सप्तकोशी विकास बैंकमा भएको घोटला प्रकरणमा जोखिम न्यूनिकरणको महत्वपूर्ण जिम्मेवारी पाएका नायव कार्यकारी प्रमुख कुमार खड्का अनुसन्धानको दायरमा नपर्नु चर्चाको विषय बन्न थालेको छ । प्रमुख कार्यकारी अधिकृत (सिइओ) नविन सुवेदीसहित बैंकका अप्रेसनल प्रमुख अमित थापा मगर, वित्तीय प्रमुख देवीप्रसाद भण्डारी र जनरल सर्भिस डिपार्टमेन्ट प्रमुख हिमाल भट्टराईलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेका छ । तर आश्चार्यलाग्दो कुरा त के भने बैंकको जोखिम व्यवस्थापनको समेत जिम्मा पाएका नायव कार्यकारी प्रमुख खड्का भने अनुसन्धानको दायरामा तानिएका छैनन् । खड्का बैंकका प्रमुख जोखिम नियन्त्रक समेत हुन् । यो बैंकको घोटला
इटहरी, १७ पुस । शनिवार इटहरीको होटल इस्टर्न प्यालेसमा भएको साधारण सभाबाट मुलुकको सबैभन्दा पुरानो उद्योगी व्यवसायीहरुको साझा सङ्गठन इटहरी चेम्बर अफ कमर्सले व्यवसायीहरुमा एकता कायम गर्दै निजी क्षेत्रको संरक्षण साथै व्यवसायको प्रवर्द्धन गर्नकालागी आवश्यक कार्ययोजनाका साथ अघि बढ्ने उद्येश्यले अध्यक्षमा इटहरीका पुराना व्यवसायी सामाजिक अभियन्ता यज्ञ बहादुर कटवाल (गणेश)लाई सर्वसम्मत चयन गरेको छ। उक्त सभाबाट संस्थापक सदस्यता शुल्क , लेखा परीक्षक नियुक्ति, कार्यलय स्थापना साथै नयाँ कार्यसमितिमा नगरका, बस्तुगत, संस्थागत जस्ता क्षेत्रलाई पनि समेट्ने वा विभिन्न क्षेत्रको प्रतिधित्व स
इटहरी । कोरोना कहरको कारण लामो समय देखि खेलकुद गतिविधिहरु हुन नसकिरहेका तर्फ मध्यनजर गर्दै इटहरी सुनसरी लियो क्लवको आयोजनामा प्रथम अन्तर लियो फुटसल प्रतियोगिता हुने भएको छ । इटहरीमा सामाजिक कार्यका क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्दै आएको इटहरी सुनसरी लियो क्लवको आयोजनामा लियो जिल्ला परिषद ३२५ ए वान अन्तर्गतका लियो क्लवहरुको सहभागितामा प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिताका विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा कोरोना कहरका कारण लामो समय देखि लियो क्लवहरुको सहभागितामा औपचारिक कार्यक्रमहरु हुन सकीरहेको समयमा भाईचार सम्वन्धका साथै युवाहरुको शारिरिक स्वास्थ्यक
विपद् पुर्व तयारी सम्वन्धि अन्तरकृया सम्पन्न भएको छ । प्रदेश १ मा हुने सम्भावित क्षेत्रहरुको बारेमा सुनसरीको इटहरीमा २ दिने गोष्ठि सम्पन्न भएको हो । इटहरी उपमहानगरपालिका का वातावरण शाखा प्रमुख, शसस्त्र प्रहरी, इटहरी जेसिस जिल्ला प्रशासन कार्यालय सुनसरीका सरोकार वाला निकाय लगाएका सरोकारवाला निकायका विच भएको २ दिने गोष्ठिबाट विपत आउनु पुर्ण बस्ता सावधानी अपनाउने र विपदको रोकथाम तथा नियन्त्रणमा के गरि गर्ने भन्ने कुराहरुको वहस गर्दै छलफल गरिएको हो । सुनसरीमा रहेका विपद तथा जोखिमका क्षेत्रहरुलाई अबका दिनमा कसरी जोखिम न्युनीकरण गर्ने बारे समेत छलफल गरिएको थियो । विपद एक प्रकृतिक प्रकोप भएका कारण यस
सुन्दरहरैचा । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षा विकास र तथा समन्वय इकाइ मोरङ, विराटनगरले कानुन विपरित विद्यालय कर्मचारी नियुक्त गरे नियुक्त गर्ने पदाधिकारीबाट तलबभत्ता असुल उपर गरिने व्यवस्थाप्रति सामुदायिक विद्यालयलाई ध्यानाकर्षण गराएको छ । इकाइले मंगलबार जिल्लाका सबै स्थानीय तहका शिक्षा शाखालाई परिपत्र गर्दै ध्यानाकर्षण गराएको हो ।‘विभिन्न सामुदायिक विद्यालयहरूमा विद्यालय कर्मचारी नियुक्तिसम्बन्धी विषयमा विभिन्न नियमनकारी निकायहरूमा उजुरी परेको र छानविन गर्दा विद्यालय कर्मचारी स्वीकृत पद नै नभएको, विद्यालय व्यवस्थापन समितिलाई कर्मचारी स्थायी नियुक्ति गर्ने कार्यक्षेत्र नर
सुन्दरहरैचा । राप्रपाले २७ पुसमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिन र उक्त दिनलाई पर्वको रूपमा मनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट गरी ज्ञापनपत्र बुझाएको नेता मोहन श्रेष्ठले जानकारी दिए ।
सुन्दरहरैँचा । सुन्दरहरैँचामा प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएसँगै नगरले दिने सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ ।मोरङको विराटनगर महानगरपालिका पछिको दोस्रो ठूलो शहरमा प्रमुख प्रशासकीय अधिकृतको उपस्थिति नहुँदा सेवा प्रवाहमा समस्या उत्पन्न भएको हो ।२०७४ सालमा भएको स्थानीय तहको निर्वाचन भए यता सुन्दरहरैँचामा ११ जना प्रमुख प्रशासकीय अधिकृतको सरुवा भईसकेको छ । हरेक आउने प्रमुख प्रशासकीय अधिकृत प्राय:९ महिना देखि ६ महिनासम्म मात्र नगरपालिकाको कार्यभार सम्हालेर बस्ने गरेको देखिएको छ ।मोरङ जिल्लाको अन्य पालिकाहरु हेर्दा धेरै प्रमुख प्रशासकीय अधिकृत फेरिने नगरमा सुन्दरहरैँचा नगरपालिका पर्दछ । जनप्रत
सुन्दरहरैचा । यातायातमा देखिएको विकृतिको अन्त्य गर्न भाडामा चल्ने सार्वजनिक सवारी साधनमा सुधारको गर्नको लागि हाम्रो राइडले अनलाइन एप सञ्चालनमा ल्याएको छ । राइडले हाम्रो राइड एप्प नामक अनलाइन एप निर्माण गरेर सेवा सुचारु गरेको छ ।बुधवार सुन्दरहरैचाको बासबारीमा एक कार्यक्रम गरी राइडले नेपालका सबै सात वटा प्रदेशमा सेवा विस्तार गरिसकेको जानकारी दिएको हो । सहरी क्षेत्रको भिडभाडलाई मध्यनजर गर्दै एक ठाउँबाट अर्को ठाउँमा जाने सवारीले बाटोमा पर्ने यात्रुलाई बोक्ने ब्यबस्था मिलाइदिने र उक्त कार्यका लागि मध्यस्थकर्ताको रुपमा काम गर्ने गराउने गरेको हाम्रो राइडका प्रबन्ध निर्देशक सरोज मगरले जानकारी दिए ।अनल
सुन्दरहरैचा । इन्द्रपुर समस्त भजन सञ्जालको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार सुन्दरहरैचा १२ स्थित सिद्देश्वर शिवालय मन्दिरको सभाहलमा भजन सञ्जालले आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।कार्यक्रममा प्रमुख अतिथी सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिव प्रशाद ढकालले भजन सञ्जाललाई बाध्यवादनका सामानहरु वितरण गरेका थिए । ढकालले भजन सञ्जालको आफ्नै भवन नभएका कारण नगरले भजन सञ्जालको लागि छुट्टै भवन निर्माण गरिदिने बताए ।उनले नगरमा बहेका सबै भजन समुहहरुलाई समेट्न समेत आग्रह गरेका थिए । कार्यक्रममा कोभिडको समयमा राहत सामग्री वितरण गरेर सहयोग पुर्याएको भन्दै विभिन्न भजन समुहहरुलाई सम्मान
इटहरी/ प्रेस चौतारी सुनसरीको नवौँ अधिवेशन इटहरीमा हुने भएको छ। इटहरीको दुर्गा पार्टी प्यालेसमा यहि पुस २६गते हुने भएको हो। जिल्ला अधिवेशनको लागि ३१ सदस्यीय अधिवेशन आयोजक कमिटी समेत बनाइएको चौतारी सुनसरी अध्यक्ष शेखर ढकालले बताउनुभयो। नवौँ अधिवेशनले नेतृत्व समेत छान्ने भएकाले चौतारीको अधिवेशनलाई चासोको साथ हेरिएको छ। अधिवेशन गर्न चौतारीले ३वटा उपसमिति बनाएको छ। जसमा, शुभद्रा प्याकुरेलको संयोजकत्वमा आर्थिक उपसमिति, दिनेश गजमेरको संयोजकत्वमा संगठन बिस्तार उपसमिति र बिकास चाम्लिङ राईको संयोजकत्वमा व्यवस्थापन उपसमिति गठन गरेको छ। अधिव
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.