इटहरी । सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने वृद्ध र असहाय व्यक्तिहरूको नगद तथा गरगहना चोरी गर्दै आएको भारतीय महिलाको एक गिरोह विराटनगरमा पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले विशेष सूचनाका आधारमा कटहरी गाउँपालिका–१, बुधहाटबाट तीनजना भारतीय महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको पूर्णिया जिल्ला घर भएकी २४ वर्षीया प्रियंका धामी, २५ वर्षीया बिहोला धामी र २० वर्षीया अटकारी धामी छन् । बिहीबार दिउँसो सिटी सफारीमा बसेर विराटनगरबाट कटहरी जाँदै गर्दा शंकास्पद लागेर प्रहरीले चेकजाँच गरेको थियो । उनीहरूको साथमा तीन लाख रुपैयाँ भेटिएको थियो । अनुसन्धानका क्रममा उनीहरूले कटहरी–४ का
इटहरी । विराटनगरमा जीवित व्यक्तिलाई मृत घोषणा गरेर नक्कली कागजातमार्फत जग्गा हडपिएको घटना सार्वजनिक भएको छ । विराटनगर–११, पिचरा टोलका ७० वर्षीय केदारबहादुर बस्नेतको नाममा झुटो सर्जिमिन मुचुल्का तयार पारेर २०५८ सालमै उनको मृत्यु भएको देखाइएको पाइएको हो । त्यसकै आधारमा उनका नाममा रहेको जग्गा गैरकानुनीरूपमा नामसारी गरिएको थियो । यस प्रकरणमा विराटनगर महानगरपालिकाका वडाध्यक्षको समेत मिलेमतो देखिएको छ । पीडित बस्नेतले मोरङ जिल्ला अदालतमा तत्कालीन वडाध्यक्ष, वडासचिवसहित १० जनाविरुद्ध मुद्दा दायर गरेका छन् । विराटनगर–२ का तत्कालीन वडाध्यक्ष कुमार पोखरेल, वडासचिव सूर्यबहादुर थापा र उनका आफ्नै दाजु भरतब
इटहरी । भोजपुरको रामप्रसाद राई गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा भएको छ । सरकारी तालिका अनुसार सम्पूर्ण खोप पालिकाका बालबालिकाहरूले लगाई सकेकाले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष थाम बहादुर राईले बताउनुभयो । छ सय ६२ जना बालबालिकाहरूले १५ महिनाको उमेर भित्र राष्ट्रिय खोप तालिका अनुसार सम्पूर्ण खोप पूरा गरेको स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले प्रत्यक्ष घरधुरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्कको आधारमा पालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख प्रितम अधिकारीले
इटहरी । सडक सुरक्षालाई प्रभावकारी बनाउँदै सवारी दुर्घटनामा कमी ल्याउने उद्देश्य सहित सञ्चालन गरिएको “ट्राफिक सप्ताह २०८२” को आज इटहरीमा समापन गरेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी र आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सवारी सुरक्षा सम्बन्धी अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीको अध्यक्षता तथा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा सहभागी यातायात ब्यवसायी तथा विभिन्न संघ,सस्था
इटहरी । ताप्लेजुङमा असारयता हवाई उडान ठप्प भएको छ । जिल्लाको एकमात्र विमानस्थल सुकेटार विमानस्थलमा असार लागेसँगै हवाई उडान ठप्प भएको हो । चार महिना बन्द भएर चैत अन्तिम सातादेखि पुन सञ्चालनमा आएको हवाई उडान जेठ ३० गतेदेखि थप उडान हुन सकेको छैन । साताको सोमबार र शुक्रबार दुई दिन उडान हुँदै आएको सुकेटार विमानस्थलमा हुस्सु(कुहिरो लागेर भिजिबिलिटी कम भएकाले उडान बन्द भएको नेपाल वायुसेवा निगम ताप्लेजुङका स्टेसन इन्चार्ज नारायणकुमार कार्कीले बताउनुभयो । उहाँका अनुसार असार यता चार ओटा उडान प्रभावित भएका छन् । बर्खायामको सिजन सुरु भएसँगै प्रतिकुल मौसमका कारण उडान हुन नसकेको इन्चार्ज कार्कीको भनाइ छ । ह
इटहरी । राष्ट्रिय गौरवको आयोजनाका रूपमा हेरिएको हुलाकी राजमार्ग हालसम्म ७५ प्रतिशत काम सम्पन्न भएको छ । कोशी प्रदेशको झापामा रहेको मेची पुलदेखि मधेस प्रदेशको सप्तरीमा रहेको बलाम खोलाको पुलसम्म ३४३ किलोमिटर छ । सोही दूरी पार गर्न तराई–मधेस जोड्दै हुलाकी राजमार्ग निर्माणाधीन छ । वि।सं। २०६८ सालमा आयोजना कार्यालय स्थापना गरी २०७० सालमा निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको भए पनि हालसम्म हुलाकी राजमार्गको निर्माण अझै अधुरो छ । हालसम्म २५५ किलोमिटर सडक निर्माण सकिएको र जुन कुल लम्बाइको झन्डै ७५ प्रतिशत रहेको हुलाकी राजमार्ग निर्देशनालय, इटहरीका सूचना अधिकारी इञ्जिनियर उपेन्द्र दासले जानकारी दिए
इटहरी। झापाको बुद्धशान्ति गाउँपालिकाले गाउँपालिकावासीलाई झापा जिल्ला भित्र निःशुल्क शववाहनको र गर्भवती महिलाहरुलाई प्रसूति सेवाका लागि झापा जिल्ला भरिका अस्पतालहरुमा जानका लागि निःशुल्क रुपमा एकतर्फी एम्बुलेन्स सेवा प्रदान गर्ने गरेको छ । गरपालिकाले ल्याएको नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार यो सेवालाई प्रभावकारी रुपमा अघि बढाइएको छ । जन्मदेखि मृत्युसम्म पालिकाले नगरवासीलाई दिन सक्ने सेवाको रुपमा यसलाई अघि बढाइएको गाउँपालिकाका अध्यक्ष मनोज उप्रेतीले बताउनुभयो । अध्यक्ष उप्रेतीका अनुसार नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा झापा जिल्लाका जुनसुकै ब्लड बैंकबाट गाउँपालिकावासीलाई निःशुल्क रक्त सञ
इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–४ स्थित सुनसरी खोला पुल नजिकै लागूऔषध गाँजासहित इटहरीका एक पुरुष पक्राउ परेका छन्। प्रहरी चौकी भरौलबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा गएराति ११ः२० बजे धरानबाट पकलीतर्फ जाँदै गरेको को १ ह ९५१० नम्बरको अटो जाँच गर्दा लुकाएर ल्याउँदै गरेको अवस्थामा ३ वटा कालो प्लाष्टिकको झोलामा राखिएको ७५ किलोग्राम लागूऔषध गाँजा फेला परेको हो। प्रहरीले अटो चालक इटहरी उपमहानगरपालिका–१० का ४५ वर्षीय सुरतलाल चौधरीलाई नियन्त्रणमा लिएको छ । गाँजासहित पक्राउ परेका चौधरीमाथि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
इटहरी । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । नतिजा प्रकाशनको प्रक्रियाको अन्तिम तयारी गरिरहेको बोर्डले नतिजा प्रकाशनको मिति भने टुंग्याएको छैन । त्यसैका लागि बोर्डले आज बोर्ड बैठक बस्ने तयारी गरेको छ । नतिजाको विषयमा छलफल गर्न परीक्षा बोर्डको बैठक आज बस्ने भए पनि समय भने निर्धारण भैइसकेको छैन । २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।
इटहरी । सोलुखुम्बुमा पाँच दिने निःशुल्क आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा सोलुखुम्बुको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहयोगमा सुरु गरिएको तालिम उद्घाटनका क्रममा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले तालिम पश्चात सिकेको सीपलाई सदुपयोग गर्न सम्पूर्ण प्रशिक्षार्थीलाई अनुरोध गर्नुभयो । त्यस्तै, नेपाल पत्रकार महासंघका सोलुखुम्बुका अध्यक्ष सुवास दर्नालले पत्रकारिता समाचार लेख्नु र पढ्नु मात्रै नभइ समाज परिवर्तनको आधारशिलाको रुप पत्रकारिता भएको बताउनुभयो । समुद्ध समाज निमार्ण गर्नका लागि पत्रकार जिम्मेवार हुनुपर्ने उहा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.