को प्रतियोगिता हुने भएको छ ।
नेपाल डिभिएम ग्लोबल एकेडेमी इटहरीको खेलमैदानमा हुने कपको प्रतियोगिताको विजेता टिमले सिल्ड, प्रमाणपत्र तथा रु २५,००० नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टिमले सिल्ड, प्रमाणपत्र तथा रु १५,००० नगद पुरस्कार जित्नेछ। उत्कृष्ट व्यक्तिगत प्रदर्शनका आधारमा विभिन्न पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगिताभर सर्वश्रेष्ठ प्रदर्शन गर्ने खेलाडीलाई "Man of the Tournament" को रूपमा सम्मान गर्दै मेडल, प्रमाणपत्र तथा रु ५,००० नगद प्रदान गरिनेछ। उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले ट्रफी, प्रमाणपत्र तथा रु ३,००० नगद पुरस्कार प्राप्त गर्नेछन्।
विद्यालय स्तरीय क्रिकेट खेल प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको खेल संयोजक टिकादत्त बनले बताउनुभयो ।
क्रिकेट खेलको क्रेज पछिल्लो समय बढ्दै गएका खेल क्षेत्रबाट खेलाडीलाई अगाडि बढाउन सजिलो हुने विश्वासका साथ प्रतियोगिता आयोजना गरिने भएको डिबिएम स्कुलका प्रधानध्यापक बेनु सिटौलाले बताउनु भयो ।
साथै, प्रतियोगितामा सबैभन्दा धेरै छक्का हान्ने खेलाडीलाई ट्रफी, प्रमाणपत्र तथा रु ५०० नगद पुरस्कार प्रदान गरिनेछ । सुनसरी क्रिकेट संघले प्राविधिक सहयोग गर्ने भएको छ ।


