All Posts By कोशी प्रेस

    Showing १२,४२१-१२,४३० of १३,७४६ items.
  • सिन्धुपाल्चोककाे एक स्थानमा मतदान स्थगित , दुई स्थानमा झडप

    सिन्धुपाल्चोक / सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१ को भुवनेश्वरी आधारभूत विद्यालयमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा मतदान स्थगित भएको छ । बाह्रबिसे नगरपालिका-१ घोर्थली गाउँकाे मतदान केन्द्रमा १२ः३० बाट मतदान रोकिएको हो । दुई दलका कार्यकर्ताबीच हात हालाहाल हुन थालेपछि मतदान अधिकृतले स्थगित भएको सूचना जारी गरेका हुन् । मतदान केन्द्रमा एउटै मान्छेले दुईपटक मतदान गरेको भन्दै स्थानीय कार्यकर्ताबीच सुरु भएको भगडा झडपमा परिणत भएको हो ।घटना भएलगत्तै सेनाको टिम पुग्ने क्रममा रहेको र आवश्यक सुरक्षा, अनुसन्धान कार्यमा खटिएको निर्वाचन अधिकृत राजेन्द्रप्रसाद वाग्लेले बताए । मतपेटिका तोडफोड गर्न

    • प्रकाशित मितिः वैशाख ३०, २०७९
    • ५६ पटक पढिएको
  • दिन भरि बिस्कुटकाे भरमा निर्वाचनमा खटिँदै सुरक्षाकर्मी

    मुगु / मुगुमा सुरक्षाकर्मी भाेकभाेकै निर्वाचनमा खटिनु परेकाे छ । निर्वाचन सुरक्षा प्रमुख केन्द्रकाे घेरामा रहेका नेपाल प्रहरी बिस्कुटकाे भरमा खटिरहेका छन्।छायाँनाथ रारा नगरपालिका-५ मा रहेकाे नेपाल राष्ट्रिय आधारभूत विद्यालयकाे मतदान केन्द्रमा बिहानै ५ बजेबाट खटिएका सुरक्षाकर्मी खाना खान पाएका छैनन् । उनीहरु एक पाकेट बिस्कुटकाे भरमा निर्वाचनमा खटिनु परेकाे वरिष्ठ हवल्दार सीता कुमारी खत्रीले जानकारी दिइन् ।बिहानै आएर खटिरहेका छाैँ, अहिलेसम्म खाना खान पाइएकाे छैन । एक पाकेट बिस्कुट खाएर भए पनि निर्वाचन मा खटिरहेका छाैँ,’ उनले भनिन् ।

    • प्रकाशित मितिः वैशाख ३०, २०७९
    • ५८ पटक पढिएको
  • नातिको पिठ्यूँ चढेर मतदानस्थल पुगेकी ९० वर्षीया पार्वतीले गरिन् मतदान

    मुगु / मुगु छायाँनाथ रारा नगरपालिकामा ९० वर्षीया पार्वती रोकायले नातिको पिठ्यूँ चढेर मतदानस्थल पुगेर मतदान गरेकी छन् । छायाँनाथ रारा नगरपालिका– ५ को श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय कार्की वाडाको मतदान केन्द्रमा उनले मतदान गरेकी हुन् ।उनलाई नाति दिपक रोकायले बोकेर मतदानस्थल लगेका थिए ।

    • प्रकाशित मितिः वैशाख ३०, २०७९
    • ६० पटक पढिएको
  • प्रदेश–१ का आन्तरिक मामिलामन्त्री कार्कीले मतदान गरे

    विराटनगर । स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश –१ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले मतदान गरेका छन् ।मोरङको बूढीगंगा गाँउपालिका–२ स्थित नयाँ हेल्थपोस्ट केन्द्रबाट उनले मतदान गरेका हुन् ।आज बिहान मन्त्री कार्कीले अरू मतदातासँगै लाइनमा बसेर मतदान गरेका हुन् ।सरकार स्वच्छ तरिकाले निर्वाचन गराउन प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले आम नागरिक पनि सभ्य भएमा निर्वाचन मर्यादित बन्ने बताए ।

    • प्रकाशित मितिः वैशाख ३०, २०७९
    • ४७ पटक पढिएको
  • झापाका दुई मतदान अधिकृत कारबाहीमा परेका छन्

    बिर्तामोड । झापाका दुई जना मतदान अधिकृत कारबाहीमा परेका छन् । कमल गाउँपालिका–६ मा खटिएका मतदान अधिकृत शैलेन्द्र कर्ण कारबाहीमा परेका हुन् । उनलाई जिल्ला निर्वाचन कार्यालयले कारबाही स्वरुप फिर्ता बोलाएको छ ।कमल–६ स्थित पाणिनी माविको मतदान केन्द्र ‘ग’ मा खटिएका कर्णले एक जना उम्मेदवारलाई ८८ वटा मतदाता परिचय पत्र उपलब्ध गराएका थिए ।सम्बन्धित व्यक्तिले लिन आउनुपर्ने मतदाता परिचय पत्र कर्णले उम्मेदवारलाई नै वितरण गर्न भन्दै उपलब्ध गराएपछि उनलाई कारबाही स्वरुप फिर्ता बोलाएको बताइएको छ ।यस्तै मादकपदार्थ सेवन गरी मतदानस्थलमा पुगेको आरोपमा झापा गाउँपालिका–६ का सहायक मतदान अधिकृत सुरेन्द्र बस्नेत क

    • प्रकाशित मितिः वैशाख ३०, २०७९
    • ६७ पटक पढिएको
  • धनकुटाको सहिदभूमि गाउँपालिका–६ ठाकुरदेवी मावि मा मतदान स्थगित

    धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका–६ को ठाकुरदेवी मावि केन्द्रमा मतदान स्थगित भएको छ ।गठबन्धन र एमाले कार्यकर्ताबीच विवाद भएपछि मतदान स्थगित भएको मुख्य निर्वाचन अधिकृत फणीन्द्र पराजुलीले जानकारी दिए । ५०० मत खसेपछि १२ बजेदेखि मतदान स्थगित भएको जनाइएको छ ।

    • प्रकाशित मितिः वैशाख ३०, २०७९
    • ६४ पटक पढिएको
  • ७ जिल्लाका केही मतदानस्थलकाे मतदान अवरुद्ध : निर्वाचन आयोग

    निर्वाचन आयोगले विभिन्न ७ जिल्लाका केही मतदान केन्द्रमा मतदानको कार्य अवरुद्ध भएको जनाएको छ । दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।ती स्थानमा पुनः मतदानको कार्य सुरु गर्न प्रयास भइरहेको उनको भनाइ छ । उनले भने, ‘दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएकोमा सूचारु गर्ने प्रयास भइरहेको छ । उक्त स्थानहरूमा छिट्टै मतदान सूचारु हुने अपेक्षा लिइएको छ।’स्थानीय तह सदस्य निर्वाचनका लागि ७५३ व

    • प्रकाशित मितिः वैशाख ३०, २०७९
    • ५५ पटक पढिएको
  • सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–२ स्थित मतदानस्थलमा खटिएका प्रहरीले बोकेको राइफल पड्कियो

    सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–२ स्थित श्री आधारभूत विद्यालय मतदानस्थलको सुरक्षामा खटिएका प्रहरी जवानले बोकेको हतियार अचानक पड्किएको छ । राइफल पड्किएपछि मत हाल्न लाइनमा बसेका मतदाताबीच भागदौड मच्चिएको थियो । प्रहरी जावन विशेष याक्खाले बोकेको इन्सास राइफल अचानक पड्किएपछि होहल्ला भएको थियो ।मतदानस्थलमा सुरक्षाका लागि खटिएका प्रहरीले बोकेको राइफल पड्किए पनि घटनामा कुनै मानवीय एवम् भौतिक क्षति नभएको बताइएको छ । राइफल के कारणले पड्किएको भन्ने खुलेको छैन । घटनाले मतदान प्रक्रियामा भने कुनै असर गरेन । अहिले पनि मतदान प्रक्रिया जारी छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरले घटनाका बारेमा छ

    • प्रकाशित मितिः वैशाख ३०, २०७९
    • ६१ पटक पढिएको
  • ११३ वर्षीया वृद्धाले गरिन् मतदान, भन्छिन्- गाउँठाउँकाे विकास हाेस्

    बैतडी / बैतडीमा ११३ वर्षीया वृद्धाले मतदान गरेकी छिन् । पाटन नगरपालिका-४ स्थित उदयदेव आधारभूत विद्यालय मतदान केन्द्रबाट मानमती भट्टले मतदान गरेकी हुन् ।मतदान केन्द्रमा उनले पहिलो मत हालेर मतदानको उद्घाटन गरेको उनका छोरासमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताए । देशमा बलियो व्यवस्था र गाउँठाउँको विकास होस् भनेर मतदान गरेको भट्टले बताइन् ।बैतडीमा ४४० जनप्रतिनिधि छान्‍नका लागि मतदान भइरहेको छ । सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदानमा मतदाताको उत्साहजनक सहभागिता छ ।

    • प्रकाशित मितिः वैशाख ३०, २०७९
    • ६२ पटक पढिएको
  • हुम्लामा घाइते भएका मतदान अधिकृतसहित तीनजनाकाे हेलिकाेप्टरबाट उद्धार

    सुर्खेत / हुम्लाको चंखेली गाउँपालिका-२ स्थित महादेव मतदान केन्द्रमा ढुंगाले लागेर घाइते भएका मतदान अधिकृतसहित तीनजनालाई हेलिकाेप्टरबाट उद्धार गरिएको छ ।झडपमा परी मतदान अधिकृत कृष्णप्रसाद आचार्य, कार्यालय सहयोगी काला रावत र अर्का एक स्थानीय घाइते भएका थिए ।घाइते भएका कार्यालय सहयोगी काला रोकायलाई उद्धार गरी उपचारका लागि सुर्खेत लगिएको हुम्लाकी प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन् ।गठबन्धन र स्वतन्त्र पक्षबीचको झडपमा मतदान अधिकृतसहित तीनजना घाइते भएका थिए । झडपपछि प्रहरीले आठ राउन्ड अश्रुग्यास प्रहार गरेका छन् । अहिले मतदान रोकिएको छ ।सेनाले देशका सात ठाउँमा आपतकालीन उद्धारका लागि सैनिक टा

    • प्रकाशित मितिः वैशाख ३०, २०७९
    • ५८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]