All Posts By कोशी प्रेस

    Showing १२,२९१-१२,३०० of १३,७४६ items.
  • काठमाडौं महानगरपालिकामा ६ टोली बनाएर मतगणना सुरू

    काठमाडौंमा मतगणनाका लागि ६ वटा टोली खटिएको छ। बिहानसम्म पाँच वटा टोलीले मतगणना गरिरहेकामा कार्यालय समय सुरू भएपछि एउटा टोली थप गरिएको हो। नयाँ टोलीले काठमाडौं महानगरको वडा नम्बर ३१ को मतगणना सुरू गरेको छ। अहिलेसम्म काठमाडौं महानगरपालिकामा एउटा पनि वडाको अन्तिम मतपरिणाम आइसकेको छैन।वडा नम्बर  १, २, ३, ४ र ३२ को गणना भइरहेको थियो।काठमाडौंको महानगरको सहायक निर्वाचन अधिकृत प्रेम प्रसाद पौडेलले नयाँ टोलीले मतगणना सुरू गरिसकेको जानकारी दिए।अहिलेसम्म काठमाडौं महानगरको ६ हजार मत गणना भएको छ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ४९ पटक पढिएको
  • जम्मा १ मतले वडाध्यक्ष जिते रेशमराजले

    गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार रेशमराज न्यौपानेलेआफ्ना प्रतिद्वन्द्वीलाई एक मतले हराउँदै वडाध्यक्ष विजयी भएका छन्।रेशमराजले माओवादी-एमाले गठबन्धनका उम्मेदवार शोभाखर न्यौपानेलाई जम्मा एक मतले पछाडि पारेर विजयी भएका हुन्।रेशमराजले ७५६ मत प्राप्त गरेका छन् भने पराजित शोभाखरले ७५५ मत प्राप्त गरेका छन्।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ५१ पटक पढिएको
  • सुनसरी हालसम्म विजयी भएका उमेदवारहरु

    इटहरी । धरान  उपमहानगरपालिकाका वडा नम्बर–२ मा एमालेका रमेश राई ७४८ मत  ल्याएर विजयी भएका छन् ।यस्तै दुहवी नगरपालिका वडा नम्बर–१ मा एमालेका मोहमद अजुल हुसैन ९२९  मत ल्याएर  विजयी भए भने भोक्राहा नरसीँह गाउँपालिका  वडा नम्बर–१ मा राप्रपाका लक्ष्मण मेहेता १०९० मत  ल्याएर   विजयी भएका छन् ।यसैगरी बर्जु गाउँपालिका वडा नम्बर–१ मा एमालेका दिल बहादुर  गुरुङ ९३९ मत  ल्याएर विजयी  भए ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ३८ पटक पढिएको
  • सुनसरीको ७ पालिकामा काँग्रेस अगाडि, एमालेले ४ पालिकामा अग्रता

    इटहरी । १२ स्थानीय तह रहेको सुनसरीमा ७ वटा पालिकामा काँग्रेस अघि देखिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय सुनसरीले दिएको जानकारी अनुसार जिल्लाको इटहरी र धरान उपमहानगरसहित काँग्रेसले ७ पालिकामा अग्रता लिएको हो । प्रशासनले दिएको जानकारी अनुसार यी दुई पालिकासहित इनरुवा नगरपालिका, दुहवी नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकामा काँग्रेस अगाडि रहेको छ । एमालेले सुनसरीको ४ पालिकामा अग्रता कायम राखेको छ । कार्यालयले दिएको जनकारी अनुसार एमालेले बराहक्षेत्र नगरपालिका, रामधुनी नगरपालिका, गढी गाउँपालिका र बर्जु गाउँपालिकामा अग्रता कायम गरेको हो ।&n

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ५४ पटक पढिएको
  • कडा सुरक्षा घेराभित्र गज्याङकोटमा पुन: मतदान सुरू

    जुम्लाको गुठीचौरगाउँपालिका-३ गज्याङकोटमा पुन: मतदान सुरू भएको छ । गत शुक्रबार शंकर माध्यामिक विद्यालयमा झडप हुँदा यहाँ मतदान स्थगित भएको थियाे ।फेरी झडपकाे स्थिति नहाेस् भनेर मतदान स्थलमा सुरक्षाकर्मीकाे उपस्थिति बाक्लाे पारिएकाे छ । यहाँ झण्डै एक मतदाता एक सुरक्षाकर्मीकाे अवस्था छ ।प्रमुख जिल्ला अधिकारी बिजयकुमारी प्रसाई, नेपाली सेनाका गणपति रविन थापा, सशस्त्र प्रहरी बल ३३ नम्बर गणका गणपति चित्रांगत दाहाल, प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दसहितको टिम मतदान स्थलमा पुगेकाे छ ।निर्वाचन अधिकृत तुलराज चौलगाईका अनुसार अहिलेसम्म एक सय ८८ मत खसिसकेको छ ।आजकाे निर्वाचन भयरहित

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ५५ पटक पढिएको
  • मतगणना कछुवाको गतिमा : १० दिनभित्र अन्तिम परिणाम आउने आयोगको दाबी कर्मचारी थप गर्ने तयारी

    काठमाडौं महानगरसहित देशभरिको मतगणना कछुवाको गतिमा भएको छ । एक मतगणना गर्नको लागि २० मिनेट सम्मको समय लागको छ । यो हिसाबले निर्वाचनको अन्तिम मतपरिणान आउन केहि हप्ता लाग्ने अनुमान गर्न सकिन्छ । तर निर्वाचन आयोगले मतगणनास्थल र कर्मचारी थप गरेर देशभरिको मतगणनाको अन्तिम परिणाम १० दिनभित्र सार्वजनिक गर्ने गरी तयार गरेको छ ।ललितपुर महानगरमा एक, भरतपुर महानगरमा दुई र काठमाडौं महानगरमा ६ ठाउँमा गणना भइरहेको छ । तर धेरै मतदाता भएका सबै महानगरको गणना निकै सुस्त छ । सबै पालिकामा मतगणनास्थल थप गरेर चाँडै नतिजा सार्वजनिक गर्ने आयोगले जनाएको छ ।प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालगायतको टोली शनिबार काठमाडौं

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ५१ पटक पढिएको
  • सोलुखुम्बुको पासाङल्हामु गाउँपालिकामा एमाले विजयी

     सुनसरी / सोलुखुम्बुको खुम्वु पासाङल्हामु गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै जितेको हो ।एमालेका मिङ्मि छिरिङ शेर्पा २ हजार २८ मतका साथ विजयी भएका हुन् । कांग्रेसका चुम्बु शेर्पा १ हजार ६०९ मतका साथ दोस्रो स्थानमा रहँदै पराजित भएका छन् ।उपाध्यक्षमा पनि एमालेको टसी ल्हमु शेर्पा २ हजार २३ मतसहित विजयी भएकी छन् । उनकी प्रतिष्पर्धी कांग्रेसकी निर्मला थापा कार्की मगरले १ हजार ५८२ मत पाइन् ।यो विजयसँगै एमालेले यसपालिको चुनावमा अहिलेसम्म ७ पालिकामा जित हात पारेको छ ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ५२ पटक पढिएको
  • सुनिता डंगोललाई दुई तिहाई मत ल्याइ अगाडी

    काठमाडौँ महानगरपालिकाबाट प्राप्त पछिल्लो परिणामअनुसार उपमेयर पदमा एमालेकी उम्मेदवार सुनिता डंगोल निकै अगाडी छिन् ।झण्डै ३ हजार २ सय मत गणना हुँदा डंगोलले सबै प्रतिष्पर्धीलाई उछिन्दै २००० मत प्राप्त गरेकी छन् । जुन गणना भएको मतको झण्डै दुई तिहाई हो ।गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५८० मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका बिनिता मगैयाले ५१३ मत पाएकी छन् । यस्तै, विवेकशील साझा पार्टीकी कृति कंसाकरले ३५ मत प्राप्त गरेकी छन् ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ५८ पटक पढिएको
  • एमालेले जितेका क्षेत्रमा पनि बालेनलाई धेरै मत

    काठमाडौं / २०७४ सालको स्थानीय तह निर्वाचनमा वडाको वडाध्यक्षमा नेकपा एमालेले जितेका क्षेत्रमा समेत बालेन्द्र साह (बालेन) ले बढी मत पाएका छन् । शनिबारदेखि काठमाडौं महानगरपालिकाको वडा नं १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ ।त्यस हिसाबले एमालेको प्रभाव क्षेत्र मानिएको यी वडाबाट यस पटक मेयरमा एमालेका उम्मेदवार केशव स्थापितले भन्दा स्वतन्त्र उम्मेदवार बालेनले बढी मत पाएका छन् ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ५७ पटक पढिएको
  • दाङको शान्तिनगर गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी

    तुल्सीपुर / दाङको शान्तिनगर गाउँपालिका वडा नं २ मा स्वतन्त्र उम्मेदवार सुनिल वली विजयी भएका छन । यो वडा नेपाली कांग्रेस दाङका सभापति शंकर प्रसाद डाँगीको गृह वडासमेत हो ।उनले ६२९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका ठाकुर प्रसाद केसीले ५९७ मत प्राप्त गरेका थिए । कांग्रेसका आधिकारिक उम्मेदवार टोपेन्द्रा खड्काले ३५१ र एमालेका उम्मेदवार पूर्णबहादुर वलीले ३३४ मत प्राप्त गरेका छन ।वडाध्यक्ष विजयी भएका वली कांग्रेस निकट थिए । टिकट वितरणमा असन्तुष्टि जनाउदै २७ वर्षीय वलीले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ५४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]