मोरङको सुन्दरहरैंचा नगरपालिकमा -११ बेलेपुरमा राधाकृष्ण शिव मन्दिर निर्माण तथा सानुदायिक भबन कार्यको शिलान्यास गरिएको छ। सुन्दरहरैंचा नगरपालिका नगर प्रमुख शिव प्रसाद ढकालले मन्दिरको शिलान्यास गरिएको हो। नगरपालिको १ करोड ४० लाख बियोजित बजेट मध्ये ८१ लाख भित्रमा सामुदायिक भवन र मन्दिर निर्माणको लागी जरंगबली महाबीर कन्ट्रक्सन कम्पनीले ठेक्का लिएको छ ।
नगर प्रमुख ढकालले शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सामुदायिक भवन नहुँदा सार्वजनिक कार्यक्रम गर्न बिधालय धाउनु पर्ने बाध्यता थियो। बहुउद्धेश्यीय भवन निर्माण बन्ने भएकोले बिबाह ब्रतबन्ध, साधारण सभा, तालिम लगायात बिबिध कार्यक्रम गर्न सहज हुने धारणा राख्दै नगर प्रमुख ढकालले २ बर्षको बजेट मिलाएर एउटै फ्रेममा ल्याएर टेन्डर प्रक्रिया सुरु गरेको बताए।
राधाकृष्ण मन्दिर निर्माण कार्यसमितिका अध्यक्ष भोलानाथ बंजगाईले स्थानीयबाट ११ लाख चन्दा संकलन गरेको जानकारी दिए । जग्गादाता सारदा प्रसाद रिजाल, रुद्र नारायण रिजार र राजेन्द्रप्रसाद रिजालले स्वर्गीय आमा नैनकला रिजालको पुण्य स्मृतिमा ३ कठा ५ धुर जग्गा वितरण गरेपछि उक्त स्थानमा जिर्ण अवस्थामा मन्दिर रहेको थियो।
नगर उप्रमुख धनमाया तमाङले स्थानियको साथले गर्दा आज यो क्षेत्रको बिकास तिब्र भइरहेको भन्दै हामी जनप्रतिनिधि रहे पनि नरहेपनी समाजप्रति उतिकै भुमिका निर्वाह गर्ने बताएका छन।
त्यस्तै सुन्दरहरैंचा नगरपालिका वडा ११ का अध्यक्ष बिशनलाल चौधरीले यस भवन निर्माण गर्न वडाले प्राम्भिक चरणमै १ लाख बजेट बिनियोजन गरेकोले जोरणको काम गरेको भन्दै यस वडामा आफ्नो कार्यकालमा सबैको सहयोगले ५ वटा सामुदायिक भवन निर्माण भएको बताए।
ठेकेदार कम्पनीले बिधुत जडान, रङ्ग रोगन, टायल्स सहितको सुबिधा समपन्न भवन समयमै निर्माण गर्ने गरी सबै कार्यको जिम्मेवारी ठेक्का कम्पनीले लिएको छ ।


