काठमाडौं / २०७४ सालको स्थानीय तह निर्वाचनमा वडाको वडाध्यक्षमा नेकपा एमालेले जितेका क्षेत्रमा समेत बालेन्द्र साह (बालेन) ले बढी मत पाएका छन् । शनिबारदेखि काठमाडौं महानगरपालिकाको वडा नं १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ ।त्यस हिसाबले एमालेको प्रभाव क्षेत्र मानिएको यी वडाबाट यस पटक मेयरमा एमालेका उम्मेदवार केशव स्थापितले भन्दा स्वतन्त्र उम्मेदवार बालेनले बढी मत पाएका छन् ।