इटहरी/नेपाल प्रेस युनियनको ३१ औँ स्थापना दिवसका अवसरमा प्रेस युनियन सुनसरीकाे  इटहरीमा प्रभातफेरी कार्यक्रममा आयोजना गरिएको छ । इटहरी उपमहानगरपालिकाबाट शुरु भएको प्रभातफरी इटहरी चोक परिक्रमा गरि उपमहानगरपालिका अगाडि कोणसभामा परिणत भएको थियो ।

कोणसभामा प्रेस युनियन सुनसरीका पुर्व अध्यक्ष एवम् प्रदेश १ का सचिव धन बहादुर पुरीले निमार्ण हुन लागेको प्रेस युनियन सुनसरीको भवन निमार्णको लागि ५१ हजार रकम सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो ।sxx-768x512

यस्तै पत्रकार महासङ्घका केन्द्रिय सदस्य  इकवाल अहमदले २५ हजार नगद सहयोग गर्ने समेत प्रतिबद्धता जनाउनुभयो । पे्रस युनियन सुनसरीले इटहरी १७ मा आफ्नै भवन निर्माण गर्न लागेको छ ।

कार्यक्रमा पत्रकार महासंघका केन्द्रिय सदस्य  अमर खड्का , इकवाल अहमद , प्रेस युनियन प्रदेश १ का सचिव धन बहादुर पुरी , पत्रकार महांसघ सुनसरी उपाध्यक्ष गणेश निरौलाले प्रेस युनियनको ३१ औँ स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभयो ।