इटहरी । १२ स्थानीय तह रहेको सुनसरीमा ७ वटा पालिकामा काँग्रेस अघि देखिएको छ । 

आइतबार जिल्ला प्रशासन कार्यालय सुनसरीले दिएको जानकारी अनुसार जिल्लाको इटहरी र धरान उपमहानगरसहित काँग्रेसले ७ पालिकामा अग्रता लिएको हो । 

प्रशासनले दिएको जानकारी अनुसार यी दुई पालिकासहित इनरुवा नगरपालिका, दुहवी नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकामा काँग्रेस अगाडि रहेको छ । 

एमालेले सुनसरीको ४ पालिकामा अग्रता कायम राखेको छ । कार्यालयले दिएको जनकारी अनुसार एमालेले बराहक्षेत्र नगरपालिका, रामधुनी नगरपालिका, गढी गाउँपालिका र बर्जु गाउँपालिकामा अग्रता कायम गरेको हो । 

अर्को एक पालिका, कोशी गाउँपालिकामा भने जनता समाजवादी पार्टी (जसपा) ले अग्रता कायम गरेको छ ।