मोरंगको सुन्दरहरैंचा नगरपालिकाले नगर भित्रका कृषकलाई मकै छोडाउने मकै छोडाउने मेसिन र पावर स्प्रे मेसिन वितरण गरेको छ।

कृषिमा यान्त्रीकरण गर्दै उत्पादन बढाउने र कृषि क्षेत्रमा बढिरहेको लागत घटाउने उद्देश्यका साथ नगरपालिकाले कृषकलाई पावर स्प्रे र मकै छोडाउने मेसिन वितरण गरेको हो ।
आफ्नो योजनामा कृषिलाई मुख्य प्राथमिकता दिएकाले कृषकको सहुलियतका लागि कृषि सामग्री वितरण गरिएको नगर प्रमुख शिव प्रसाद ढकालले बताए।

आर्थिक बर्ष २०७८/०७९ को कृषि प्रसार शाखाबाट संचालित कार्यक्रम अन्तर्गत उक्त हस्तान्तरण कार्यक्रममा ५० प्रतिशत अनुदानमा २ लाख ४० हजार पावर स्प्रेमा र १ लाख ६० हजार मकै छोडाउने मेसिनमा विनियोजित गरिएको थियो। किसानको लागत साझेदारी ५० प्रतिशत रहेकोमा पावर स्प्रेमा १०२ जना र मकै छोडाउने मेसिन कर्ण सेलरमा २७ जनाले निबेदन माग गरिएको थियो। जस मध्ये पावर स्प्रे अनुदान मुल्यमा १ सय जना र मकै छोडाउने मेसिनमा २० जनाले प्राप्त गरे।

यसरी अनुदानका कार्यक्रम पाउँदा राहत मिलेको स्थानीय किसानहरुको भनाइ छ।