इटहरी / CFMOTO Nepal ले आफ्नो नयाँ संस्करणको 450SR-S प्रिमियम स्पोर्ट्स बाइक नेपाली बजारमा सार्वजनिक गरेको छ। अत्याधुनिक प्रविधिसहित आएको यो बाइकको मूल्य रु १३.४९ लाख तोकिएको छ।

यो बाइकमा 449.5cc को ट्विन-सिलिन्डर इनलाइन, लिक्विड-कुल्ड, 4-स्ट्रोक DOHC इञ्जिन जडान गरिएको छ, जसले ९,५०० RPM मा ५१ hp पावर र ७,५०० RPM मा ४० Nm टर्क प्रदान गर्छ। Euro V+ उत्सर्जन मापदण्ड अनुसार बनेको बाइकमा १४ लिटर क्षमताको फ्युल ट्यांक, स्लिपर क्लच, छ-स्पीड गियरबक्स, र डुअल-च्यानल ABS जडान गरिएको छ।

नयाँ अपडेट अनुसार, 450SR-S मा अपग्रेड गरिएको स्विङआर्म र पहिलेको २२०mm को साटो २४०mm ठूलो रियर डिस्क ब्रेक राखिएको छ। साथै, बाइकमा ट्र्याक्सन कन्ट्रोल, एड्जस्टेबल रियर सस्पेन्सन, र रिडिजाइन गरिएको अन्डरबेली एग्जहस्ट रहेको छ, जसले पछाडि पाङ्ग्रा झन् खुला देखिने बनाएको छ।

अन्य प्रमुख विशेषताहरूमा:

  • ५ इन्चको कलर TFT डिस्प्ले
  • ट्विन LED हेडलाइट
  • इमर्जेन्सी स्टप सिग्नल (ESS)
  • स्वचालित हेडलाइट
  • फोन मिररिङ सपोर्टसहितको नयाँ इन्स्ट्रुमेन्ट प्यानल

CFMOTO 450SR-S ले आफ्नो शक्तिशाली इञ्जिन, स्मार्ट फिचर र आक्रामक डिजाइनका कारण नेपाली स्पोर्ट्स बाइक प्रेमीहरू माझ उच्च आकर्षण ल्याउने अपेक्षा गरिएको छ।