इटहरी । धरान उपमहानगरपालिकाका वडा नम्बर–२ मा एमालेका रमेश राई ७४८ मत ल्याएर विजयी भएका छन् ।
यस्तै दुहवी नगरपालिका वडा नम्बर–१ मा एमालेका मोहमद अजुल हुसैन ९२९ मत ल्याएर विजयी भए भने भोक्राहा नरसीँह गाउँपालिका वडा नम्बर–१ मा राप्रपाका लक्ष्मण मेहेता १०९० मत ल्याएर विजयी भएका छन् ।
यसैगरी बर्जु गाउँपालिका वडा नम्बर–१ मा एमालेका दिल बहादुर गुरुङ ९३९ मत ल्याएर विजयी भए ।