All Posts By कोशी प्रेस

    Showing १२,१६१-१२,१७० of १३,७४६ items.
  • स्थानीय तहमार्फत प्रत्येक परिवारलाई विद्युतीय चुलो वितरण गर्ने

    काठमाडौं : आइतबार अर्थमन्त्री जनार्दन शर्माले सरकारले स्थानीय तहमार्फत प्रत्येक परिवारलाई विद्युतीय चुलो वितरण गर्ने भएको छ। आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी संघीय संसद्‍को संयुक्त बैठकमा आर्थिक वर्षको बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन्।उनले विद्युतको पहुँच नपुगेका स्थानीय तहमा धुँवा मुक्त भान्छाका लागि सुधारिएको चुलो वितरण गरिने जनाए।अर्थमन्त्री शर्माले सहरी क्षेत्रमा लैंगिक मैत्री सार्वजनिक शौचालय बनाइने बताए। उनले वडा तहमा महिला सचेतना, महिला अधिकारका लागि छलफल गर्न महिला सभा आयोजना गरिने पनि जनाएका छन्।

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • ६८ पटक पढिएको
  • गणतन्त्र मजबुत हुँदै गयो : प्रदेश १ मुख्यमन्त्री राई

    विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको बलिदानीपूर्ण संघर्षको प्रतिफल भएको बताउनुभएको छ । १५ औं गणतन्त्र दिवसका अवसरमा आज एक शुभकामना सन्देश दिदै मुख्यमन्त्री राईले गणतन्त्रले राजनीतिक तहमा अर्थपूर्ण परिवर्तन ल्याएको धारणा व्यक्त गर्नुभएको छ ।उहाँले भन्नुभएको छ–‘लामो र ऐतिहासिक संघर्षको बलमा हाँसिल गरिएको गणतन्त्रले राजनीतिक तहमा अर्थपूर्ण परिवर्तन ल्याएको छ । मुलुक गणतन्त्रसँगै संघीय शासन प्रणालीमा रुपान्तरित भएको छ ।’ मुख्यमन्त्री राईले भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमार्फत नेपाली जनताले संविधानको रक्षा र संघीय लोकतान्त्रिक

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • १२१ पटक पढिएको
  • मोरङ कटहरीमा पुरुषको शव फेला, हत्याको आशंका

    मोरङ । मोरङको कटहरी गाउँपालिका वडा नंं. १ महेशपुरमा एक जना पुरुषको शव भेटिएको छ । कटहरी वडा नंं. २ आदर्श टोलका ५० वर्षीय तुलसी श्रेष्ठको शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार श्रेष्ठको शव सडक छेउको नाली नजिकै बाँझो खेतमा फेला परेको हो ।आँखामाथि निधारको भागमा चोट रहेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए । घटनाको प्रकृति हेर्दा कुनै वस्तुले हिर्काएर हत्या गरेपछि शव खेतमा फ्यालेको प्रहरीको अनुमान छ। बिहे गरेकी श्रीमतीले छाडेपछि मृतक श्रेष्ठ भाइ चित्रकुमारको साथमा बस्दै आएका थिए ।घटनास्थलमा पुगेर मोरङ प्रहरीका डीएसपी राजन कार्की नेतृत्वको टोलीले घट

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • २१४ पटक पढिएको
  • युवाविकास केन्द्रको सामाजिक लेखा परिक्षण सार्वजनिक

    इटहरी/ युवाविकास केन्द्रको सामाजिक लेखा परिक्षण सार्वजनिक भएको छ । युवाविकास कन्द्र इटहरीले पछिल्लो ९ महिनाको अवधिमा विपद व्यवस्थापन सम्बन्धि गरेका कार्यको सामाजिक लेखा परिक्षण सम्पन्न गरेको छ । केन्द्रले तालिम सञ्चालन गर्दा र प्रदेश स्तरीय मञ्चनिमार्ण गर्दा भएको खर्च साममाजिक परिक्षणद्धारा सार्वजनिक गरेको हो । कार्यक्रममा सोसल अडिटर एसकुमार सुव्वाले परिक्षणको विवरण प्रस्तुत गर्नुभयो ।युवाविकास केन्द्रले विपदव्यवस्थापन  , त्यसको रोकथाम तथा नियन्त्रणका क्षेत्रमा स्वयमसेवकलाई विपद्का बेलामा आउने जोखिमबाट सर्वसाधरणलाई कसरी सुरक्षित राख्ने उपाएकालागि विभिन्नखाले तालिम सञ्चालन गरेको थियो

    • प्रकाशित मितिः जेठ १४, २०७९
    • ६२ पटक पढिएको
  • नेपाल प्रेस युनियनको ३१औँ स्थापना दिवस सुनसरीमा पनि मनाइयो

    इटहरी/नेपाल प्रेस युनियनको ३१ औँ स्थापना दिवसका अवसरमा प्रेस युनियन सुनसरीकाे  इटहरीमा प्रभातफेरी कार्यक्रममा आयोजना गरिएको छ । इटहरी उपमहानगरपालिकाबाट शुरु भएको प्रभातफरी इटहरी चोक परिक्रमा गरि उपमहानगरपालिका अगाडि कोणसभामा परिणत भएको थियो ।कोणसभामा प्रेस युनियन सुनसरीका पुर्व अध्यक्ष एवम् प्रदेश १ का सचिव धन बहादुर पुरीले निमार्ण हुन लागेको प्रेस युनियन सुनसरीको भवन निमार्णको लागि ५१ हजार रकम सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो ।यस्तै पत्रकार महासङ्घका केन्द्रिय सदस्य  इकवाल अहमदले २५ हजार नगद सहयोग गर्ने समेत प्रतिबद्धता जनाउनुभयो । पे्रस युनियन सुनसरीले इटहरी १७ मा आफ्नै भवन निर्माण

    • प्रकाशित मितिः जेठ १४, २०७९
    • ५४ पटक पढिएको
  • महिला सञ्जाल इटहरीमा छैठौ साधरण सभा सम्पन्न

    इटहरी/ महिला सञ्जाल इटहरीमा ६ औँ वार्षिक साधरण सभा एक कार्यक्रम गरि सम्पन्न भयो । महिला हक अधिकारका क्षेत्रमा काम गर्ने उदेश्यले २०७३ सालमा स्थापना गरिएको महिला सञ्जाल इटहरीमा ६ औँ वार्षिक साधरण सभा ओपचारीक रुपमा कार्यक्रमको आयोजना गरिएको थियो ।महिला सञ्जालकि अध्यक्ष कमला खड्काको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाकि उपप्रमुख संगिता चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सचिव योसा गुरगाइले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकि थिइन ।साथै इटहरी उपमहानगररपालिका तर्फबाट हक हित र अधिकारमा पनि आफुले सकेको सहयोग गर्ने इटहरी  उपमहानगरपालिकाकि उप प्रमुख संगिता चौधरीले बताएकि छिन् ।सचिव गुरगाइले प्र

    • प्रकाशित मितिः जेठ १४, २०७९
    • ६३ पटक पढिएको
  • पुर्वको बराहक्षेत्रमा साकेला पर्व धुम धामका साथ मनाइयो

    इटहरी/ पर्वको बराहक्षेत्रमा धुमधामका साथ साकेला पर्व मनाइयो किरात राईहरुले प्रमुख चाडको रुपमा मान्ने साकेला पर्व हो । किरात राईका पुर्खाहरुको भनाइ अनुसार यो पर्व बालि लगाउने समयमा वर्षा प्रशस्त होस् , दैवीप्रकोप नपरोस् , आफ्नो समुदायमा रोगव्याधि नलागोस् सुखशान्ति छाओस भनेर साकेला पर्व मनाइन्छ । एक महिना सम्म मनाइने साकेला पर्व सुुनसरीको बराहक्षेत्रमा बुधबार धुमधामका साथ मनाइयो । किरातिहरुको धनावति रहेका स्थानमा विशेष महत्वका साथ यो पर्व पुर्वमा मनाइन्छ । किरात राई यायोक्खा प्रारम्भिक कार्य  सिमित बराहक्षेत्रको आयोजनामा सुरु भएको साकेला पुर्वले जातिय, तथा सांकृतिक सद्भाव आपसि मेलमिलाप कायम

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • ५८ पटक पढिएको
  • सडक छेउको घरमाथिबाट एम्बुलेन्स पल्टिँदा एक जनाको मृत्यु

    काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका–७ मा गएराति एम्बुलेन्स अनियन्त्रित भएर सडक छेउमा रहेको घरमाथिबाट  पल्टिँदा एक जना मृत्यु भएको छ।मृत्यु हुनेमा सुतिरहेकी अन्दाजी ७९ वर्षीया मनमाया खड्का रहेकी छिन्। उनी एम्बुलेन्स पल्टिँदा निदाएकै स्थानमा च्यापिएकी थिइन्। दोलखाबाट काठमाडौं आउदै गरेको बा २० च ६३२७ नम्बरको एम्बुलेन्स पल्टिएको थियो। चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी चौकी लामोसाँघु सिन्धुपाल्चोकले जनाएको छ।

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • ५५ पटक पढिएको
  • इटहरीमा मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ

    इटहरी । प्रहरीले इटहरीमा मोटरसाइकल चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्काका अनुसार इटहरी ५ बाट मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा इटहरी ५ बस्ने उज्ज्वल परियार र सन्दीप परियार रहेका छन् ।उनीहरूले स्थानीय दिव्यराज सुवेदीको घरमा पार्किङ गरी राखेको यामाहा कम्पनीको को ३४ प ४०५६ नम्बरको मोटरसाइकल जेठ १२ गते राति १ बजे चोरी गरेको प्रहरी निरीक्षक खड्काले बताए । पक्राउ परेकामाथि जिल्ला अदालत सुनसरीबाट चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान तथा कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • ५७ पटक पढिएको
  • काठमाडौँ महानगरपालिकाको मेयरमा बालेन शाह र उपमेयरमा सुनिता डंगोल विजयी

    काठमाडौँ/ काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका बालेन शााह विजयी भएका छन् ।शाहले निर्वाचन आयोगबाट लौरो चुनाव चिन्ह पाएका शाहले  २३४२६ मतान्तरले विजयी भएका हुन् ।निर्वाचन आयोगको अन्तीम मतपरिणाम अनुसार शाहले ६१७६७ मत प्राप्त गरे भने उनका प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८११७ मत मात्र प्राप्त गरेका छन् ।त्यस्तै गठबन्धन तर्फकि नेपालि कांग्रेसकि उम्मेदवार सिर्जना सिहंले ३८३४१ म्त मात्र प्राप्त गरेकी छिन् ।उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल विजयी भएकी छिन् । डंगोलले ६८६१२ मत प्राप्त गरेकी छिन् । उनका प्रतिद्धन्द्धी गठबन्धन तर्फबाट नेकपा एक

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • १३८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]