इटहरी। मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित अगुर दाना मिलअगाडि ट्रकले किच्दा एक युवकको मृत्यु भएको घटनाको वास्तविकता पोस्टमार्टम रिपोर्टपछि खुलेको छ। प्रारम्भिक रूपमा लडेर मृत्यु भएको अनुमान गरिए पनि अनुसन्धानबाट ट्रकको चक्काले किच्दा मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ।सुनसरीको गढी गाउँपालिका–२ घर भई हाल बुढीगंगा–५ दीपु टोलस्थित ससुरालीमा बस्दै आएका ३५ वर्षीय सुरज ऋषिदेव साउन १० गते साँझ करिब ६ः३० बजे सडकमा घाइते अवस्थामा फेला परेका थिए। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय नेमुवाको टोलीले उनको उद्धार गरी उपचारका लागि विराट शिक्षण अस्पताल पुर्याएको थियो। अस्पताल पुगेपछि च
झापा। झापाको दमकमा एक पुरुषको शव फेला परेको छ । दमक नगरपालिका–स्थित शान्तिमार्गमा रहेको नेकपा (एमाले) पार्टी कार्यालय नजिकै पानीमा घोप्टो परेको अवस्थामा पुरुषको शव फेला परेको हो।स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान सुरु गरेको छ। मृतकको पहिचान खुल्न बाँकी रहेको छ। घटनाको प्रकृति र कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।
इटहरी । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सर्वदलीय बैठक आह्वान गरेका छन् । बैठक दिउँसो साढे १२ बजे आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बस्नेछ ।सुनसरीमा भएको घटनाका विषयलाई लिएर सर्वदलीय बैठक आह्वान गरिएको प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्र कुमार पौडेलले जानकारी दिए । बैठकमा सुरक्षा निकायसहित सुनसरीका प्रदेश सभासद र राजनीतिक दलका नेताहरूलाई पनि बोलाइएको छ । बैठकमा शान्ति सुरक्षा र सामाजिक सद्भावलाई कायम राख्न छलफल हुने र प्रदेश सरकारको उपस्थितिलाई प्रभावकारी रूपले नागरिकसम्म पुर्याउनका लागि अगाडि बढाइने तयारी भएको छ।कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले
इटहरी । मोरङका केही क्रसर उद्योगले राजस्व हिनामिना गरेको आशङ्कामा सुरु भएको अनुसन्धान दुई महिना बितिसक्दा पनि निष्कर्षमा पुग्न सकेको छैन । जसका कारण पूर्वपश्चिम राजमार्ग विस्तार कार्य प्रभावित भएको छ । राजमार्ग निर्माणका लागि निर्माण सामग्रीका रूपमा अस्फाल्टलगायत गिट्टी, ढुङ्गा आदि नदीजन्य पदार्थ आपूर्ति गर्दै आएका क्रसर उद्योग नै सरकारी छानबिनको दायरामा परेका थिए । छानबिनका लागि ती उद्योगमा ताला बन्द गरिएका कारण राजमार्गको पूर्व तथा पश्चिम खण्डमा कालोपत्रे गर्न तयारी अवस्थामा रहेको सडकको काम अगाडि बढ्न नसकेको हो । जिल्ला अनुगमन समितिले क्रसर उद्योग अनुगमन गरी जफत गरेर ल्याएको विवरण
इटहरी । पुरानो तामा वा धार्मिक आकृति भएको सिक्का देखाएर अस्वाभाविक मूल्यमा बिक्री हुने प्रलोभनमा पारी ठगी गर्ने गिरोह झापामा सक्रिय भएका छन् । ठगी धन्दामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाले यसै साता तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा दुई भारतीय नगरिक र एक नेपाली रहेका छन् । भारतको किसनगन्ज घर भएका ३१ वर्षीय नाजबुल अन्सारी र २४ वर्षीय सरफराज मियाँलाई प्रहरीले झापाको हल्दिबारी गाउँपालिका–१ गोलधाप क्षेत्रबाट पक्राउ गरेको छ । यस्तै, बाह्रदशी गाउँपालिका–७ रुपनचवारी क्षेत्रबाट भगवान्को आकृति भएका चारवटा सिक्कासहित सुनसरीको इटहरी–८ का ३५ वर्षीय साबिर मियाँलाई नियन्त्रणम
इटहरी। दार्चुलामा खोला तर्न निर्माण गरिएको काठको पुल भाँचिएर एक जनाको ज्यान गएको छ । यहाँको मालिकार्जुन गाउँपालिका–८ र ३ को सीमा भएर बग्ने गाडखोलामा निर्माण गरिएको काठे पुल भाँचिँदा सोही गाउँपालिका–८ गौलका अन्दाजी ५६ वर्षीय धनसिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक देबेन्द्रसिंह बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार काठको जीर्ण पुलबाट खोला तर्न खोज्दा पुल भाँचिएर धामी खोलामा खस्नुभएको थियो । सोमबार साँझ घरबाट तेल किन्न स्थानीय बजार मेलखेत जानुभएका धामी राति अबेरसम्म घर नफर्केपछि खोजी गरिएको थियो ।खोजी गर्ने क्रममा मङ्गलबार बिहान पुलभन्दा
इटहरी। सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा आइतबार राति भएको घटना र त्यसपछि उत्पन्न तनावको तेस्रो दिन मङ्गलबार जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रमा अवस्था सहज बनाउने प्रयास भइरहेको छ । सो घटनाबारे गठित छानबिन समितिले मङ्गलबारदेखि छानबिनको काम सुरु गरेको छ । जिल्लाका केही स्थानमा मङ्गलबार पनि कफ्र्यु जारी राखेर सुरक्षाकर्मीको उच्च सतर्कता, प्रशासनको निरन्तर समन्वय, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज तथा समुदायका अगुवाको सक्रियताले सामाजिक सद्भाव कायम गर्ने प्रयास गरिएको छ । सुनसरीको दुहबी, पकलीलगायत स्थानमा स्थानीय सर्वसाधारणले सद्भाव र्यालीको आयोजना गरेका छन् ।
इटहरी। सुनसरीमा हालै भएको घटनापछि जिल्लाको शान्ति–सुरक्षा अवस्था, घाइतेहरूको उपचार तथा पीडित परिवारलाई राहत उपलब्ध गराउने विषयमा मङ्गलबार अपराह्न उच्चस्तरीय छलफल सम्पन्न भएको छ।छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का संसदीय दलका उपनेता गणेश पराजुली, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, सुनसरी–३ का प्रतिनिधिसभा सदस्य अशोककुमार चौधरी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा सरकारका सम्बन्धित निकायका प्रतिनिधिहरू सहभागी हुनुहुन्थ्यो। बैठकमा घटनापछिको समग्र अवस्थाको समीक्षा गर्दै जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भावलाई थप सुदृढ बनाउने रणनीतिबारे विस्तृत छलफल भएको प्रति
इटहरी । मोरङका केही क्रसर उद्योगले राजस्व हिनामिना गरेको आशङ्कामा सुरु भएको अनुसन्धान दुई महिना बितिसक्दा पनि निष्कर्षमा पुग्न सकेको छैन । जसका कारण पूर्वपश्चिम राजमार्ग विस्तार कार्य प्रभावित भएको छ । राजमार्ग निर्माणका लागि निर्माण सामग्रीका रूपमा अस्फाल्टलगायत गिट्टी, ढुङ्गा आदि नदीजन्य पदार्थ आपूर्ति गर्दै आएका क्रसर उद्योग नै सरकारी छानबिनको दायरामा परेका थिए । छानबिनका लागि ती उद्योगमा ताला बन्द गरिएका कारण राजमार्गको पूर्व तथा पश्चिम खण्डमा कालोपत्रे गर्न तयारी अवस्थामा रहेको सडकको काम अगाडि बढ्न नसकेको हो । जिल्ला अनुगमन समितिले क्रसर उद्योग अनुगमन गरी जफत गरेर ल्याएको विवरणका आधा
इटहरी । ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा एक हजारभन्दा बढी विदेशी पर्यटक भ्रमणमा आएका छन् । पछिल्लो एक वर्षको अवधि अर्थात् गत आर्थिक वर्षमा एक हजारभन्दा बढी विदेशी पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका हुन् । कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयका संरक्षण अधिकृत प्रमोदकुमार यादवका अनुसार गत आव २०८२÷८३ मा कुल एक हजार ३३१ विदेशी पर्यटक कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आएका छन् । उक्त सङ्ख्यामध्ये ७९ जना सार्क राष्ट्रका पर्यटक रहेका छन् भने अन्य विदेशी पर्यटक एक २५२ जना कञ्चनजङ्घा क्षेत्रको भ्रमण अएका संरक्षण अधिकृत यादवले जानकारी दिनुभयो
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.