इटहरी/ युवाविकास केन्द्रको सामाजिक लेखा परिक्षण सार्वजनिक भएको छ । युवाविकास कन्द्र इटहरीले पछिल्लो ९ महिनाको अवधिमा विपद व्यवस्थापन सम्बन्धि गरेका कार्यको सामाजिक लेखा परिक्षण सम्पन्न गरेको छ । केन्द्रले तालिम सञ्चालन गर्दा र प्रदेश स्तरीय मञ्चनिमार्ण गर्दा भएको खर्च साममाजिक परिक्षणद्धारा सार्वजनिक गरेको हो ।
कार्यक्रममा सोसल अडिटर एसकुमार सुव्वाले परिक्षणको विवरण प्रस्तुत गर्नुभयो ।
युवाविकास केन्द्रले विपदव्यवस्थापन , त्यसको रोकथाम तथा नियन्त्रणका क्षेत्रमा स्वयमसेवकलाई विपद्का बेलामा आउने जोखिमबाट सर्वसाधरणलाई कसरी सुरक्षित राख्ने उपाएकालागि विभिन्नखाले तालिम सञ्चालन गरेको थियो । कार्यक्रम मार्फत प्रदेश स्तरीय विपदव्यवस्थापन साझा मञ्च निमार्णका लागि सरकारी र गैरसरकारी स्तरमा छलफल कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नं ६ का वडा अध्यक्ष दिवश पोख्रेल युवा विकास केन्द्रका सुनसरी , धनकुटा , उदयपुर र विराटनगरबाट प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


