All Posts By कोशी प्रेस

    Showing ७,३६१-७,३७० of १३,७०८ items.
  • यत्रतत्र आगजनी र तोडफोड गर्दै राजावादी कार्यकर्ता ,यी तीन ठाउँमा कर्फ्यु आदेश जारी

    काठमाडौंका तीन स्थानमा कफ्यू लगाइएको हो । जिल्ला प्रशासन कार्यालयले औपचारिक सूचना जारी गरेर कति बजेदेखि कति बजेसम्म लाग्ने भन्ने जानकारी दिने बताइएको छ ।कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सुरक्षाकर्मी माइकिङ गरिरहेका छन् । अर्काे आदेश हुँदासम्म कर्फ्यू जारी रहनेछ ।नेकपा एसको आलोकनगरस्थित कार्यालय, कोटेश्वर भाटभटेनी, सिनामंगलस्थित नागरिक उड्डयन कार्यालयमा आन्दोलनकारीले तोडफोड गरेका छन् ।

    • प्रकाशित मितिः चैत १५, २०८१
    • २२२ पटक पढिएको
  • कुलमान घिसिङको रिटमा कारण देखाऊ आदेश

    काठमाण्डौ । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले आज घिसिङको रिटमाथि सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो । घिसिङले प्राधिकरणको कार्यकारी निर्देशक पदबाट आफूलाई हटाउने सरकारको निर्णयविरुद्ध अन्तिम आदेशको माग गर्दै रिट निवेदन दायर गर्नुभएको थियो । अदालतले आज लिखित जवाफ माग गर्दै अन्तरिम आदेश हुने वा नहुने विषयमा दुवै पक्षलाई छलफलका लागि यही चैत १७ गतेका लागि बोलाएको छ । चार महिना कार्यकाल बाँकी रहँदा गएको सोमवारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्

    • प्रकाशित मितिः चैत १५, २०८१
    • १८९ पटक पढिएको
  • राजावादीहरुले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल निवास, केन्द्रीय कार्यालयमा ढुङ्गामुढा

    काठमाडौं । राजावादीहरुले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको निवासमा ढुङ्गामुढा गरेका छन् । अध्यक्ष नेपालको कोटेश्वरमा रहेको घरमा आन्दोलनबारीले ढुंगामुढा गरेका हुन् ।यसअघि राजावादीहरुले नेकपा एसको केन्द्रीय कार्यालय आलोकनगरमा पुगेर आगजनी र तोडफोट गरेका थिए ।तीनकुनेबाट उग्र भएको राजावादीको आन्दोलनको नाममा विभिन्न ठाउँमा पुगेर लुटपाट र तोडफोड गरिरहेका छन् ।

    • प्रकाशित मितिः चैत १५, २०८१
    • १९५ पटक पढिएको
  • शान्ति जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बचतकर्ताको मन जित्दै

    इटहरी | पछिल्लो समय सहकारी संस्थाहरूप्रति विश्वास घट्दै गएको अवस्थामा, इटहरी–२० मा रहेको शान्ति जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बचतकर्ताको मन जित्दै उल्लेखनीय नाफा आर्जन गर्न सफल भएको छ। आर्थिक वर्ष २०८०/८१ मा उक्त सहकारीले २ करोड ३१ लाख ५१ हजार रुपैयाँ बढी नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ८२.४५ प्रतिशत वृद्धि हो।विगतका केही वर्षहरूमा सहकारी क्षेत्रमा देखा परेका अनियमितता र अपचलनका घटनाहरूले बचतकर्ताहरूमा त्रास उत्पन्न गरेको छ। तर, शान्ति जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाले भने पारदर्शी व्यवस्थापन, प्रविधिमैत्री सेवा र उद्यमशीलतालाई प्राथमिकता दिँदै बचतकर्ताको विश्वा

    • प्रकाशित मितिः चैत १५, २०८१
    • ६६९ पटक पढिएको
  • गणतन्त्रवादी र राजावादीको प्रदर्शन शुरू, तीनकुने–बानेश्वर सडकमा कडाइ

    काठमाण्डौ । काठमाण्डौ उपत्यकामा गणतन्त्रवादी र राजावादीको प्रदर्शन शुरू भएको छ । गणतन्त्रका पक्षमा समाजवादी मोर्चा नेपालको काठमाण्डौको प्रदर्शनीमार्ग र राजतन्त्र पक्षधरहरूको नयाँबानेश्वर तीनकुनेमा प्रदर्शन शुरू भएको छ । प्रदर्शन शुरू हुनुअघि दुवै पक्षले काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट र्‍याली र जुलुस निकालेका छन् । दुवै पक्षको प्रदर्शनलाई मध्यनजर गर्दै काठमाण्डौ उपत्यकाको सुरक्षा व्यवस्था चुस्त बनाएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीले विशेषगरी तीनकुने–बानेश्वर सडकमा कडाइ गरेको छ । यस्तै गणतन्त्रवादी र राजावादीको प्रदर्शन स्थलका सडकमा गाडी चलाउन रोक लगाइएको छ । केन्द्रीय प्रहरी प्रवक्ता एव

    • प्रकाशित मितिः चैत १५, २०८१
    • २८७ पटक पढिएको
  • ब्राह्मण समाज नेपालको सुनसरी अध्यक्षमा बासुदेव बराल सर्वसम्मत निर्वाचित

    इटहरी । ब्राह्मण समाज नेपालको सुनसरी अध्यक्षमा बासुदेव बराल सर्वसम्मत निर्वाचित भएका छन् । इटहरीको रिजाल्स भिजन पार्टी प्यालेसमा चैत्र १४ गते शुक्रवार सम्पन्न विशेष अधिवेशनबाट बराल सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका हुन । गत वर्ष २०८० चैत्रमा सम्पन्न भएको जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका कमल काफ्ले जिम्मेवारी मुक्त भएपछि रिक्त रहेको अध्यक्ष पदको पदपूर्तिका लागी विशेष अधिवेशन आयोजना गरिएको सचिव कमल प्रसाद दाहालले जानकारी दिए । समितिको कार्यकाल ४ वर्षको हुने दाहालले जानकारी दिए । अध्यक्षमा निर्वाचित बराल सहितको २५ सदस्यीय जिल्ला कार्यसमितिले पूर्णता पाएको छ । समितिको अन्य पदाधिका

    • प्रकाशित मितिः चैत १५, २०८१
    • २०२ पटक पढिएको
  • इलाममा एक किशोरीको शव गाडिएको अवस्थामा फेला

    इटहरी ।  इलाममा एक किशोरीको शव गाडिएको अवस्थामा फेला परेको छ । फाकफोकथुम गाउँपालिका–३ सल्लेरीकी १९ वर्षीया विमला कट्टेलको शव उनी हराएको १५ दिनपछि फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार कट्टेलको शव फाकफोकथुम गाउँपालिकाको गोलाइ भन्ने स्थानमा आज फेला परेको हो । शव उत्खनन गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो । शव उत्खनन गरेपछि कानुनी प्रक्रिया पूरा गरेर अनुसन्धान अघि बढाइने सूचना अधिकारी राईले बताउनुभयो । प्रहरीले उनका श्रीमान् उमेश गिरीलाई नियन्त्रणमा लिएको छ । देउमाई नगरपालिका जितपुर माइत भएकी कट्टेल  यही चैत १ गतेदेखि बेप

    • प्रकाशित मितिः चैत १५, २०८१
    • २३७ पटक पढिएको
  • इटहरी लेडी जेसिजद्वारा सार्वजनिक भाषणकला तालिम तथा क्यालेन्डर विमोचन कार्यक्रम

    इटहरी । इटहरी लेडी जेसिजले सार्वजनिक भाषणकला तालिम तथा आगामी वर्ष २०८२ को टेबल क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न गरेको छ। यो कार्यक्रम इटहरी लेडी जेसिज की अध्यक्ष लक्ष्मी बरालको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका वडा नं. ६ का वडाअध्यक्ष दिवश पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।कार्यक्रमको प्रमुख उद्देश्य व्यक्तित्व विकास, सार्वजनिक वक्तृत्वकला सुधार तथा महिलाहरूको नेतृत्व क्षमतामा वृद्धि गर्नु रहेको थियो। कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय कानुनी सल्लाहकार सुनिल तिम्सिनाले सार्वजनिक भाषणकला तालिम प्रदान गरेका थिए। तालिमका क्रममा उनले प्रभावकारी रूपमा बोल्ने शैली, आत्मविश्वास बढाउने त

    • प्रकाशित मितिः चैत १४, २०८१
    • ४५२ पटक पढिएको
  • रामधुनी आदर्श प्राथमिक विद्यालयमा स्थानीय पाठ्यक्रमसम्बन्धी छलफल तथा अन्तरक्रिया

    सुनसरी | सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ५ स्थित डंग्राहिपोखरीमा रहेको रामधुनी आदर्श प्राथमिक विद्यालयको स्थानीय पाठ्यक्रम सुधार तथा विद्यालय व्यवस्थापनबारे छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा रामधुनी नगरपालिकाका उपप्रमुख तारा थापा, वडा नम्बर ५ का वडा अध्यक्ष भोला बास्तोला, रामधुनी आदर्श माध्यमिक विद्यालयका प्रधानध्यापक बिन्दु (लिम्बु) सुब्बा, विद्यालय व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष राम करण खर्ग, शिक्षक, अभिभावक, स्थानीय समाजसेवी तथा अन्य सरोकारवालाहरूको उपस्थित

    • प्रकाशित मितिः चैत १४, २०८१
    • ४७० पटक पढिएको
  • नामी ईभी अब ५ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमै किन्न पाइने

    काठमाडौं / नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले एक विशेष फाइनान्सिङ अफरका साथ ईभी खरिदलाई थप पहुँचयोग्य बनाउने भएको छ । ईभीको माग बढेसँगै नामीले ग्राहकहरूलाई थप सुविधा र सहज सवारी साधन खरिद अनुभव प्रदान गर्नका लागि फाइनान्सिङको सजिलो विकल्प प्रदान गरेको हो ।यो पेमेन्ट स्कीमबाट ग्राहकहरूले अब मात्र २० प्रतिशत डाउनपेमेन्ट गरी डोङफेङ नामीका ईभीहरू किन्न सक्नेछन् । नामी ईभी मोडेलहरूको लागि डाउनपेमेन्ट मूल्य ५ लाख ९९ हजार रुपैयाँमा तय गरिएको छ । यसले ग्राहकहरूलाई कुनै पनि क्यापिटल अपफ्रन्ट बिना पूर्ण रूपमा प्रिमियम गुणस्तरको ईभी खरिद गर्न सहज बनाउने छ, जसले गर्दा अब यो ई

    • प्रकाशित मितिः चैत १४, २०८१
    • ४५५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]