मोरङ । मोरङको कटहरी गाउँपालिका वडा नंं. १ महेशपुरमा एक जना पुरुषको शव भेटिएको छ । कटहरी वडा नंं. २ आदर्श टोलका ५० वर्षीय तुलसी श्रेष्ठको शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार श्रेष्ठको शव सडक छेउको नाली नजिकै बाँझो खेतमा फेला परेको हो ।

आँखामाथि निधारको भागमा चोट रहेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए । घटनाको प्रकृति हेर्दा कुनै वस्तुले हिर्काएर हत्या गरेपछि शव खेतमा फ्यालेको प्रहरीको अनुमान छ। बिहे गरेकी श्रीमतीले छाडेपछि मृतक श्रेष्ठ भाइ चित्रकुमारको साथमा बस्दै आएका थिए ।

घटनास्थलमा पुगेर मोरङ प्रहरीका डीएसपी राजन कार्की नेतृत्वको टोलीले घटनाको अनुसन्धान थालेको छ। अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसमेत परिचालन गरिएको छ।