सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–२ स्थित श्री आधारभूत विद्यालय मतदानस्थलको सुरक्षामा खटिएका प्रहरी जवानले बोकेको हतियार अचानक पड्किएको छ ।
राइफल पड्किएपछि मत हाल्न लाइनमा बसेका मतदाताबीच भागदौड मच्चिएको थियो । प्रहरी जावन विशेष याक्खाले बोकेको इन्सास राइफल अचानक पड्किएपछि होहल्ला भएको थियो ।मतदानस्थलमा सुरक्षाका लागि खटिएका प्रहरीले बोकेको राइफल पड्किए पनि घटनामा कुनै मानवीय एवम् भौतिक क्षति नभएको बताइएको छ । राइफल के कारणले पड्किएको भन्ने खुलेको छैन ।
घटनाले मतदान प्रक्रियामा भने कुनै असर गरेन । अहिले पनि मतदान प्रक्रिया जारी छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरले घटनाका बारेमा छानबिन एवम् अनुसन्धान गरिने जनाएको छ ।


