All Posts By कोशी प्रेस

    Showing ७,८२१-७,८३० of १३,७२१ items.
  • विराटनगरमा लुक मि कस्मेटिक प्रा.लि.को आयोजनामा एक दिने हेयर एण्ड केमिकल वर्कशप सम्पन्न

    मोरङ | मोरङको विराटनगरमा लुक मि कस्मेटिक प्रा.लि.को आयोजनामा एक दिने हेयर एण्ड केमिकल वर्कशप सफलतापूर्वक सम्पन्न भएको छ। सौन्दर्य व्यवसायको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा करिब १ सय ३० जना भन्दा बढीको उपस्थिति रहेको थियो।वर्कशपमा सहभागीहरूलाई कपाल तथा केमिकल सम्बन्धी विभिन्न आधुनिक प्रविधि र प्रवृत्तिबारे प्रशिक्षण दिइयो। हेयर इस्ट्रेट (Hair Straightening) र हेयर कलर (Hair Coloring) को व्यावहारिक अभ्यास (Practical Demonstration) गराउँदै प्रशिक्षकहरूले सौन्दर्य व्यवसायसँग सम्बन्धित नवीनतम प्रविधिहरू प्रस्तुत गरे।लुक मि कस्मेटिक प्रा.लि.का बिजनेस डेभलपमेन्ट डाइरेक्टर ल

    • प्रकाशित मितिः माघ २४, २०८१
    • ३१४ पटक पढिएको
  • प्रेस चौतारी नेपालको २७ औ स्थापना दिवस:फुटसल देखि द्विप प्रज्वलनसम्म,

    इटहरी/ प्रेस चौतारी नेपालको २७ औ स्थापना दिवशको अवसरमा मैत्रीपुर्ण फुटसल सहित द्विप प्रज्वलन गरि मनाइएको छ।सुनसरीको धरान-१९ स्थित बुढासुब्बा फुटसलमा नेपाल उधोग तथा ब्यावसायी महासघ धरान र प्रेस चौतारी सुनसरीबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको थियो । प्रतियोगितामा चौतारीलाई ७-५ गोल अन्तरले पराजित गर्दै महासघ बिजयी बनेको छ । त्यसअघी प्रेस चौतारी सुनसरी अध्यक्ष बिकास चाम्लिङ् राइको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय सदस्य, धरान उपमहानगरपालिका पुर्व उपप्रमुख मञ्जु भण्डारीको प्रमुख आतिथ्यतामा आयोजित औपचारिक कार्यक्रमका बिछ केक काटेर स्थापना दिवस मनाइएको हो । देशमा लोकतन्त्र स्थापनाका लागि प्रेस

    • प्रकाशित मितिः माघ २४, २०८१
    • २६४ पटक पढिएको
  • अरुण गाउँपालिकामा बेमौसमी अकबरे खुर्सानी उत्पादनको प्रवर्द्धन

    भोजपुर | अरुण गाउँपालिकामा बेमौसमी अकबरे खुर्सानी उत्पादनलाई प्रवर्द्धन गर्न विशेष कार्यक्रम सुरु गरिएको छ। अरुण गाउँपालिका वडा नम्बर–७, जगरेमा श्रीकुमार राईले १ वर्षदेखि वाभुक कृषि तथा माछा फर्म सञ्चालन गर्दै बेमौसमी अकबरे खुर्सानी उत्पादन गरिरहेका छन्। उनले माछापालन तथा खुर्सानी खेतीलाई एकसाथ अघि बढाएर राम्रो आम्दानी गरिरहेका छन्।यो अभियानलाई सफल बनाउन स्थानीय कृषकहरू, सरोकारवाला निकायहरू तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहकार्य रहेको छ। यस योजनामा फर्मका सञ्चालक श्रीकुमार राई  नेपालि काङ्ग्रेस अरुण गाउँपालिका सभापति  समेत हुन् । अरूण गाउँपालिकाका युवा व्यक्तिहरू नेपाल

    • प्रकाशित मितिः माघ २३, २०८१
    • ६०८ पटक पढिएको
  • जनसंख्या वृद्धिसम्बन्धी नीति ल्याउनुपर्ने मुख्यमन्त्रीमार्फत संघीय सरकारलाई माग

    सुनसरी/ निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को कोशी अधिवेशनमा जनसंख्या वृद्धिको नीतिको माग गरिएको छ ।बुधबार प्याब्सन कोशी प्रदेशको चौथो अधिवेशनको उद्‌घाटन सत्रलाई सम्बोधन गर्दै प्याब्सनका पूर्वअध्यक्ष टीकाराम पुरीले जनसंख्या वृद्धिसम्बन्धी नीति ल्याउनुपर्ने माग गरेका हुन् ।युवा जनशक्ति विदेश पलायन भएसँगै जन्मदरसमेत कम भएको भन्दै पुरीले जनसंख्या वृद्धिसम्बन्धी नीति ल्याउनुपर्ने माग गरेका हुन् । 'बसन्त पञ्चमी भर्खर गयो । त्यो दिन विद्यार्थी भर्ना गर्ने परम्परा छ,' पुरीले भने, ' तर, तथ्यांक हेर्दा कमजोर देख्छु । बालबालिका पनि त्यस्तो धेरै देखिँदैनन् । जन्मदर कम भएको छ । मुख्यमन

    • प्रकाशित मितिः माघ २३, २०८१
    • २२७ पटक पढिएको
  • पूर्व मन्त्री चौधरीलाई भाजपाको स्वागत

    सुबास घिमिरे। इटहरी / सुनसरी। पूर्व महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री एवम् सुनसरी निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सङ्घीय सांसद भगबती चौधरीलाई भारतको बनारसमा भाजपा नेताहरूले स्वागत एवम् सम्मान गरेका छन्।उत्तर प्रदेशका सिप विकास मन्त्री कपिल देव अग्रवालको निमन्त्रणामा  भारत उत्तर प्रदेश स्थित प्रयागराजमा लागिरहेको १४४ वर्षमा लाग्ने महाकुम्भ मेलामा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै पूर्व मन्त्री चौधरी यही माघ १७ गते भारत गएकी हुन्।बनारसमा भारत उत्तर प्रदेशका विधायक धर्मेन्द्र सिंह, गाउँ पञ्चायत मेयर राजा दूबे लगायतले भव्य स्वागत गरेका थिए। नेपाल भारत बिच साम

    • प्रकाशित मितिः माघ २३, २०८१
    • २९२ पटक पढिएको
  • गोली चलाएर दुई भारतीय लागु औषध कारोबारी पक्राउ

    इटहरी। कनकाई नगरपालिका–४ स्थित भित्री सडकखण्डमा प्रहरीले गोली प्रहार गरी दुई भारतीय लागु औषध कारोबारीलाई पक्राउ गरेको छ । मङ्गलबार राति भारतको बिहार राज्यको डिगल बैंक थाना घर भएका २८ वर्षीय अन्जार आलम र उनका भाई १९ वर्षीय यूसुब आलामलाई गोली चलाएर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णबहादुर चन्दले जानकारी दिनुभयो । उनीहरुले वीआर ३७ एए ८४९८ नम्बरको मोटरसाइकलमा लागु औषध ओसारपसार गरिरहेका थिए । प्रहरीले रोकेर जाँज गर्ने क्रममा दुवै जना भाग्न खोज्दा उनीहरुमाथि गोली चलाउनु परेको उहाँले बताउनुभयो । प्रहरीले चार राउण्ड हवाई फायर गरी दुवैजनालाई नियन्त्रणमा लिएको हो । यस क्रममा मोटर

    • प्रकाशित मितिः माघ २३, २०८१
    • २६४ पटक पढिएको
  • प्रेस चौतारी ताप्लेजुङ अध्यक्षमा पुनः पालुङ्वा चयन

    इटहरी। प्रेस चौतारी नेपाल ताप्लेजुङको अध्यक्षमा बसन्त पालुङ्वा दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन हुनुभएको छ । सङ्गठनको २७ औं स्थापना दिवसको अवसरमा मङ्गलबार सम्पन्न प्रेस चौतारी ताप्लेजुङको छैटौं जिल्ला अधिवेशनले पालुङ्वाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नयाँ कार्यसमिति उपाध्यक्षमा मदन गौतम र साहारा लङ्वा लिम्बू, सचिव तेन्जिङ शेर्पा, सहसचिवमा किरण विक र सुनीता रसाइली तथा कोषाध्यक्षमा सङ्गीता कार्की चयन हुनुभएको छ । सदस्यहरुमा हेमराज निरौला, नारद गुरागाईं, मिङ्माखाण्डु शेर्पा, सोनिया तामाङ, लक्ष्मण पौडेल र रोमन बोखिम रहनुभएको छ ।  अधिवेशनले केन्द्रीय प्रतिनिधि

    • प्रकाशित मितिः माघ २३, २०८१
    • २६० पटक पढिएको
  • चौध वर्षदेखि अलपत्र लम्सुवाघाट पुल, स्थानीयवासी मर्कामा

    इटहरी  । उत्तरी क्षेत्रबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भइरहेको पक्की पुल १४ वर्षबाट अलपत्र बनेको छ । करिब रु चार करोड खर्च भएपछि यो पुल निर्माण अलपत्र बनेको हो । लम्सुवाघाटमा वि।स। २०६७ सालबाट पुल निर्माण थालिएको थियो । छ  पिलरको बेस राखेपछि यहाँको पुल निर्माण अलपत्र बनेको षडानन्द ६ का वडाध्यक्ष सुमन विसुन्केले बताउनुभयो । यहाँ एक सय ७२ मिटर लामो पक्की पुल निर्माणका लागि काम थालिएको थियो । निर्माणको क्रममा नै अलपत्र बनेको पुल सम्पन्न गराउन राज्यले ध्यान दिनु पर्ने षडानन्द ६ का स्थानीयवासी सीताराम लम्सालले बताउनुभयो । पुक्की पुल नहुँदा आवतजावतमा समस्य

    • प्रकाशित मितिः माघ २३, २०८१
    • १७८ पटक पढिएको
  • पाथीभरा केबुलकारको काम स्थगित, यातायात बन्द खुल्यो

    इटहरी । ताप्लेजुङस्थित पाथीभरा ९मुक्कुमलुङ० क्षेत्रमा निर्माण सुरु गरिएको पाथीभरा केबुलकारको काम स्थगित भएको छ । केबुलकार निर्माण विवादबारे सरकार र आन्दोलनरत पक्षबिच भएको वार्तामार्फत छ बुँदे सहमति भएपछि निर्माणको काम स्थगित हुनुको साथै एकसाता लामो यातायात बन्द खुलेको हो । सरकार र आन्दोलनरत पक्षबिच सोमबार र मङ्गलबार भएको वार्ताबाट केबुलकार निर्माणको काम तत्कालका लागि स्थगित गर्ने र यातायात बन्द फिर्ता लिने लगायतका विषयमा सहमति भएको हो । पाथीभरा केबुलकार परियोजना सुरु भएदेखि नै परियोजनाको विरोध हुँदै आएकोमा पछिल्लो पटक निर्माणको काम थलेपछि थप द्वन्द्व बढेको थियो । निर्माणको काम थालेपछि सङ्घर्षर

    • प्रकाशित मितिः माघ २३, २०८१
    • १८७ पटक पढिएको
  • पाथीभरामा केबलकार स्थगित, बन्द पनि रोकियो

    ताप्लेजुङ  \ मुक्कुम्लुङ पाथीभरामा निर्माणाधीन केबलकार परियोजनाको विषयमा उत्पन्न विवाद समाधान गर्न सरकार र सरोकारवाला पक्षहरूबीच सहमति जुटेको छ। गृह मन्त्रालयद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षहरूबीच भएको छलफलपछि केबलकार निर्माण स्थगित गर्ने निर्णय भएको हो।सम्झौताअनुसार, केबलकारको स्टेसनमाथिको निर्माण कार्य तत्काल स्थगित गरिनेछ भने स्टेसनका सन्दर्भमा आगामी माघ २७ गते थप छलफल गरिनेछ। त्यस्तै, आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचार गरिने, घटनाको छानबिन गरी कानुनी कारबाही अघि बढाइने, र थुनामा रहेका आन्दोलनकारीहरूको विना शर्त रिहाइ प्रक्रिया सुरु गरिनेछ।यसबाहेक, मुक्कुम्लुङ संरक

    • प्रकाशित मितिः माघ २२, २०८१
    • ३३३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]