विराटनगर । स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश –१ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले मतदान गरेका छन् ।

मोरङको बूढीगंगा गाँउपालिका–२ स्थित नयाँ हेल्थपोस्ट केन्द्रबाट उनले मतदान गरेका हुन् ।

आज बिहान मन्त्री कार्कीले अरू मतदातासँगै लाइनमा बसेर मतदान गरेका हुन् ।

सरकार स्वच्छ तरिकाले निर्वाचन गराउन प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले आम नागरिक पनि सभ्य भएमा निर्वाचन मर्यादित बन्ने बताए ।