इटहरी / लामो समयदेखि प्रतिक्षामा रहेको BYD Seagull, जसलाई नेपाली बजारमा BYD Atto 1 नाम दिइएको छ, NAIMA Nepal Mobility Expo 2025 मा औपचारिक रुपमा सार्वजनिक गरिएको छ। यो इलेक्ट्रिक गाडी दुई फरक भेरिएन्टमा उपलब्ध गराइएको छ, जसको मूल्य क्रमशः रु २८.९५ लाख र रु ३२.९९ लाख तोकिएको छ।
BYD Atto 1 को Dynamic भेरिएन्ट मा ३०.०८ kWh क्षमताको ब्याट्री प्रयोग गरिएको छ, जसले WLTP अनुसार २३० किलोमिटर रेन्ज दिन्छ। उस्तै, Premium भेरिएन्ट मा ३८.८८ kWh ब्याट्री रहेको छ जसले ३०० किलोमिटर रेन्ज प्रदान गर्छ।
नेपालमा Cimex Inc. को आधिकारिक बिक्रि वितरणमार्फत उपलब्ध हुने यस गाडीको बुकिङ NAIMA Auto Show 2025 को अवसरमा सुरु गरिएको छ। प्रारम्भिक बुकिङ गर्ने ग्राहकलाई लक्षित गर्दै कम्पनीले विशेष लन्च अफर सार्वजनिक गरेको छ, जसमा निम्न सुविधाहरू समावेश छन्:
- नगद छुट
- एक वर्षको Auto Plus बीमा निःशुल्क
- 3.3 kW पोर्टेबल चार्जर निःशुल्क
- १० वर्षको विस्तारित वारेन्टी
- निःशुल्क गाडी एक्सेसोरीहरू
- BYD एपको १० वर्षे सदस्यता
BYD Atto 1 ले आफ्नो आकर्षक डिजाइन, सस्तो मूल्य, र प्रविधियुक्त EV प्लेटफर्म को माध्यमबाट नेपाली बजारमा पहिलो पटक EV किन्ने प्रयोगकर्ताबीच उच्च चासो जगाउने अपेक्षा गरिएको छ।


