All Posts By कोशी प्रेस

    Showing १,४८१-१,४९० of १३,५२५ items.
  • ठेकेदारको चरम लापर्बाहीले उदयपुरको गाईघाटमा निर्माणाधीन त्रियुगा बसपार्क अलपत्र,पाँच वर्ष बित्दा पनि काम नसकिँदा यात्रु र व्यवसायी मर्कामा

    इटहरी  । जिल्ला सदरमुकाम गाईघाटस्थित निर्माणाधीन त्रियुगा बसपार्क निर्माणमा भएको ढिलासुस्तीले यात्रु सास्ती खेप्न बाध्य हुँदै आएका छन् । झन्डै पाँच वर्ष पहिले नै सम्पन्न गरी सञ्चालनमा ल्याइसक्नुपर्ने बसपार्कको निर्माण ठेकेदार कम्पनीको चरम लापर्बाहीले अहिलेसम्म अलपत्र हुँदै आएको हो । बढ्दो सहरीकरणसँगै हुने जनसङ्ख्याको उच्च चापलाई लक्षित गरी सहज रूपमा सवारी सुविधा उपलब्ध गराउने उद्देश्यले कोशी प्रदेशकै नमुना बसपार्कका रूपमा विकास गर्ने भनी २०७६ सालमै सम्झौता गरेर निर्माण सुरु गरेको कम्पनीले लापर्बाही गरेपछि गाईघाटमा निर्माणाधीन अत्याधुनिक सुविधासम्पन्न बसपार्क निर्माणको काम बर्सौंदेखि अलपत्

    • प्रकाशित मितिः असार ३१, २०८३
    • ११९ पटक पढिएको
  • कोशी प्रदेशमा आन्तरिक बसाइँसराइ दर देशभरमै उच्च,पहाड फर्केर घरजग्गा किन्नेलाई रजिस्ट्रेसन शुल्कमा पूर्ण छुट दिने सरकारको घोषणा

    इटहरी । कोशी प्रदेशमा आन्तरिक बसाइँसराइको दर देशभरमै उच्च देखिएको छ । कृषि उत्पादनबाट मात्रै जीवन धान्न मुस्किल हुनु र स्थानीयस्तरमा रोजगारीका पर्याप्त अवसर नजुट्दा पहाडी क्षेत्रबाट मधेशतर्फ बसाइँ सर्ने क्रम तीव्र बनेको हो । कोशी प्रदेश योजना आयोगले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदन अनुसार प्रदेशका पहाडी र हिमाली जिल्लाबाट हुने बसाइँसराइको दर निकै उच्च देखिएको छ । योजना आयोगका तर्फबाट अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै अनुसन्धानकर्ता चेतन धमलाले कोशी प्रदेशमा अन्य छ प्रदेशको तुलनामा सबैभन्दा बढी ऋणात्मक बसाइँसराइ रहेको जानकारी दिनुभयो । अध्ययनका व्रmममा पहाड छाड्नुमा ३१।९ प्रतिशतले रोजगारी

    • प्रकाशित मितिः असार ३१, २०८३
    • ११९ पटक पढिएको
  • लालीगुराँस नगरपालिकाको चोत्लुङ पार्क,संस्कृति र प्रकृतिलाई पर्यटनसँग जोडेर वार्षिक करोडौं आम्दानी गर्ने वसन्तपुरको महत्त्वाकाङ्क्षी लक्ष्य

    इटहरी। तेह्रथुमको वसन्तपुर बजारनजिक अवस्थित चोत्लुङ पार्क पर्यटकीय स्थलसँगै याक्थुङ ९लिम्बू० संस्कृति, मुन्धुमी परम्परा र इतिहास अध्ययनको महत्त्वपूर्ण केन्द्रका रूपमा विकसित हुँदै गएको छ।पृथ्वीनारायण शाह र लिम्बुवानबिच विभिन्न समयमा भएका सन्धि, सम्झौता, रुक्का तथा ऐतिहासिक दस्तावेज सङ्ग्रह गरी राखिएपछि यो पार्क आगन्तुकका लागि संस्कृति, मुन्धुम र इतिहास अध्ययनको केन्द्र बन्दै गएको हो। लालीगुराँस नगरपालिकाको सेवा केन्द्र वसन्तपुर बजारसँगै निर्माण गरिएको चोत्लुङ पार्कमा आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने गरेको छ। पार्कमा रैथाने वास्तुकला र विभिन्न शैलीका संरचना निर्माण गरिएका छन्। ढुङ्गाले छाप

    • प्रकाशित मितिः असार ३१, २०८३
    • १०९ पटक पढिएको
  • तेह्रथुम–धनकुटा सिमास्थित चित्रे बजारमा सवारी साधनको निःशुल्क प्राविधिक परीक्षण, सडक सुरक्षामा जोड

    इटहरी । तेह्रथुम र धनकुटाको सिमास्थित चित्रे बजारमा साना तथा ठूला सवारी साधनहरूको निःशुल्क यान्त्रिक (प्राविधिक) परीक्षण कार्यक्रम सञ्चालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय तेह्रथुम, जिल्ला प्रहरी कार्यालय तेह्रथुम, जिल्ला ट्राफिक प्रहरी कार्यालय तेह्रथुम, इलाका प्रहरी कार्यालय बासन्तपुर तथा यातायात व्यवस्था कार्यालय धनकुटाको संयुक्त पहलमा आयोजित कार्यक्रममा सवारी साधनहरूको ब्रेक, लाइट, टायर, इन्जिन लगायतका प्राविधिक अवस्थाको परीक्षण गरी चालक तथा सवारीधनीलाई सुरक्षित यात्रा सम्बन्धी आवश्यक सुझाव प्रदान गरिएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय तेह्रथुमका प्रमुख प्रहरी सहायक निरीक्षक कृष्णक

    • प्रकाशित मितिः असार ३१, २०८३
    • ७३ पटक पढिएको
  • हिलेमा कोशी प्रदेशको भू–उपयोग नीति तथा भूमि व्यवस्थापन विधेयकबारे छलफल

    इटहरी । कोशी प्रदेशको भू–उपयोग नीति तर्जुमा तथा भूमि व्यवस्थापनसम्बन्धी प्रस्तावित विधेयकको प्रारम्भिक मस्यौदामाथि सरोकारवालासँग सुझाव संकलन सुरु भएको छ । कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा धनकुटाका तेह्रथुम संखुवासभा तथा भोजपुरका जिल्ला समन्वय प्रमुख तथा स्थानिय तहका जनप्रतिनिधि बिच छलफल भएको हो । कार्यक्रममा कोशी प्रदेशको भू–उपयोग नीति र भूमि व्यवस्थापन सम्बन्धी प्रस्तावित विधेयकको प्रारम्भिक मस्यौदा प्रस्तुत गर्दै सहभागीबाट सुझाव मागिएको थियो । सहभागीहरूले कृषि योग्य जमिनको संरक्षण, अव्यवस्थित बसोबासको व्यवस्थापन, सार्वजनिक जग्गाको संरक्षण, भू–उपयोगको स्पष्ट वर

    • प्रकाशित मितिः असार ३१, २०८३
    • ८६ पटक पढिएको
  • क्षयरोग नियन्त्रणमा समुदायको भूमिका बलियो बनाउन ६० सामाजिक परिचालक प्रशिक्षित

    इटहरी । नेपालले सन् २०३५ सम्म क्षयरोग अन्त्य गर्ने राष्ट्रिय लक्ष्यलाई मध्यनजर गर्दै  कोसी प्रदेशका स्थानीय तहसम्म समुदाय परिचालन गर्ने उद्देश्यले सामाजिक परिचालकहरूको क्षमता अभिवृद्धि अभियान सुरु गरिएको छ । समुदाय केन्द्रित अभियानको निरन्तरता स्वरूप इटहरीमा सम्पन्न दुईदिने तालिमबाट झापा, मोरङ, सुनसरी, इलाम र उदयपुरका ६० जना सामाजिक परिचालक प्रशिक्षित भएका छन् । बागमती सेवा समाज नेपाल र कोसी प्रदेश स्वास्थ्य निर्देशनालयको संयोजन र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को प्राविधिक सहयोगमा दुई चरणमा सम्पन्न तालिममा क्षयरोगको रोकथाम, समयमै पहिचान, उपचारमा पहुँच, बिरामीको अधिक

    • प्रकाशित मितिः असार ३१, २०८३
    • १४५ पटक पढिएको
  • झापामा बालकको कानबाट सुनको कुण्डल लुट्ने दुई जना पक्राउ

    इटहरी ।  झापाको कनकाई नगरपालिका–३ मा नौ वर्षीय बालकको कानबाट सुनको कुण्डल लुट्ने घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।प्रहरीका अनुसार असार २४ गते साँझ करिब ६ बजे कनकाई–३ निवासी जयराम श्रेष्ठका नौ वर्षीय छोरा प्रजन श्रेष्ठ घरनजिक खेलिरहेका बेला दुई जना अपरिचितले फकाएर उनले लगाएको दुई आनी बराबरको सुनको कुण्डल ९दुई थान० लुटेर फरार भएका थिए।घटनापछि बालकका बुवा जयराम श्रेष्ठले असार २५ गते इलाका प्रहरी कार्यालय सुरुङ्गामा लिखित उजुरी दिएका थिए। उजुरीपछि प्रहरी निरीक्षक रवि राईको नेतृत्वमा खटिएको टोलीले घटनाको अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा घटनास्थल आसपासका सिसिटिभी फुटेज

    • प्रकाशित मितिः असार ३०, २०८३
    • २६२ पटक पढिएको
  • प्राङ्गारिक खेती प्रवर्द्धन गर्न ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले किसानलाई गोठ तथा भकारो सुधारका लागि ५० प्रतिशत अनुदान दिने

    इटहरी। ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले गोठ तथा भकारो सुधार कार्यक्रम सञ्चालन गर्दै किसानलाई ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराउने भएको छ । गाउँपालिकाले गाईबस्तुको मलमूत्रमा रहेको खाद्यतत्त्व संरक्षण गर्दै गुणस्तरीय प्राङ्गारिक मल उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले अनुदान उपलब्ध गराउने भएको हो । उक्त अनुदानबाट प्राङ्गारिक खेती प्रवर्द्धन हुनुका साथै कृषि उत्पादनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष युकहाङ विर हाङ्गाम ९डम्बर० ले बताउनुभयो । उहाँका अनुसार अनुदान अन्तरगत किसानले गोठ तथा भकारो सुधार, काउम्याट खरिद, गहुँत सङ्कलन प्रणाली व्यवस्थापनलगायतका कार्यमा अनुदान प्रा

    • प्रकाशित मितिः असार ३०, २०८३
    • ८८ पटक पढिएको
  • हेंवा खोलाको कटानबाट माझीटार बस्ती जोगाउन पाँचथरमा तीन करोडको लागतमा तटबन्ध निर्माण सम्पन्न

    इटहरी।  पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमास्थित हेंवा खोला किनारमा रहेको माझीटार बस्ती जोगाउन तटबन्ध निर्माण सम्पन्न भएको छ ।सिँचाइ तथा जलस्रोत आयोजना कार्यालय झापाले माझीटारको बस्ती र खेतीयोग्य जमिन संरक्षणका लागि हेंवा खोलाको दुवैतर्फ तटबन्ध निर्माण गरेको हो । हिलिहाङ गाउँपालिकातर्फ १८० मिटर र फिदिम नगरपालिकातर्फ ९६ मिटर लामो तटबन्ध निर्माण गरिएको आयोजना कार्यालयका प्राविधिक दिनेश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार तटबन्ध तीन मिटर उचाइको छ । बर्सेनि हुने कटानबाट वस्ती र खेतीयोग्य जमिन जोगाउने उद्देश्यले तटबन्ध निर्माण गरिएको सुवेदीले बताउनुभयो । रु तीन करोडको लाग

    • प्रकाशित मितिः असार ३०, २०८३
    • २९३ पटक पढिएको
  • धरान विद्युत् कार्यालयको गाडी दुर्घटना, दुईको मृत्यु

    इटहरी  । नेपाल विद्युत् प्राधिकरण धरान कार्यालयको  सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते हुनुभएको छ । धरान–इटहरी कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–२० स्थित सेउती पुल नजिक गए राति सवारी दुर्घटना भएको थियो । धरानबाट इटहरीतर्फ जाँदै गरेको बा१ञ १६५१ नम्बरको स्कारपियो गाडी राति करिब ११ः३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । दुर्घटनामा परी गाडी चालक धरान–१३ का बिर्ख राई र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी धरान–१६ का सुमन आचार्य गम्भीर घाइते हुनुभएको थियो । दुवैलाई

    • प्रकाशित मितिः असार ३०, २०८३
    • १८६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]