इटहरी, १७ पुस ।
शनिवार इटहरीको होटल इस्टर्न प्यालेसमा भएको साधारण सभाबाट मुलुकको सबैभन्दा पुरानो उद्योगी व्यवसायीहरुको साझा सङ्गठन इटहरी चेम्बर अफ कमर्सले व्यवसायीहरुमा एकता कायम गर्दै निजी क्षेत्रको संरक्षण साथै व्यवसायको प्रवर्द्धन गर्नकालागी आवश्यक कार्ययोजनाका साथ अघि बढ्ने उद्येश्यले अध्यक्षमा इटहरीका पुराना व्यवसायी सामाजिक अभियन्ता यज्ञ बहादुर कटवाल (गणेश)लाई सर्वसम्मत चयन गरेको छ।
उक्त सभाबाट संस्थापक सदस्यता शुल्क , लेखा परीक्षक नियुक्ति, कार्यलय स्थापना साथै नयाँ कार्यसमितिमा नगरका, बस्तुगत, संस्थागत जस्ता क्षेत्रलाई पनि समेट्ने वा विभिन्न क्षेत्रको प्रतिधित्व समेत समावेश गराउने लगायतको निर्णय गरेको छ ।
यसै गरि नयाँ कार्यसमितिको बरीष्ठ उपाध्यक्षमा नवराज कार्की चयन हनुभएको छ भने उपाध्यक्षमा व्यवसायी कृपाराम सिटौला , व्यवसायी होमराज ढकाल, व्यवसायी भोला निरौला , तेजेन्द्र भण्डारी र महेश घिमिरे चयन भएका छन् ।
यसै गरी महासचिवमा मिलन कार्की चयन हनुभएको छ भने सचिवमा क्रमशः सुवास बस्नेत,दुर्गा प्रसाद थापा र गणेश खड्का रहेका छन् ।
यसै गरि सह(सचिवमा राजु खड्का, शरद राज तामाङ्ग अविनास श्रेष्ठ कोषाध्यक्षमा उपेन्द्र घिमिरे सह(कोषाध्यक्ष श्री नवराज खड्का साथै सदस्यमा श्री सिनेट रिजाल लगायत ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ ।
सम्पुर्ण व्यवसायीहरु बिच एकता कायम गर्दै निजी क्षेत्रको संरक्षण, व्यवसायीहरुको समस्या एवम् गुनासोहरुको सम्बोधन साथै व्यवसायीहरुको व्यवसायिक हकहित र प्रर्वद्धनका निम्ति स्थापित देशकै पुरानो र अग्रणी संस्था इटहरी चेम्बर अफ कमर्सको मिति २०७८र०९र१७ गते शनिबार बसेको बिशेष साधारण सभा बाट तपसिल बमोजिमको कार्यसमिति साथै सल्लाहकार समिती चयन गरेको छ ।
सल्लाहकार समितीस्
बरिस्ठ सल्लाहकार -श्री तारा बहादुर कट्वाल
सल्लाहकार स् श्री भरत गौली
सल्लाहकार - श्री फडिन्द्र अधिकारी
तपसिलस्
अध्यक्ष - श्री यज्ञ बहादुर कट्वाल (गणेश)
बरिष्ठ उपाध्यक्ष - श्री नवराज कार्की
उपाध्यक्ष - श्री तेजेन्द्र भण्डारी
उपाध्यक्ष - श्री कृपाराम सिटौला
उपाध्यक्ष - श्री होमराज ढकाल
उपाध्यक्ष - श्री भोला निरौला
उपाध्यक्ष - श्री महेश घिमिरे
महासचिव - श्री मिलन कार्की
सचिव - श्री सुबास बस्नेत
सचिव - श्री दुर्गा प्रसाद थापा
सचिव - श्री गणेश खड्का
सह-सचिव - श्री राजु खड्का
सह-सचिव - श्री अविनास श्रेष्ठ
सह-सचिव - श्री शरद राज तामाङ्ग
कोषाध्यक्ष - श्री उपेन्द्र घिमिरे
सह-कोषाध्यक्ष - श्री नवराज खड्का
सदस्य - श्री सिनेट रिजाल
सदस्य - श्री कृष्ण सिटौला लगायत ३१ सदस्यीय कार्यसमिति
सर्वसम्मत रुपमा चयन गरिएको छ ।


