इटहरी । इटहरी लेडी जेसिजले सार्वजनिक भाषणकला तालिम तथा आगामी वर्ष २०८२ को टेबल क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न गरेको छ। यो कार्यक्रम इटहरी लेडी जेसिज की अध्यक्ष लक्ष्मी बरालको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका वडा नं. ६ का वडाअध्यक्ष दिवश पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रमको प्रमुख उद्देश्य व्यक्तित्व विकास, सार्वजनिक वक्तृत्वकला सुधार तथा महिलाहरूको नेतृत्व क्षमतामा वृद्धि गर्नु रहेको थियो। कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय कानुनी सल्लाहकार सुनिल तिम्सिनाले सार्वजनिक भाषणकला तालिम प्रदान गरेका थिए। तालिमका क्रममा उनले प्रभावकारी रूपमा बोल्ने शैली, आत्मविश्वास बढाउने तरिका, श्रोताहरूसँग राम्रो सम्बन्ध कायम गर्ने सीप तथा प्रभावकारी संवाद कला सम्बन्धमा प्रशिक्षण दिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै इटहरी लेडी जेसिजकी अध्यक्ष लक्ष्मी बरालले महिलाहरूको नेतृत्व विकासका लागि यस्ता तालिमहरू अति आवश्यक रहेको बताइन्। उनले सार्वजनिक भाषणकला आत्मविश्वास अभिवृद्धि गर्ने महत्त्वपूर्ण माध्यम भएको भन्दै महिलाहरूलाई सामाजिक, व्यवसायिक तथा राजनीतिक जीवनमा अगाडि बढ्न यस प्रकारका तालिमहरू सहयोगी हुने धारणा व्यक्त गरिन्।

त्यसैगरी, प्रमुख अतिथि वडा नं. ६ का वडाअध्यक्ष दिवश पोखरेलले पनि यस्ता तालिमहरू समुदायमा सकारात्मक प्रभाव पार्ने बताए। उनले महिलाहरूलाई आत्मनिर्भर, सक्षम र समाजमा अगाडि बढ्न सहयोग पु¥याउने खालका कार्यक्रमहरू सञ्चालन गरिनुपर्नेमा जोड दिए।

कार्यक्रमको अर्को प्रमुख आकर्षण २०८२ सालको टेबल क्यालेन्डर विमोचन रह्यो। विमोचित क्यालेन्डर कार्यक्रममा उपस्थित विभिन्न अतिथिहरूलाई हस्तान्तरण गरिएको थियो। क्यालेन्डर विमोचनसँगै इटहरी लेडी जेसिजले आगामी वर्षका लागि विभिन्न गतिविधि तथा योजनाहरू अघि सार्ने प्रतिबद्धता व्यक्त गर्यो।IMG_20250327_214423

कार्यक्रम संयोजक तथा इटहरी लेडीज जेसिजकी उपाध्यक्ष ममता पराजुलीले सफलतापूर्वक कार्यक्रम सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै सहभागी सबैलाई धन्यवाद दिइन्। कार्यक्रममा इटहरी लेडी जेसिजकी पूर्व अध्यक्ष इन्दिरा काफ्ले, तरहरा जेसिजका अध्यक्ष सुमन दाहाल, इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारी, विभिन्न संघसंस्थाका पदाधिकारीहरू, इटहरी लेडीज जेसिजका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यस प्रकारका तालिम तथा कार्यक्रमहरूले महिलाहरूको सशक्तीकरण, आत्मनिर्भरता तथा नेतृत्व क्षमतामा वृद्धि गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।