इटहरी । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको आयोजना तथा शिक्षा नीति तथा अभ्यास केन्द्र सिइपिपी को सहकार्यमा धनकुटाको साँगुरीगढी गाउँपालिका–६, नाम्जेमा क्षमता विकास तथा तीनवर्षे रणनीतिक योजना निर्माण कार्यशाला सुरु भएको छ । नाम्जे थुम्की सामुदायिक होमस्टेमा आयोजित कार्यशालाको उद्घाटन शिक्षा विकास निर्देशनालय धनकुटाका निर्देशक कृष्णप्रसाद खरेलको प्रमुख आतिथ्य तथा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका अध्यक्ष काशीनाथ दंगालको अध्यक्षतामा भएको हो। साउन २६ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने कार्यशालामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यालय व्यवस्थापन समिति
इटहरी । सुनसरीको इटहरी–२०, तरहरास्थित बराह एग्रो फ्रेस हाउसले शुद्ध, ताजा तथा स्वादिष्ट कालो सुँगुरको मासु प्रतिकेजी ४८० रुपैयाँमा बिक्री गर्दै आएको छ। तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङद्वारा सञ्चालित इटहरी–१९, अमाहास्थित बराह एग्रो कृषि फर्ममा उत्पादन गरिएको कालो सुँगुरको ताजा मासु फ्रेस हाउसबाट प्रत्यक्ष रूपमा उपभोक्तासम्म पु¥याइँदै आएको हो। फर्ममा आफ्नै तयारीको गुणस्तरीय चारा प्रयोग गरी सरसफाइ तथा स्वास्थ्य मापदण्डमा विशेष ध्यान दिँदै सुँगुर पालन गरिएको सञ्चालक गुरुङले बताउनुभयो । फर्ममा उत्पादन गरिएको सुँगुरको मासु उपभोक्तालाई स्वच्छ र ताजा रूपमा उपलब्ध गराउन फ्रेस हाउसमा समेत सरसफा
इटहरी । प्राइम भिजन हस्पिटालिटी म्यानेजमेन्ट कलेजले सोमबार ‘साउथ इण्डियन थिम’मा आगन्तुक अभिभावक तथा पाहुनालाई स्वागत तथा सत्कार गरेको छ। दक्षिण भारतीय संस्कृति झल्किने गरी कलेज परिसर सजाएका विद्यार्थीहरूले सांस्कृतिक भेषभूषामा सजिएर आगन्तुकलाई स्वागत गरेका थिए । विद्यार्थीहरूले नरिवलमा लस्सी मिसाएर तयार पारिएको विशेष पेय पदार्थबाट पाहुनाको स्वागत गरेका थिए । कार्यक्रममा विद्यार्थीहरूले दक्षिण भारतीय परिकार अन्तर्गत इडली, साम्बर, डोसा, भेज बिर्यानी, नरिवलको चट्नी, पुदिनाको चट्नी लगायतका परिकार तयार गरी अभिभावक तथा आगन्तुकलाई पस्किएका थिए । प्रयोगात्मक परीक्षा अन्तर्गत आयोजना गरिएको कार्यक्रममा
धरान। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोशी प्रदेशमा प्यालियेटिभ तथा हस्पिस केयर सेवा विस्तार गर्ने उद्देश्यले ५ दिने कार्यशाला सुरु गरिएको छ । प्रतिष्ठानमा ‘इन्टिग्रेटेड प्यालियेटिभ एन्ड हस्पिस केयर एसेन्सियल्स’ विषयक कार्यशाला सुरु भएको प्रतिष्ठानका प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठले जानकारी दिनुभयो । असाध्य तथा दीर्घरोगीका लागि आवश्यक प्यालियेटिभ तथा हस्पिस केयरको पहुँच विस्तार र सेवा सुदृढीकरण गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो । नेपाल हस्पिस केयर सेन्टरको आयोजना, वीपी प्रतिष्ठानको स्टुडेन्ट्स अन्कोलोजी विङको संयोजन तथा टु वल्र्डस् क्यान्सर कोल्याबोरेसन (क्यान
इटहरी । भोजपुरको हतुवागढी गाउँपालिका अन्तर्गतका विद्यालय र स्वास्थ्य केन्द्रमा आँखा तथा कानको निशुल्क परिक्षण शिविर सुरु भएको छ । गाउँपालिकाको वडा नं. २ लुङ्गिन स्थित शिवालय प्राथमिक विद्यालयबाट शुरु भएको आँखा र कानको समस्या पहिचान तथा उपचार सम्बन्धि अभियान आगामी असोज २५ गते सम्म सञ्चालन हुने भएको हो । नेपाल नेत्रज्योति संघ भोजपुर शाखा र विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोग तथा हतुवागढी गाउँपालिकाको व्यवस्थापनमा आयोजित शिविरमा विद्यालयका विद्यार्थी र ४० वर्ष उमेर समूह माथिका नागरिकलाई लक्षित गरिएको छ । प्रत्येक वडामा तालिकाबद्ध दुई महिना सम्म सञ्चालन हुने उक्त शिविरमा अन्य जुनसुकै उमेर समुह
इटहरी । विराटनगर महानगरपालिका वडा नं। ४ स्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालि र मोरङको बुढीगंगा गाउँपालिकाबीच स्वास्थ्य उपचार सुविधामा सहजीकरण गर्ने उद्देश्यले सम्झौता भएको छ । यस सम्झौताअनुसार गाउँपालिकाबाट सिफारिस भई अस्पताल पुग्ने बिरामीहरूले उपचार खर्चमा छुट तथा थप सुविधा पाउने भएका छन्। कोशी प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा, चिकित्सा, नर्सिङ तथा डेन्टलजस्ता क्षेत्रमा शैक्षिक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थामा आबद्ध व्यक्तिलाई पहिलेदेखि नै उपचारमा सहुलियत दिँदै आएको र सोही क्रममा बुढीगंगा गाउँपालिकाभित
इटहरी। बजारमा एलपी ग्यासको अभाव भएको भन्ने जनगुनासो बढेपछि तेह्रथुममा ग्याँस डिलरहरूको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल नं. ३ गुल्म हेडक्वार्टर जिरीखिम्ती र नेपाल पत्रकार महासंघ तेह्रथुमको संयुक्त टोलीले म्याङलुङ बजारमा रहेका ग्यास डिलरहरूको अनुगमन तथा निरीक्षण गरेको हो । अनुगमनका क्रममा डिलरहरूमा रहेको ग्यासको मौज्दात, बिक्री-वितरणको अवस्था तथा उपभोक्ताले ग्यास पाउन भइरहेको सहजता र असहजताबारे जानकारी लिइएको थियो । अनुगमनमा प्रीमा ग्यास डिलरमा करिब ६० सिलिन्डर, रिजाल ग्यास डिलरमा करिब २२ सिलिन्डर र कोशी ग्यास डिलरमा २ वटा सिलिन्डर मौज्द
इटहरी। हिमाली प्रजातिका विभिन्न फूलहरूको मनमोहक दृश्य, धुपी र हिमाली वनस्पतिको मीठो सुगन्ध, हरियाली डाँडाकाँडा, याक र चौँरीका गोठ, चट्टानबीच छङ्छङ् गर्दै बग्ने खोल्सा र हिमालको अनुपम दृश्यले सजिएको तिम्बुङ पोखरी पछिल्लो समय पूर्वी नेपालको आकर्षक साहसिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदै गएको छ । यस पोखरीको प्रचारप्रसार बढ्दै जाँदा यहाँ आन्तरिक पर्यटकको चहलपहल पनि उल्लेखनीय रूपमा बढेको छ । हाल दैनिक सरदर दुई दर्जन बढी आन्तरिक पर्यटकहरू पुग्ने गरेका छन् । यहाँको प्रचारप्रसारसँगै पर्यटकको आगमन बढ्न थालेको स्थानीय पर्यटन व्यवसायी अमिर राई बताउनुहुन्छ । उहाँले तिम्बुङ प
इटहरी। धरान उपमहानगरपालिकाका जनप्रतिनिधिहरू विभाजित हुँदा अझै वार्षिक बजेट आउन सकेको छैन । कार्यवहाक मेयर अइन्द्रविक्रम बेघा र वडाध्यक्षहरू आन्तरिक विवादमा फसेपछि बजेट ल्याउन नसकेको विषयान्तर पत्रकार सम्मेलन र समाजिक सञ्जालबाट एकअर्कालाई दोषारोपण गरिरहेका छन् । स्वतन्त्रबाट निर्वाचित भएर हर्कराज राई साम्पाङ मेयर भएपछि दलीय जनप्रनितिधिसँग तालमेल नमिल्दा विगतका आर्थिक वर्षमा यस्तै किचलो भएको थियो । साम्पाङले अहिले संघीय सांसद भइसकेका छन् । कार्यपालिकामा दलीय जनप्रतिनिधिमात्र छन् । तैपनि बजेटको किचलो समाधान हुन सकेको छैन । बजेट ल्याउनुपर्ने तोकिएको समय असार १० गते हो । तर साउनको तेश्रो साता सकिन
इटहरी । मोरङको उर्लाबारी नगरपालिकाले तोकिएको समयावधिभित्र काम सम्पन्न नगर्ने ६ वटा निर्माण कम्पनीसँगको ठेक्का सम्झौता तोड्ने तयारी गरेको छ।नगर कार्यपालिकाको कार्यालय उर्लाबारीले मंगलबार जारी गरेको सार्वजनिक सूचनामा नगरपालिकाले योजनाहरू सम्पन्न गर्नका लागि सहजीकरण गर्दा र मौखिक तथा लिखित रूपमा ताकेता गर्दा समेत निर्माण कार्य पूरा गर्न व्यवसायीहरूले कुनै चासो र प्रयास नगरेको उल्लेख छ।सार्वजनिक सूचना अनुसार ठेक्का सम्झौता किन अन्त्य नगर्ने र कारबाही प्रक्रिया किन अगाडि नबढाउने भन्ने विषयमा ठोस कारण भए लिखित जवाफ र प्रमाणसहित आधिकारिक प्रतिनिधि कार्यालयमा उपस्थित भनेको छ । तोकिएको १५ दिनभित्र मनास
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.