बिपन्न बर्गलाई स्वास्थ्यको पहुँच पुर्याउनका लागि सुन्दरहरैंचा नगरपालिकाले बिपन्न नागरिक स्वास्थ बिमा कार्यक्रम संचालन गरेको छ।

सुन्दरहरैंचा नगरपालिका ४ नं. वडा कार्यालयबाट प्रहिलो पटक नागरिक स्वास्थ बिमा कार्यक्रम २ सय बिपन्न परिवारलाई बितरण गरिएको छ। त्यसको लागत समेत वडाले नै भुक्तानी गरेको हो। बिपन्न नागरिक स्वास्थ्य बिमा कार्यक्रम समुदघाटन कार्यक्रम गर्दै नगर प्रमुख शिव प्रसाद ढकालले स्वास्थ्य राहत सहयोगमा नगरले एक बर्षमा कुल २ करोड स्वास्थ्य राहत सहयोग खर्च हुन्छ तसर्थ बिमा कार्यक्रमबाट यस्ता खर्च न्यूनीकरण भई जनता लाभान्वित हुने बताए। यस किसिमको स्वास्थ्यको क्षेत्रको प्रभावकारी कार्यक्रममा कुनै पनि राजनीति गर्न नहुने भन्दै विपन्न परिवारलाई स्वास्थ्य बिमा कार्यक्रमलाई बढी प्राथमिकता राखेर काम गर्न अनुरो गरेका छन।त्यसै गरि नगरभित्र अपराधीक घटना न्यूनीकरण गर्न १०६ किलोमिटरमा सडक बति बिस्तार गर्ने बताए।

सो नगरको वडा ४ का २ सय बिपन्न घरपरिवार बराबर १ हजार जनताले निशुल्क स्वास्थ्य बिमा पाउनेछन। नगर उपप्रमुख धनमाया तमाङले स्वास्थ बिमाको बारेमा नबुझ्दा आर्थिक अवस्था कमजोर भएका ब्यक्तिले अंकालमा ज्यान गुमाएको सत्यतालाई मनन गर्दै नगरले गरेका कार्यक्रमको लाभ लिन र स्वस्थ्य रहन चनाखो हुनु पर्छ। सुन्दरहरैंचा नगरपालिका बिकास क्रममा अघि बढे पनि स्वास्थ्य जीवन खुसी जिवन रहन रोग लाग्नु भन्दा अघि नै सचेत रहनु पर्ने बताए।

वडा अध्यक्ष शैलेन्द्र श्रेष्ठले वडाबाट ५ लाख बिमा कार्यक्रममा बिपन्न बर्गका लागि बजेट बिनियोजन गरेको बताए। निर्वाचन पछी आउने जनप्रतिनिधि जोसुकै भए पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्ने जोड दिए। अति बिपन्न र पिछडिएका समुदाय रहेको यो वडामा सबैभन्दा बढी स्वास्थ्य राहत लिन नगर पुग्ने गरेको हुँदा यो बिमा कार्यक्रमले जनता धेरै लाभान्वित भएको बताए ।

बिमितहरु भने अर्को तर्फा भने कतिपय बिरामीहरु स्वास्थ्य बिमा गरे पनि अस्पतालमा झन्झटिलो हुने बताउछन। यता तिर समेत राज्यले बिरामीको अवस्था र अस्पतालको भिडभाडलाई ब्यबस्थित गर्न समेत जरुरी रहेको बताउछन।