इटहरी । सडक सुरक्षालाई प्रभावकारी बनाउँदै सवारी दुर्घटनामा कमी ल्याउने उद्देश्य सहित सञ्चालन गरिएको “ट्राफिक सप्ताह २०८२” को आज इटहरीमा समापन गरेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी र आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सवारी सुरक्षा सम्बन्धी अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीको अध्यक्षता तथा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा सहभागी यातायात ब्यवसायी तथा विभिन्न संघ,सस्थाका पदाधिकारीहरु संग “ट्राफिक सुरक्षा सम्बन्धी अन्तरक्रिया गरी समापन गरिएको छ । ट्राफिक सप्ताहको औपचारिक सुरुआत असार ६ गते बिहान प्रभातफेरी मार्फत कोशी प्रदेशका १४ वटै जिल्लामा एक साथ गरिएको थियो । सोही कार्यक्रममा ट्राफिक नियमको पालना गर्दै सवारी दुर्घटना न्यूनीकरणमा उल्लेखनीय योगदान पुर्याउने चालकमध्ये ४ जनालाई उकृष्ट चालक सम्मान सम्मान गरिएको थियोे । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले कार्यक्रममा बोल्दै भन्नुभयो कोशी प्रदेश सरकाले ट्राफिक साथै नागरिकको सुरूक्षाका लागि अगामि दिनमा काम गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नु भयो । ट्राफिक सप्ताहको अवधिमा प्रदेशभरबाट ४९ हजार ७ सय ४२ जना सवारी चालक तथा यात्रुहरूलाई ट्राफिक नियम सम्बन्धी सचेतना र प्रशिक्षण दिइएको ट्राफिक कार्यालयले जनाएको छ । सडक प्रयोगकर्ताको व्यवहारमा परिवर्तन ल्याउँदै दुर्घटनाको जोखिम घटाउने लक्ष्य सहित कार्यक्रम प्रभावकारी भएको थियो । समापन समारोहको अवसरमा हराएका सवारी साधन फेला परेका , तीनवटा मोटरसाइकल धनीलाइ हस्तानतरण गरिएको छ । समापन कार्यक्रममा यातायात व्यवसायी, नागरिक समाजका अगुवा, विद्यालय शिक्षक लगायतको सहभागिता रहेको थियो ।

