इटहरी । विगत डेढ वर्षदेखि पूर्वमा इभेन्ट म्यानेजमेन्टको क्षेत्रमा सक्रिय रहँदै आएको रिवाज इभेन्टले अब इटहरीमै आफ्नो कार्यालय सञ्चालनमा ल्याएको छ । आइतबार एक विशेष कार्यक्रमको आयोजना गरी व्यवसायी राहुल शाह र नवराज कार्कीको संयुक्त लगानीमा कार्यालय उद्घाटन गरिएको हो । “इन्ह्यान्स द ब्यूटि अफ योर  रिति रिवाज हूइथ रिवाज इभेन्ट भन्ने नारा सहित कम्पनीले पूर्वका नागरिकलाई विभिन्न सामाजिक तथा पारिवारिक कार्यक्रमको सम्पूर्ण व्यवस्थापन एकै स्थानबाट उपलब्ध गराउने उद्देश्य राखेको जनाएको छ । सञ्चालक राहुल शाहले रिवाज इभेन्ट स्थापनाको मूल उद्देश्य कार्यक्रम आयोजना गर्दा ग्राहकले चाहिने सम्पूर्ण सुविधा एकै ठाउँबाट पाउन सक्ने व्यवस्था गर्नु भएको बताउनुभयो । अर्का सञ्चालक नवराज कार्कीले विगत डेढ वर्षको अनुभवका आधारमा कम्पनीले पूर्वमा कार्यक्रम व्यवस्थापन सेवाको खाँचो पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले रिवाज इभेन्टमार्फत भोज व्यवस्थापन, मञ्च निर्माण, सजावट, ध्वनि तथा प्रकाश प्रणाली, सांगीतिक प्रस्तुति, आतिथ्य सेवा लगायतका सम्पूर्ण पक्षलाई एकीकृत रुपमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।