इटहरी । झापाको शिवसताक्षी नगरपालिका–८ स्थित झिलझिले बजारमा स्कुटर दुर्घटनामा परेर घाइते भएका व्यक्तिको सुन चोरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गत साउन २९ गते कमल गाउँपालिका–६ का ३० वर्षीय मनोज लिम्बू दोमुखाबाट घर फर्कने क्रममा झिलझिले बजारमा स्कुटर अनियन्त्रित भई दुर्घटनामा परेका थिए । स्थानीयवासीले उनलाई एम्बुलेन्समा राखेर अस्पताल पठाउने क्रममा घाँटीमा लगाएको ५६ ग्राम २५ मिलिग्राम तौलको सुनको सिक्री हराएको जनाउँदै साउन ३१ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा निवेदन परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । अनुसन्धानका क्रममा उ
इटहरी । झापा जिल्लाको ग्रामीण क्षेत्रमा विद्युत्को असुरक्षित प्रयोगका कारण विद्युत प्रवाह चुहावट (करेन्ट) भएर हुने मृत्युको घटना बढेको छ । यस जिल्लामा गत साउनमा मात्र करेन्ट लागेर पाँच जनाले ज्यान गुमाएका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार गत चार महिनामा जिल्लामा करेन्ट लागेर १० जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेहरू अधिकांश विद्युत्सम्बन्धी पर्याप्त प्राविधिक ज्ञानको अभाव भएका ग्रामीण क्षेत्रका बासिन्दा छन् । करेन्ट लागेर हुने अधिकांश मृत्युको घटना मोटरबाट पानी तान्ने, खोलामा करेन्ट लगाएर माछा मार्ने र कुटी काट्ने क्रममा भएको पाइएको उनले बताए । अधिकांश
इटहरी । झापाको दमकमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेकी ३० वर्षीया शोभाकुमारी साहको उपचारका क्रममा मृत्यु भएको छ। दमक नगरपालिका–१, भानुभक्त चोक निवासी मनोज साहकी कान्छी श्रीमती शोभाले मङ्गलवार दिउँसो करिब ४ः३० बजे आफ्नै घरको दोस्रो तलामा पेट्रोल छर्की आगो लगाएकी थिइन्। गम्भीर घाइते भएकी उनलाई प्रारम्भिक उपचारपछि धरान रिफर गरिएको भए पनि चिकित्सक नभएपछि पुनः बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो। त्यहाँ बुधवार राति उपचारकै क्रममा उनको निधन भएको इलाका प्रहरी कार्यालय दमकले पुष्टि गरेको छ। लामो समयदेखि घरायसी विवादमा रहेकी शोभा करिब एक महिनाअघि मनोजकी जेठी श्रीमतीकी छोरी सुर
इटहरी । झापाको दमकमा आज (मंगलबार) बिहान भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान घाइते भएका छन्। दमक नगरपालिका–७ पशुडाँडा नजिकै पूर्व–पश्चिम लोकमार्गमा बिहान करिब ८ बजे पाडाजुँगीतर्फ जाँदै गरेको बन्दाकोपी बोकेको प्र१–०२–००२ ख ०९१२ नम्बरको मालवाहक ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प्र१–०१–०१२ प ९३१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक कमल गाउँपालिका–५ का ४३ वर्षीय सुकदेव गौतम घाइते भएका छन्। उनको बायाँ खुट्टामा चोट लागेको र उनलाई उपचारका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ। उनको अवस्था सामान्य रहेको बताइएको छ । मोटरसाइकलमा प
इटहरी । कोशी प्रदेश सरकारको प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयको अनुगमन तथा नियमन क्षेत्रका आधाभन्दा बढी (५६३ वटा, ५२.३७ प्रतिशत) सहकारी सङ्घ संस्थाले आर्थिक वर्ष २०८०र८१ को विवरण बुझाएका छैनन् । प्रदेश सहकारी रजिस्ट्रारको नियमनमा १४ जिल्लाका एक हजार ७५ वटा सहकारी सङ्घ संस्था छन् । गत वर्ष एक हजार ७७ वटा सहकारी संस्थामध्ये ५७७ वटा अर्थात् ५३.७० प्रतिशत सहकारी संस्था सङ्घले विवरण बुझाएका थिएनन् । अघिल्लो आवभन्दा गत आवमा १.३३ प्रतिशत प्रगति भएको रजिस्ट्रार कार्यालयले जनाएको छ । प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवाका वरिष्ठ शाखा अधिकृत मनोज कार्कीका सबैभन्दा बढी झाप
इटहरी । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले ताप्लेजुङको स्थानीय महिला उद्यमीहरूले उत्पादन गरेका अलैँची जन्य मसला र खाद्य सामग्रीको अवलोकन गर्नुभएको छ । फुङलिङ बजारमा साहस परियोजनाद्वारा सम्पन्न अलैँची पोष्ट हार्भेस्ट तालिमको अवसरमा उहाँले उक्त अलैँची जन्य मसला र खाद्य सामग्रीको अवलोकन गर्नुभएको हो । महिला उद्यमीहरूले घरेलु रूपमा उत्पादन गरेका अलैँची मसला, प्रशोधित खाद्य पदार्थ र अन्य स्थानीय सामग्री प्रदर्शनीमा राखेका थिए । प्रदर्शनी अवलोकन पछि मन्त्री हाङगामले घरेलु उद्योग प्रवर्धनका लागि चालु आर्थिक वर्षमा विभिन्न योजना रहेको उल्लेख गर्दै उद्यमी तथा कृषकको मागका आध
इटहरी । डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि खोटाङमा लामुखट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको छ । पछिल्लो एक महिनामा जिल्ला अस्पतालमा भर्ना भएका बिरामीमध्ये १२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएपछि नियन्त्रण गर्न अभियान सञ्चालन गरिएको हो । अभियानको पहिलो दिन सोमबार दिक्तेल बजारका विभिन्न चोकमा सञ्चालित ग्यारेजमा पुगेर लामखुट्टेको लार्भा खोजी गर्दै नष्ट गरिएको छ । दिक्तेलस्थित अस्पताल चोकबाट सुरु भएको अभियान अल्छेढुङ्गा हुँदै किरात चोक आसपासका ग्यारेज तथा बजार क्षेत्र सरसफाइ गर्दै हाटडाँडा पुगेर समापन गरिएको छ । लार्भा नष्ट गर्ने अभियानमा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, दिक्त
इटहरी । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सङ्गठित सदस्यको भूमिकामा रहेर काम गरिरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीले नेकपा (एमाले)ले आफूलाई पार्टी सदस्य नरहेको भन्नेबारेमा कुनै जानकारी नगराएको र त्यस्तो कुनै औपचारिक निर्णय भएको जानकारी आफूलाई नभएको बताउनुभएको हो । केन्द्रीय समितिको बैठकले सदस्यता नवीकरण नगर्ने भनी गरेको निर्णयको बारेमा उहाँले अनभिज्ञता प्रकट गर्नुभयो । आफ्नो ४५ वर्ष लामो एमालेसँगको आबद्धता स्मरण गराउँदै भण्डारीले पार्टीको हितका लागि काम गर्ने बताउनुभयो । राजतन्त्र र गणतन्त्र फरक रहेको भन्द
भोजपुर | षडानन्द नगरपालिकाकी उपप्रमुख तथा नेकपा (माओवादी केन्द्र) भोजपुरकी नेत्री प्रमिला राई She Leads Icon – 2082 प्रतियोगितामा देशभरिका नगरपालिका तथा गाउँपालिकाका महिला प्रमुख/उपप्रमुखहरूलाई पछि पार्दै उत्कृष्ट ३१ प्रेरणादायी महिला जनप्रतिनिधिमा पर्न सफल हुनुभएको छ।महिला नेतृत्वको क्षमता, प्रेरणा र योगदानलाई केन्द्रमा राखी आयोजना गरिएको यस प्रतिस्पर्धाबाट अब Top–1 (बिजेता) छनोट हुने भएकाले उहाँलाई विजयी बनाउन व्यापक मत आवश्यक रहेको आयोजकहरूले जनाएका छन्।यसै सन्दर्भमा सडानन्द नगर कमिटी नेकपा (माओवादी केन्द्र)का सचिव दावा शेर्पाले नगरबासी, जिल्लाबासी, सम्पूर्ण देशवासी तथा विदेशमा रहनुभएका नेप
इटहरी । विगत डेढ वर्षदेखि पूर्वमा इभेन्ट म्यानेजमेन्टको क्षेत्रमा सक्रिय रहँदै आएको रिवाज इभेन्टले अब इटहरीमै आफ्नो कार्यालय सञ्चालनमा ल्याएको छ । आइतबार एक विशेष कार्यक्रमको आयोजना गरी व्यवसायी राहुल शाह र नवराज कार्कीको संयुक्त लगानीमा कार्यालय उद्घाटन गरिएको हो । “इन्ह्यान्स द ब्यूटि अफ योर रिति रिवाज हूइथ रिवाज इभेन्ट भन्ने नारा सहित कम्पनीले पूर्वका नागरिकलाई विभिन्न सामाजिक तथा पारिवारिक कार्यक्रमको सम्पूर्ण व्यवस्थापन एकै स्थानबाट उपलब्ध गराउने उद्देश्य राखेको जनाएको छ । सञ्चालक राहुल शाहले रिवाज इभेन्ट स्थापनाको मूल उद्देश्य कार्यक्रम आयोजना गर्दा ग्राहकले चाहिने सम्पूर्ण सुविधा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.