विपद् पुर्व तयारी सम्वन्धि अन्तरकृया सम्पन्न भएको छ । प्रदेश १ मा हुने सम्भावित क्षेत्रहरुको बारेमा सुनसरीको इटहरीमा २ दिने गोष्ठि सम्पन्न भएको हो । इटहरी उपमहानगरपालिका का वातावरण शाखा प्रमुख, शसस्त्र प्रहरी, इटहरी जेसिस जिल्ला प्रशासन कार्यालय सुनसरीका सरोकार वाला निकाय लगाएका सरोकारवाला निकायका विच भएको २ दिने गोष्ठिबाट विपत आउनु पुर्ण बस्ता सावधानी अपनाउने र विपदको रोकथाम तथा नियन्त्रणमा के गरि गर्ने भन्ने कुराहरुको वहस गर्दै छलफल गरिएको हो । सुनसरीमा रहेका विपद तथा जोखिमका क्षेत्रहरुलाई अबका दिनमा कसरी जोखिम न्युनीकरण गर्ने बारे समेत छलफल गरिएको थियो । विपद एक प्रकृतिक प्रकोप भएका कारण यसको पुर्ण रोकथाम त गर्न सकिदैन तर यसबाट हुने सम्भावित जोखिमबाट भने पुर्व तथारी अपनाएमा जोगिन सकिने समेत सहभागीहरुले बताएका थिए । उक्त कार्यक्रम सामाजिक क्षेत्रमा कृयासिल सस्था युवा बिकास केन्द्र को आयोजना र एसीया प्यासिफिक अलायन्स विचको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।