इटहरी । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१र८२ मा चिया निर्यात ३२ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार (साउन–असार) सम्ममा रु चार अर्ब २१ करोड ३५ लाख ९२ हजारको चिया निर्यात भएको हो । एक वर्षमा १५ हजार ४१६ दशमलव ७५६ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईँले जानकारी दिनुभयो । आव २०८०र८१ मा रु तीन अर्ब १७ करोड ९५ लाख २७ हजार बराबरको चिया निर्यात भएको उहाँले बताउनुभयो । कार्यालयको तथ्याङ्कानुसार आव २०८१र८२ मा अलैँचीको निर्यात तीन दशमलव २० प्रतिशतले घटेको छ । उक्त एक वर्षको अवधिमा रु सात अर्ब ६७ करोड ४० लाख ३७ हजार बराबरको अलैँची
इटहरी । झापाको दमकमा आइतबार बिहान हात्तीको आक्रमणमा परेर दुई जना दिदीबहिनी गम्भीर घाइते भएका छन् । बिहान करिब ४ बजेतिर मर्निङ वाकमा गएको बेला दमक वडा नं। १ बरगाछी नजिक जङ्गली हात्तीको आक्रमणमा परेर स्थानीय सुनिता राई र कविता राई गम्भीर घाइते हुनुभएको हो । वडा नं। १ का वडाध्यक्ष हरीप्रसाद न्यौपानेका अनुसार बिहान पख हात्तीले दुवैलाई फ्याँकेर छोडेको स्थानीयले तत्कालै देखेपछि उद्धार गरेर दमक अस्पताल ल्याइएको थियो । यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि बिराटनगर लगिएको छ । स्थानीय हम्सेदुम्से सामुदायिक वनबाट निस्केको हात्ती घटनापछि वनतर्फ गएको पनि बताइएको छ ।
इटहरी । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकास्थित मेरिङ्देन सडक दुई साताभन्दा बढी समयसम्मका लागि बन्द गरिएको छ । मेरिङ्देन सडकको लिङ्तेप–थुकिमा सडक खण्डमा निर्माणको काम भइरहेकाले १६ दिनसम्मका लागि बन्द गरिएको हो । मेरिङ्देन गाउँपालिकाका अनुसार शनिबारदेखि आउँदो साउन २५ गतेसम्मका लागि लिङ्तेप–थुकिमा सडक खण्ड बन्द गरिएको हो । मेरिङ्देन गाउँपालिका–४ लिङ्तेप र वडा ५ थुकिमाको सिमाना भई बग्ने मुङ्वाखोलामा ह्युमपाइप बिच्छ्याई डाइभर्सन निर्माण तथा ढलानको काम भइरहेकाले उक्त समयावधिसम्म सडक बन्द गर्नुपरेको गाउँपालिकाले जनाएको छ । हाल मङ्वाखोलामा मेवा डेभलपर्स हाइड्रोपावर लिमिटेडले डाइभर्सन निर्माणको काम गरिर
इटहरी । झापामा एक वर्षमा मानव–हात्ती द्वन्द्वमा परी छ जना मानिसले ज्यान गुमाएका छन् भने चार हात्ती मारिएका छन् । डिभिजन वन कार्यालय झापाका अनुसार गत आर्थिक वर्ष २०८१ र८२ मा जिल्लामा हातीको आव्रmमणमा परी छ जनाले ज्यान गुमाएका हुन् । उनीहरूलाई १० लाखका दरले ६० लाख रुपियाँ राहत वितरण गरिएको सूचना अधिकारी अमृत लिम्बूले बताउनुभयो । हात्तीबाट मानवीय क्षति भइरहँदा हात्तीले पनि क्षति बेहोरिरहेका छन् । एक वर्षमा चार वटा हात्तीको विभिन्न कारणले मृत्यु भएको छ । हात्तीको आव्रmमणबाट झापामा सात जना सख्त घाइते भएका थिए । उनीहरूलाई उपचार खर्चबापत सात लाख ३८ हजार ४३२ रुपियाँ प्रदान गरिएको थियो । त्यस्तै
बिराटनगर : मोरङको सुन्दरहरैंचा–३ गछियामा रहेको साथी कम्प्युटर लर्निंङ सेन्टर सुन्दररैंचा–३ गछियाको टाइपिङ प्रतियोगिता सेसन २०८२ कार्यक्रम लक्ष्मीनारायण मन्दिरको सभाहलमा शनिबार सम्पन्न भएको छ ।कार्यक्रमका सभाअध्यक्ष साथी कम्प्युटर लर्निंङ सेन्टरका संचालक निरंजनप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिका –३ वडाका वडा अध्यक्ष बिदुरप्रसाद ढुंगाना रहेका थिए । कार्यकक्रममा वडा नं. ३ का वडा सदस्य नारायण प्रसाद भट्टराई , जेष्ठ नागरिक सेवा समाज नेपाल सुन्दरहरैंचा –३ का अध्यक्ष भीमबहादुर कार्की ,स्वतन्त्र नागरिक समाज मोरङका अध्यक्ष नेत्र प्रसाद चौलागाई लगायत वि
काठमाडौं | नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विद्यार्थी आन्दोलन सम्बन्धी पुस्तक “विद्यार्थी आन्दोलन र ने.वि.संघ” को विमोचन गर्नुभएको छ।नेपाली कांग्रेससँग सम्बद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय सदस्य आकाश प्रसाद उप्रेती द्वारा लेखन तथा संकलन गरिएको उक्त पुस्तक आइतबार काठमाडौंको बुढानीलकण्ठस्थित देउवा निवासमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो।पुस्तकले नेपाली राजनीतिक परिवर्तनमा विद्यार्थी आन्दोलनले खेलेको भूमिका मात्रै होइन, विश्वका विभिन्न देशहरूमा भएका विद्यार्थी आन्दोलनको प्रभाव र योगदानबारे समेत प्रकाश पारेको लेखक उप्रेतीले जानकारी दिनुभयो। उ
इटहरी। बेलायतमा बसोबास गर्दै आउनुभएका रामप्रसाद अधिकारीले पुर्खौली थलोको विद्यालयलाई जग्गा प्रदान गर्नुभएको छ । अधिकारीले धनकुटाको महालक्ष्मी नगरपालिका बडा ४ चानुवाको श्री सरस्वती माध्यमिक विद्यालयलाई चार लाख रुपियाँ बराबरको दुई रोपनी तीन आना जग्गा हस्तान्तरण गर्नुभएको हो । अधिकारीको हजुरबुवा प्रभाकर अधिकारी र हजुरआमा प्रतिमा अधिकारीको नाममा जग्गा हस्तान्तरण गर्नु भयो । उहाँका हजुरबुवा हजुरआमा सोही स्थानमा बसोबास गर्नु भएको थियो । अधिकारीका बुवा सपरिवार काठमाडौँ बसाई सर्नुभएको थियो । पितापुर्खाको थातथलोमा सहयोग गर्दा धेरै आनन्द लागेको अधिकारीले जानकारी दिनुभयो । उहाँले स्थानीय भक्त अधिकारीबाट
इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर १६ मा अवस्थित बालग्राम टोल विकास समितिद्वारा एसईई परीक्षा उत्तीर्ण गरेका ६६ जना विद्यार्थीलाई सम्मान गर्दै उत्प्रेरणा कार्यक्रम सम्पन्न गरिएको छ । समितिका अध्यक्ष देवीप्रसाद भट्टराईको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य अशोक कुमार चौधरीको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा बालग्राम टोल विकास समिति भित्र रहेका सामुदायिक तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सम्मान गरिएको हो । कार्यक्रममा शिक्षाविद तथा प्राध्यापक डा. दिवाकर रेग्मी, शिक्षाविद ममता पराजुली र कलाकार रमेश प्रसाईंले विद्यार्थीहरूलाई प्रेरणादायी मन्तव्य दिँदै आगामी जीवनमा अझ उत्साहका सा
इटहरी । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । गाउँपालिकाले वडा–वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्तासहितका सेवा प्रवाह गरेको हो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इन्द्रकमल श्रेष्ठका अनुसार बैँकसँग समन्वय गरेर प्रत्येक वडामा पुगेर लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । वडा–वडामा पुगेर एकीकृत घुम्ती शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता र ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने र स्वास्थ
इटहरी। इलामको माइजोगमाई गाउँपालिकाको उत्तरपूर्वी क्षेत्रमा जंगली जनावार गाउँ पसेपछि स्थानीयमा त्रास बढेको छ । एक महिना यता गाउँ पसेको चितुवाले स्थानीयको खोरबाटै खसीबाख्रा मार्न थालेको छ । गए राति माइजोगमाई –२ लोसेका शेरबहादुर गुरुङको बाख्राको खोरमा चितुवा पसेर माउ बाख्रा मारेको छ । केही दिनअघि पनि लोसेमा तीनवटा बाख्रा चितुवाले खोरमै खाएको यहाँका पशु प्राविधिक रविन गुरुङले जानकारी दिनुुभयो । यस्तै, गएराति नै माईजोगमाई –२ मुलखर्कका हर्कसिंह राई र माईजोगमाई –२ बिज्जेका गोपाल खड्काको बाख्रालाई चितुवाले मारेको जानकारी आएको छ । पछिल्लो समय चितुवा, बँदेल र बाँदरजस्ता जंगली जनावरले दिनहुँजसो घरपालुवा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.