इटहरी / CFMOTO Nepal ले आफ्नो नयाँ संस्करणको 450SR-S प्रिमियम स्पोर्ट्स बाइक नेपाली बजारमा सार्वजनिक गरेको छ। अत्याधुनिक प्रविधिसहित आएको यो बाइकको मूल्य रु १३.४९ लाख तोकिएको छ।यो बाइकमा 449.5cc को ट्विन-सिलिन्डर इनलाइन, लिक्विड-कुल्ड, 4-स्ट्रोक DOHC इञ्जिन जडान गरिएको छ, जसले ९,५०० RPM मा ५१ hp पावर र ७,५०० RPM मा ४० Nm टर्क प्रदान गर्छ। Euro V+ उत्सर्जन मापदण्ड अनुसार बनेको बाइकमा १४ लिटर क्षमताको फ्युल ट्यांक, स्लिपर क्लच, छ-स्पीड गियरबक्स, र डुअल-च्यानल ABS जडान गरिएको छ।नयाँ अपडेट अनुसार, 450SR-S मा अपग्रेड गरिएको स्विङआर्म र पहिलेको २२०mm को साटो २४०mm ठूलो रियर डिस्क ब्रेक राखिएको
इटहरी / लामो समयदेखि प्रतिक्षामा रहेको BYD Seagull, जसलाई नेपाली बजारमा BYD Atto 1 नाम दिइएको छ, NAIMA Nepal Mobility Expo 2025 मा औपचारिक रुपमा सार्वजनिक गरिएको छ। यो इलेक्ट्रिक गाडी दुई फरक भेरिएन्टमा उपलब्ध गराइएको छ, जसको मूल्य क्रमशः रु २८.९५ लाख र रु ३२.९९ लाख तोकिएको छ।BYD Atto 1 को Dynamic भेरिएन्ट मा ३०.०८ kWh क्षमताको ब्याट्री प्रयोग गरिएको छ, जसले WLTP अनुसार २३० किलोमिटर रेन्ज दिन्छ। उस्तै, Premium भेरिएन्ट मा ३८.८८ kWh ब्याट्री रहेको छ जसले ३०० किलोमिटर रेन्ज प्रदान गर्छ।नेपालमा Cimex Inc. को आधिकारिक बिक्रि वितरणमार्फत उपलब्ध हुने यस गाडीको बुकिङ NAIMA Auto Show 2025 को अवस
सुनसरी | बराहक्षेत्र नगरपालिका वडा नं. ८ को सभाहलमा गरिबी निवारण, लघु उद्यम विकास तथा सिप वृद्धि लक्षित "प्रविधि हस्तान्तरण कार्यक्रम" मेडपा (MEDPA) को आयोजनामा सम्पन्न भएको छ। यस अवसरमा वडा अध्यक्ष रोशन खड्का ले गरिबी न्यूनीकरणका लागि वडाले निरन्तर सिप विकास तालिमहरू प्रदान गर्दै आएको बताए। उनले भने, "वडाभित्र गरिबी निवारण गर्न बजेट र सेवा सुविधा अहिले अपर्याप्त छन्। तर, हामीले प्रत्येक वर्ष विभिन्न सिपमूलक तालिमहरू दिएर वडावासीलाई रोजगारीमा सक्षम बनाउने प्रयास गरिरहेका छौं। आगामी दिनहरूमा पनि वडाको क्षमताअनुसार जनताको सेवा निरन्तरता कायम राख्ने छौं।" कार्यक्रममा वडा सदस
इटहरी / इटहरी उपमहानगरपालिकाका नगर प्रमुखप्रति सामाजिक सञ्जालमार्फत आलोचना गरेपछि स्थानीय युवती ताजिना बिष्टलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाले अभिव्यक्ति स्वतन्त्रताको सवालमा नयाँ बहस सुरु गरिदिएको छ।तीन घण्टासम्म प्रहरी नियन्त्रणमा राखिएपछि "आइन्दा मेयरको विरोध नगर्ने" सर्तमा रिहा गरिएको दाबी स्वयं पीडितले गरेकी छन्। घटनाले स्थानीय प्रशासन र प्रहरी निकायको भूमिकामाथि प्रश्नचिन्ह खडा गर्दैछ।के थियो घटनाको पृष्ठभूमि?ताजिना बिष्टले सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियोमार्फत इटहरीको सडकको दयनीय अवस्थाबारे व्यङ्ग्यात्मक शैलीमा टिप्पणी गरेकी थिइन्। पानी जमेको सडकमा हिँड्दै उनले "चौध अञ्चल
मोरङ | सुन्दरहरैंचा नगरपालिका - ६, दुलारीमा अवस्थित साजीेलाल माध्यमिक विद्यालयले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको नतिजा अनुसार, विद्यालयद्वारा जारी गरिएको सूचनामा कूल ३ सय ३ जना परीक्षार्थीमध्ये २ सय २९ जना विद्यार्थीहरूले उत्तीर्ण भएका छन् । यसले विद्यालयको समग्र उत्तीर्ण प्रतिशत ७५.५% रहेको पुष्टि गर्दछ । ग्रेड वितरणमा विविधता, विज्ञान समूहमा उत्कृष्ट सफलताप्राप्त नतिजामा शिलशिला सापकोटाले GPA ३.६–४.० (उत्कृष्ट श्रेणी) हासिल गरेका छन् भने, ३६ जनाले GPA ३.२–३.६, ६६ जनाले GPA २.८–३.२, ९८ जनाले GPA २.४–२.८, र २८ जनाले GPA २.०–२.४ बीचमा ग्रेड हासिल गरेका
इटहरी । उर्लाबारी नगरपालिका–१ मा रहेको प्रगतिशील सामुदायिक वन उपभोक्ता समूहले महिला उपभोक्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले निर्णय लेखन तथा लेखा सम्बन्धी दुई दिने तालिम सम्पन्न गरेको छ। तालिममा स्थानीय महिला उपभोक्ताहरूको सक्रिय सहभागिता रहेको थियो। उनीहरूलाई निर्णय लेखन, बैठकको कार्यविवरण तयार गर्ने तरिका, आर्थिक अभिलेख संकलन, लेखा परीक्षणका आधारभूत पक्षहरू लगायतका विषयमा व्यवहारिक जानकारी प्रदान गरिएको थियो। तालिम समापनमा समूहका अध्यक्षले महिला सशक्तिकरण र सुशासनमा महिलाको सहभागिता अत्यन्त आवश्यक भएको बताए। उनले महिलाहरूलाई आर्थिक कारोबार र संस्थागत निर्णय प्रक्रियामा दक्ष बनाउने समू
इटहरी । नेपाल विद्यार्थी संघ मोरङ जिल्ला कार्य समिति अन्तर्गत हुने १२ औं महाधिवेशनको सन्दर्भमा मोरङका १७ वटै स्थानीय तहबाट प्रतिनिधिहरूको चयन सम्पन्न भएको छ। मोरङ जिल्ला कार्य समितिको सिफारिसमा पालिकागत प्रतिनिधिहरूको सूची सार्वजनिक गरिएको छ । प्रतिनिधिहरूलाई आगामी साउन २१ गतेसम्म अधिवेशन कार्य सम्पन्न गर्न पत्राचार गरिएको छ। पत्रमा विराटनगरदेखि रंगेली, धनपालथान, केराबारी, पथरी–शनिश्चरेलगायतका पालिकामा अधिवेशन गराउन दुईरदुई जना गरी प्रतिनिधि चयन गरिएको उल्लेख छ। विराटनगरमा गुड्डु साह ,युगेंन रेग्मी, मनिषा शर्मा र रेहान भट्टराई, कटहरी गाउँपालिकामा शुभम देव ररवेश कोइराला, बुढीगंगा गाउँपालिकामा ग
इटहरी | +2 Hotel Management मा निरन्तर १५ औं ब्याच सम्म आईपुग्दा पनि धरानमा युएन नवोदय कलेजले एक छत्र शैक्षिक वर्चस्व कायम राख्न सफल भएको छ। दर्जन स्कुल एक भएर, निशुल्क पढाउछौ भन्दा पनि होटेल म्यानेज्मेन्टका लागी विद्यार्थीहरु र अभिभावकहरुले अन्य +2 हरुलाई विश्वास गर्न सकेका छैनन र पहिलो रोजाई मा युएन नवोदय +2 नै परेको छ। एक छत्र शैक्षिक वर्चस्व साथै विद्यार्थीहरुको पहिलो रोजाईमा पर्न सफल हुनुको प्रमुख कारण गुण स्तरिय शिक्षा, निरन्तर धरान, प्रदेश र नेपाल टप गर्न सफल, देश विदेशमा ईन्टर्नशिप र रोजगारीको व्यवस्था , बेकरी र बारिस्ता स्कुल सन्चालन गर्ने धरानको पहिलो कलेज साथै +२ मा
इटहरी । एक हजार रुपियाँ दरका नक्कली नोटसहित प्रहरीले सुनसरीको कोशी गाउँपालिकाबाट दुई जनालाई पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ३८ थान नक्कली नोटसहित कोशी गाउँपालिका ८ बाट २५ वर्षे राजेश चमार रजक र राजेशकुमार रजकलाई पक्राउ गरेको जानकारी दिएको हो । पक्राउ परेका दुवै जना सप्तरी जिल्ला हनुमान कंकालिनी गाउँपालिका एक घर भएका व्यक्ति भएको प्रहरीले जनाएको छ । लु ९२ प २३८० नम्बरको मोटरसाइकल उनीहरुलाई सुनसरी भाण्टाबारीबाट खटिएको प्रहरीले चोकजाँच गर्दा मङ्गलबार राति नक्कली नोटसहित पक्राउ गरेको जनाएको छ ।
इटहरी । पाँचथरको फिदिम र हिलिहाङलाई सिमाना छुट्याएर बग्ने हेवा खोलामा तेस्रो पटक बेलिब्रिज जोड्न थालिएको छ । यो खोला मेची राजमार्गमा पर्छ । जसले पाँचथर र ताप्लेजुङलाई सडक सञ्जालबाट इलाम र झापालाई जोड्ने भएकाले पुल नहुँदा यातायात प्रभावित हुँदै आएको छ। यहाँ जडान भइरहेको बेलिब्रिजलाई सडक डिभिजन इलामले मोडुलर ब्रिज भनेको छ । ब्रिज जडानको काम सडक डिभिजन इलामले गरिरहेको हो । यसअघि यहाँ जडान भइरहेको बेलिब्रिज काम नसकिँदै गत जेठ ३१ गते भाँचिएको थियो । त्यसपछि भारतबाट सामग्री र प्राविधिक ल्याएर पुनः जडान गर्न थालिएको हो । यसपटक भारतबाट लन्चिङ किट्ससहित आएका भारतीय प्राविधिकहरुको निगरानीमा पुल जडान अघि
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.