सप्तकोशी बैंक घोटला प्रकरणमा खड्काको अनुसन्धान माग उठ्दै गर्दा अर्को रहस्यको विषय पनि बाहिर आएको छ । जुन कुरामा राष्ट्र बैंक र प्रहरीको ध्यान गएको देखिँदैन । सप्तकोशी विकास बैंकमा लेखापरिक्षकको रुपमा इटहरीका रौनक कोइराला नियुक्त थिए । जब बैंकको यो घोटलाको सवालमा सिइओ सुवेदीले थाहा पाएर आफू स्वयम केन्द्रिय अनुसन्धान ब्युरो पुगेर छानविन र अनुसन्धानका लागि बैंककोतर्फबाट अनुरोध गरे तब लेखापरिक्षक कोइरालाको मुटुमा ढ्याङ्ग्रो ठोक्न थाल्यो र उनिले आतिदै प्रहरीले यो प्रकरणको अनुसन्धान प्रारम्भ गर्नुपूर्व एकाएक राजिनामा गरे । लेखापरिक्षकले हरेक वर्ष बैंकको आम्दानी र खर्च मात्रै होइन् त्यसको स्रोत र स्रोत परिचालन कहाँ भएको छ भन्ने थाहा पाउँछ । रौनकले वर्षौँसम्म लेखापरिक्षकको रुपमा बैंकका काम गर्दा निरन्तर आर्थिक घोटला भएको थाहा पाइरहे तर किन बाहिर ल्याएनन् ? लेखापरिक्षक कोइरालाले यो घोटला प्रकरण सतहमा आउनु एक महिना पूर्व मात्रै राजिनामा दिएका थिए । यसले कतै लेखापरिक्षक कोइरालाले यो विषय थाहा पाएर फस्ने डरले नै राजिनामा दिएका त हैनन् ? यो विषय पनि प्रहरी र राष्ट्र बैंकको अनुसन्धानको एउटा कडि बन्नसक्छ । यो बैक प्रकरणलाइ नजिकबाट विश्लेषण गर्ने विश्लेषकहरुले कतै एउटा समुहले अर्को समुहलाइ फसाउने ग्राण्ड डिजाइन त भइरहेको छैन भन्ने चर्चा पनि चल्न थालेको छ ।


