मोरङको सुन्दरहरैंचा नगरपालिकमा -११ बेलेपुरमा राधाकृष्ण शिव मन्दिर निर्माण तथा सानुदायिक भबन कार्यको शिलान्यास गरिएको छ। सुन्दरहरैंचा नगरपालिका नगर प्रमुख शिव प्रसाद ढकालले मन्दिरको शिलान्यास गरिएको हो। नगरपालिको १ करोड ४० लाख बियोजित बजेट मध्ये ८१ लाख भित्रमा सामुदायिक भवन र मन्दिर निर्माणको लागी जरंगबली महाबीर कन्ट्रक्सन कम्पनीले ठेक्का लिएको छ ।नगर प्रमुख ढकालले शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सामुदायिक भवन नहुँदा सार्वजनिक कार्यक्रम गर्न बिधालय धाउनु पर्ने बाध्यता थियो। बहुउद्धेश्यीय भवन निर्माण बन्ने भएकोले बिबाह ब्रतबन्ध, साधारण सभा, तालिम लगायात ब
मोरंगको सुन्दरहरैंचा नगरपालिकाले नगर भित्रका कृषकलाई मकै छोडाउने मकै छोडाउने मेसिन र पावर स्प्रे मेसिन वितरण गरेको छ।कृषिमा यान्त्रीकरण गर्दै उत्पादन बढाउने र कृषि क्षेत्रमा बढिरहेको लागत घटाउने उद्देश्यका साथ नगरपालिकाले कृषकलाई पावर स्प्रे र मकै छोडाउने मेसिन वितरण गरेको हो ।आफ्नो योजनामा कृषिलाई मुख्य प्राथमिकता दिएकाले कृषकको सहुलियतका लागि कृषि सामग्री वितरण गरिएको नगर प्रमुख शिव प्रसाद ढकालले बताए।आर्थिक बर्ष २०७८/०७९ को कृषि प्रसार शाखाबाट संचालित कार्यक्रम अन्तर्गत उक्त हस्तान्तरण कार्यक्रममा ५० प्रतिशत अनुदानमा २ लाख ४० हजार पावर स्प्रेमा र १ लाख ६० हजार मकै छोडाउने मेसिनमा विनियोजित
धनकुटा । जिल्ला कफी ब्यवसायी संघ धनकुटा का अध्यक्ष युवराज दर्नाल को अध्यक्षतामा जिल्ला कमिटी बैठक सम्पन्न भएको छ । उक्त बैठकले धनकुटा जिल्लाका ७ वटै पालिका स्तरीय कफी ब्यवसायी संघको भेला तथा सम्मेलन गर्ने निर्णय गरेको छ। महालक्ष्मी नगरपालिकामा यसअघि नै भेला सम्पन्न भईसकको छ भने बाँकी ६ वटा पालिका मध्ये शहिदभुमी गाउँपालीकामा चैत ३० गते, धनकुटा नगरपालिकामा वैशाख ३ गते, छथर जोरपाटी गाउँपालिकामा वैशाख ७ गते, चौबिसे गाउँपालिका वैशाख १४ गते, साँगुरीगढी गाउँपालीमा वैशाख १५ गते, पाख्रीवास नगरपालिका वैशाख १७ गते सम्मेलन तथा भेलाको आयोजना गर्ने निर्णय गरेको छ ।&nb
इटहरी/ सुनसरीको इटहरी उपमहानगरपालिका–२ को जागृतिटोलमा बम ल्याउने मान्छेबाट विस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गएराति सुतली बम विस्फोट भएको थियो । दुई जना घाइते भएका छन् । विस्फोट घटना लगत्तै खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा योजनाबद्ध ढंगले पहिले नै ल्याइ बम राखेर विस्फोट नगराएको पाइएको हो ।प्रदेश १ का प्रहरी नायव महानिरीक्षक (डीआईजी) अरुणकुमार बिसीेले भने, ‘बम राखेको भन्दा पनि लिएर आउने मान्छेबाट विस्फोट भएको देखिन्छ ।’विस्फोटबाट २२ वर्षीय रवीन थापा र लम्जुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका छन् प्रहरीले उनीहरूलाई पनि निगरानीमा राखेको छ ।डीआईजी बिसीले विस्फोटको घटनापछि प्
सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचामा वडा अध्यक्ष गोल्डकप प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको आयोजक सुन्दरहरैँचा नगरपालिका वडा नं ६ रहेको छ भने सह आयोजकका रुपमा सिद्धार्थ समाज युवा क्लब रहेको छ । प्रतियोगिताको पहिलो खेलमा आयोजक टोली वडा नं ६ विजयी भएको छ । वडा नं छ स्थित शिद्धार्थ खेल मैदानमा सम्पन्न उद्घाटन खेलमा वडा नं ६ ले वडा नं २ माथि २—० अन्तरको जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । उद्घाटन समारोहको प्रमुख अतिथिका रुपमा रहनुभएकी सुन्दरहरैँचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । त्यस्तै कार्यक्रमको अध्यक्षका रुपमा आयोजक वडाका
सुनसरी : सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै सुनसरीमा सरगर्मी बढ्न थालेको छ । २ उप महानगरपालिका, ४ नगरपालिका र ६ गाउँपालिका रहेको सुनसरीमा वडा तहदेखि नै को उम्मेदवार बन्ने भन्ने होडबाजी चल्न थालेको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा पराजय भोगेको पालिकाहरूमा पनि नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) एमाले यस पटकको निर्वाचनमा नतिजा सुधार गरेर अघि बढ्न तयारी थालेको छ । स्थानीय निर्वाचनका लागि नेकपा एमालेका नेता कार्यकर्ताहरू गाउँ केन्द्रित हुन थालेका छन् । सो क्रममा जिल्लाको रामधुनी नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) एमाले बा
बिपन्न बर्गलाई स्वास्थ्यको पहुँच पुर्याउनका लागि सुन्दरहरैंचा नगरपालिकाले बिपन्न नागरिक स्वास्थ बिमा कार्यक्रम संचालन गरेको छ।सुन्दरहरैंचा नगरपालिका ४ नं. वडा कार्यालयबाट प्रहिलो पटक नागरिक स्वास्थ बिमा कार्यक्रम २ सय बिपन्न परिवारलाई बितरण गरिएको छ। त्यसको लागत समेत वडाले नै भुक्तानी गरेको हो। बिपन्न नागरिक स्वास्थ्य बिमा कार्यक्रम समुदघाटन कार्यक्रम गर्दै नगर प्रमुख शिव प्रसाद ढकालले स्वास्थ्य राहत सहयोगमा नगरले एक बर्षमा कुल २ करोड स्वास्थ्य राहत सहयोग खर्च हुन्छ तसर्थ बिमा कार्यक्रमबाट यस्ता खर्च न्यूनीकरण भई जनता लाभान्वित हुने बताए। यस किसिमको स्वास्थ्यको क्षेत्रको प्रभावकारी कार्यक
धनकुटा । फरक क्षमता भएका विद्यार्थी समेत अध्ययनरत रहेको धनकुटाको मार्गेश्वरी प्राथमिक विद्यालयको नव निर्मित चार कोठे भवनको एक कार्यक्रमका विच उदघाटन गरिएको छ । नेपाल सरकार राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन ईकाइ शिक्षा धनकुटाले ६९ लाख ३० हजार रूपैयाँ लागतमा निर्माण गरिदिएको दुई तले चार कोठे भवनको संघिय सांसद राजेन्द्रकुमार राईले एक कार्यक्रमका विच उदघाटन गरेका हुन । विद्यालयको भवन उदघाटन कार्यक्रमका प्रमुख अतिथी संघिय सांसद राईले शिक्षाका माध्यमबाट दक्ष र योग्य जनशक्ति उत्पादन गर्न प्राविधिक शिक्षालाई पनि प्राथमिकतामा राख्नु पर्नेमा जोड दिए ।&n
सुनसरी/ १३ औ दिनको दिन इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले प्रयोग गर्दै आएको गाडी कार्यलयमा ल्याइएको छ । राष्ट्रिय अनुसन्धान आयोगले अनुसन्धान गरेपछि नगरप्रमुख द्धारिकलाल चौधरीले उपमेयर लक्ष्मी गौतमले प्रयोग गर्दै गरेको गाडी कार्यलयमा ल्याएका हुन् ।कार्यालयको काममा उपमेयर लक्ष्मी गौतमलाई लिएर काठमाण्डौ पुगेको गाडी तुरुन्त ल्याउन चालकलाई निर्देशन दिई आफ्नो घरमा १३ औ दिन सम्म राखेको गाडी राष्ट्रिय अनुसन्धानको छानबिन पछि मात्र नगर प्रमुख चौधरीले कार्यलयमा ल्याएका हुन् । गत फागुन ३० गते सरकारी कामलाई लिएर प्रमुख प्रशासकीय अधिकृतको पत्र सहित को १ झ ५५६ नम्बरको गाडीमा राजधान
सुन्दरहरैचा। मोरङको सुन्दरहरैचा वार्ड नं ५ स्थित बलियामा प्रदेश नम्बर १ स्तरिय तेक्वान्दो प्रतियोगिता समापन भएको छ ।स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ तीनपैनी तेक्वान्दो डोजाङको आयोजनामा वडा नं ५ स्थित वलियामा २ दिने प्रतियोगिता गरिएको थियो। प्रतियोगितामा १० जिल्लाका खेलाडीहरूको सहभागिता रहेको थियो ।तेक्वान्दो प्रतियोगितामा मुख्य निर्णायकका रुपमा ज्ञानेन्द्र विक र पिताम्बर पौडेल रहेका थिए भने प्रतियोगितामा पुरुष तथा महिला तर्फ विभिन्न तौल समुह विच प्रतिस्पर्धा भएको थियो ।कोभिड १९ को महामारी र स्वास्थ सुरक्षाका कारण लामो समय देखि रोकिएको खेल गतिविधिहरुलाई सुचा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.