भोजपुर | षडानन्द नगरपालिकाकी उपप्रमुख तथा नेकपा (माओवादी केन्द्र) भोजपुरकी नेत्री प्रमिला राई She Leads Icon – 2082 प्रतियोगितामा देशभरिका नगरपालिका तथा गाउँपालिकाका महिला प्रमुख/उपप्रमुखहरूलाई पछि पार्दै उत्कृष्ट ३१ प्रेरणादायी महिला जनप्रतिनिधिमा पर्न सफल हुनुभएको छ।
महिला नेतृत्वको क्षमता, प्रेरणा र योगदानलाई केन्द्रमा राखी आयोजना गरिएको यस प्रतिस्पर्धाबाट अब Top–1 (बिजेता) छनोट हुने भएकाले उहाँलाई विजयी बनाउन व्यापक मत आवश्यक रहेको आयोजकहरूले जनाएका छन्।
यसै सन्दर्भमा सडानन्द नगर कमिटी नेकपा (माओवादी केन्द्र)का सचिव दावा शेर्पाले नगरबासी, जिल्लाबासी, सम्पूर्ण देशवासी तथा विदेशमा रहनुभएका नेपालीहरूलाई प्रमिला राईलाई जित दिलाउन ठूलो संख्यामा मतदान गर्न आग्रह गर्नुभएको छ।
मतदान गर्ने तरिका :
eSewa App को Voting मा गई She Leads Icon – Second Edition अन्तर्गत Code 19 मा मतदान गर्न सकिन्छ।
अन्तर्राष्ट्रिय भोटका लागि ???? https://voting.mypay.com.np/ मा Login गरी She Leads Icon – Second Edition मा गई मतदान गर्न सकिन्छ।
सफलतापूर्वक उत्कृष्ट ३१ भित्र पर्नुभएका उपप्रमुख प्रमिला राईलाई नगरवासीहरूले हार्दिक बधाई दिँदै Top–1 बन्ने यात्रामा शुभकामना व्यक्त गरेका छन्।

