इटहरी। कोशी प्रदेश सरकारले पशुजन्य उत्पादनको गुणस्तर सुधार, पशु स्वास्थ्य सुरक्षा र निर्यात प्रवर्धन गर्ने उद्देश्यले प्रदेशभरका १२ लाखभन्दा बढी गाईभैंसीलाई खोरेतविरुद्धको खोप लगाउने अभियान शुक्रबारदेखि सुरु गर्दैछ। असोज १६ गतेदेखि प्रदेशका सबै १४ जिल्लामा एकैसाथ खोप अभियान सञ्चालन हुने भएको छ।कोशी प्रदेश पशुपन्छी तथा मत्स्य निर्देशनालयका निर्देशक डा। सुशील अधिकारीका अनुसार प्रदेशमा रहेका कुल १७ लाखभन्दा बढी गाईभैंसीमध्ये पहिलो चरणमा १२ लाख ३५ हजार गाईभैंसीलाई लक्षित गरी खोप लगाउन लागिएको हो। यस अभियानले पशुमा लाग्ने सङ्क्रामक खोरेत रोग नियन्त्रण गर्ने उद्देश्य राखेको अधिकारीले जानकारी दिनुभयो
इटहरी। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ओखलढुङ्गाबाट ३३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। बिहीबार राति सम्पन्न मतगणनाबाट विभिन्न समावेशी समूहका प्रतिनिधि चयन भएसँगै जिल्लाबाट महाधिवेशनमा प्रतिनिधित्व गर्ने नेताहरूको टुङ्गो लागेको हो।महाधिवेशन प्रतिनिधिका ३३ पदका लागि ७७ जना उम्मेदवारबिच प्रतिस्पर्धा भएको थियो। मंगलबार भएको मतदानमा जिल्लाका कुल एक हजार ८५१ क्षेत्रीय प्रतिनिधिमध्ये एक हजार ७४९ जनाले मतदान गरेका थिए। खुलातर्फ १० जना प्रतिनिधि निर्वाचित भएका छन्। अजय लुईटेल, उज्जन बुढाथोकी, कमल तामाङ, कुमार लुईटेल, तेजन खनाल, नवराज केसी, नवीन राई, प्रदीपकुमार सुनुवार, रामहरि खतिव
इटहरी। उदयपुर जिल्लाको पुरानो सदरमुकामसमेत रहेको उदयपुरगढी गाउँपालिका–५ स्थित पुरातात्त्विक महत्त्व बोकेको ऐतिहासिक उदयपुरगढीको पुनर्निर्माण भएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा मौलिक पहिचान बोकेको यो ऐतिहासिक स्थलकोे पुनर्निर्माण भएपछि गढीले आफ्नो वास्तविक आकार लिएको हो । उदयपुरगढी गाउँपालिकाको हालको केन्द्रदेखि करिब एक किलोमिटर उत्तरमा रहेको पुरानो गढीमा २५० वर्षभन्दा अघिको ध्वस्त भग्नावशेषलाई गाउँपालिकाले पुनर्जीवन दिएर पुनर्निर्माण गरेपछि चिटिक्क भएको यो सुन्दर गढी यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको पर्खाइमा छ । पुनर्निर्माण गरिएको यस गढीमा तत्कालीन सैनिक बङ्कर, को
इटहरी। झडपपछि स्थगित नेपाली कांग्रेस मोरङ क्षेत्र नं। ६ को क्षेत्रीय अधिवेशन प्रक्रिया शुक्रबारदेखि पुनः सुरु भएको छ। अधिवेशन सम्पन्न गराउने जिम्मेवारी जिल्ला सहसचिव सञ्जयकुमार मण्डललाई दिएपछि निर्वाचन प्रक्रिया अघि बढाइएको हो।कांग्रेस केन्द्रीय कार्यालयले जिल्ला कार्यसमितिको निर्णय तथा पार्टी विधानअनुसार क्षेत्र नं। ६ को प्रतिनिधिसभा तथा प्रदेशसभा क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी मण्डललाई दिएको हो। निर्वाचन समितिसँग समन्वय गरी प्रक्रिया अघि बढाउन निर्देशन पाएपछि मण्डलले शुक्रबार बिहानदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्नुभएको छ। निर्वाचन मोरङको बूढीगंगा गाउँपालिका–३ बाँसबारीस्थित राज
इटहरी। ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–४ तेल्लोकमा छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेला आगामी मङ्सिर २३ गतेदेखि सञ्चालन हुने भएको छ ।मङ्सिर २३ देखि २९ गतेसम्म गोल्डकप तथा मेला सञ्चालन गर्ने निर्णय आयोजक तेल्लोक स्पोर्टिङ क्लब, ऐतिहासिक व्यक्तित्व तेअङसी सिरिजङ्गासिङ थेबे स्मृति प्रतिष्ठानलगायत सरोकारवालाको बिहीबार बसेको बैठकले गरेको क्लबका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार ऐतिहासिक व्यक्तित्व तेअङसी सिरिजङ्गासिङ थेबेको जन्मजयन्तीको अवसर पारेर गोल्डकप आयोजना गर्न लागिएको हो । तेल्लोक माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने प्र
इटहरी। साथीको बुवा बिरामी परेर नोबेलमा भर्ना भएपछि सहयोगी बनेका विराटनगर–९ का सुशील साहको बैङ्क खातामा डेढ लाख रुपियाँ आयो । पैसा बिरामी भएका व्यक्तिकै छोराले अस्पतालमा बुझाउन पठाइदिन्छु भनेका थिए । साथी साथी भएपछि साहले आफ्नो खातामा आएको पैसा निकालेर अस्पतालको भुक्तानी गर्नुभयो । पैसा पठाउँछु भन्ने आफ्नै साथी भएपछि बाँकी विवरणमा ध्यान गएन । पैसा आउनुको प्रयोजनसँग मात्रै सरोकार राख्नुभएका साह, त्यतिबेला झसङ्ङ हुनुभयो, जब बैङ्क खाता कालो सूचीमा पर्यो । त्यसपछि बैङ्कमा बुझ्दा खाता ब्लक गरिएको जानकारी पाएको साहले बताउनुभयो । ललितपुरका एक जना सेवाग्राहीको बैङ्कबाट पैसा ट्रान्सफर गरेर ठगी गरे
मोरङ । सुन्दरहरैंचा–३, गछियास्थित माउन्ट मकालु आवासीय माध्यमिक विद्यालयमा विद्यार्थीहरूले निर्माण गरेका विभिन्न प्रविधिमैत्री "प्रविधि-आधारित सिर्जना” प्रदर्शनी सम्पन्न भएको छ ।“विद्यार्थीको सोच, प्रविधिको शक्ति र भविष्यको निर्माण" भन्ने मुल नाराका साथ विद्यालयमा आयोजित प्रदर्शनीमा विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) लगायतका क्षेत्रमा आधारित विभिन्न प्रस्तुत थियो । टिम Krantikari पनि सहभागी रहेको थियो। उक्त टिमले Waiter Robot, PAAS (Personal Assistant Alert System), CubeSat, Solaris Nova, Krishi Bazaar App, Rakta Bridge र Tele-Medical लगायतका प्रस्तुत गर
इटहरी । सुनसरीको इटहरीस्थित इम्पेरियल पार्टी प्यालेसमा ६÷११ गोर्खा राइफल्सको ६४ औँ स्थापना दिवस विशेष कार्यक्रमका साथ मनाइएको छ । १९६३ साल १ महिना १० गते स्थापना भएको गोर्खा राइफल्समा सेवा गरेका भूपू सैनिक तथा सम्बन्धित व्यक्तित्वहरूको सहभागितामा सो उत्सव आयोजना गरिएको हो। हवल्दार खगेन्द्र तामाङको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा सुबेदार जाहानसिंह राई प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रमको संयोजन सुबेदार डम्बरकुमार लिम्बू (डिके लिम्बू) ले गर्नुभएको थियो भने सञ्चालन सुबेदार रुद्रबहादुर राईले गर्नुभएको थियो। लामो समयपछि एउटै थलोमा भेला भएका पूर्वसहकर्मीहरूले गोर्खा राइफल्समा सँग
इटहरी। कोशी प्रदेशको पर्यटकीयस्थल भेडेटारमा आगामी असोज २४ गतेदेखि चौथो भेडेटार ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । भेडेटार ब्याडमिन्टन क्लबको आयोजनामा साँगुरीगढी गाउँपालिका–६, भेडेटारस्थित ब्याडमिन्टन हलमा प्रतियोगिता सञ्चालन हुने क्लबले जनाएको छ । प्रतियोगितामा महिला डबल्स प्रोमिन्स–१ ओपन, प्रदेश ओपन ‘बी’ लेभल पुरुष डबल्स र भेट्रान राष्ट्रिय डबल्स गरी तीन विधामा प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष दिपेन लिम्बुले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश ओपन ‘बी’ लेभल पुरुष डबल्सतर्फ प्रथमलाई ३० हजार, दोस्रोलाई १५ हजार तथा तेस्रोलाई ७ हजार रुपियाँ पुरस्कार राखिएको छ ।त्यस्तै, महिला डबल्स तर्फ
इटहरी। ताप्लेजुङको फुङलिङ नगरपालिका –१ का एक व्यक्तिको अरिङ्गाल झार्ने क्रममा लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा फुङलिङ नगरपालिका –१ निवासी ५० वर्षीय छत्रबहादुर सुनुवार रहनुभएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख ९डिएसपी० कमल बजगाईंका अनुसार फुङलिङ नगरपालिका –६ थुवाजुङस्थित सुवास मादेनको बारीमा रहेको अरिङ्गालको गोलो झार्ने क्रममा सुनुवार लड्नुभएको थियो । लडेर गम्भीर घाइते हुनुभएका उहाँको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। घटनाबारे फुङलिङ नगरपालिका –१ का वडाध्यक्ष रुद्रकुमार मादेनले प्रहरीलाई जानकारी गराउनुभएको डीएसपी बजगाईंले बताउनु
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.