इटहरी। बेलायतमा बसोबास गर्दै आउनुभएका रामप्रसाद अधिकारीले पुर्खौली थलोको विद्यालयलाई जग्गा प्रदान गर्नुभएको छ । अधिकारीले धनकुटाको महालक्ष्मी नगरपालिका बडा ४ चानुवाको श्री सरस्वती माध्यमिक विद्यालयलाई चार लाख रुपियाँ बराबरको दुई रोपनी तीन आना जग्गा हस्तान्तरण गर्नुभएको हो । अधिकारीको हजुरबुवा प्रभाकर अधिकारी र हजुरआमा प्रतिमा अधिकारीको नाममा जग्गा हस्तान्तरण गर्नु भयो । उहाँका हजुरबुवा हजुरआमा सोही स्थानमा बसोबास गर्नु भएको थियो । अधिकारीका बुवा सपरिवार काठमाडौँ बसाई सर्नुभएको थियो । पितापुर्खाको थातथलोमा सहयोग गर्दा धेरै आनन्द लागेको अधिकारीले जानकारी दिनुभयो । उहाँले स्थानीय भक्त अधिकारीबाट जग्गा खरिद गरी विद्यालयलाई दिनु भएको वडा ४ का वडाध्यक्ष शुक्रराज बुढाथोकीले जानकारी दिनुभयो । सो जग्गा विद्यालयको खेलमैदान निर्माणमा प्रयोग हुने अधिकारीको भनाइ छ ।

