सुनसरी / सुरक्षा घेराभित्र कुटपिटबाट मृत्यु भएका दुईजना कैदीको शव आफन्तले बुझेका छन् । संखुवासभाको मादी नगरपालिका- ५ का विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का आकाश बलामीको शव आफन्तले ६ दिनपछि बुझेका हुन् । शनिबार किटानी जाहेरीपछि शवको पोस्टमार्टम भएको थियो । घटनामा संलग्लाई सार्वजनिक नगरेको भन्दै आफन्तले शव बुझ्न मानेका थिएनन् । जाहेरीका आधारमा आइतबार प्रहरीले कारागारमा रहेका प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी र कारागार प्रमुख राजेन्द्र घिमिरेका नाममा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको छ । प्रहरीले प्रहरी नियन्त्रणमा रहेका चौधरीलाई पहिलो पटक पाँच दिनका लागि म्याद थप ग
सुनसरी / मुस्ताङको वारागुङ मुक्तिक्षेत्र- ४ कागबेनीमा आइतबार राति ठाडो खोलामा आएको बाढीले १५ घरसहित एक निर्माणाधीन पक्की पुल बगाएको छ ।वारागुङ मुक्तिक्षेत्र- २ को झोङ,पुडाक र छेङ्गुरको शाखा नदी थुनिएर कागखोलामा आएको बाढीले कागबेनीमा १० घर र पक्की पुलसहित करोडौँको भौतिक सामग्री बाढीले बगाएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए। कागबेनीमा रहेको प्रहरीचौकी, धर्मशालामा पनि क्षति पुर्याएको छ।एउटा झोलुंगे पुल र तीन वटा विद्युत् पोल पनि ढलेकोले विद्युत् आपूर्ति बन्द भएको जनाइएको छ । आइतबार राति ११ बजेदेखि कागखोला र कालीगण्डकी नदीमा पानीको सतह घट्दै गएकोले सोमबार बिहानसम्म मानवीय
काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी गरेको छ ।उत्तरपुस्तिका परीक्षण सकेर कम्प्युटरमा डाटा इन्ट्री गराउने काम पनि अन्तिम चरणमा पुगेको छ ।सम्पूर्ण कार्य सकेर अब प्राविधिक टिमसँग छलफल गरेर नतिजा प्रकाशनबारे निर्णय गरिने बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए । प्राविधिक टिमसँग सल्लाह गरेर कुनै समस्या नआउने यकिन भएको खण्डमा बोर्ड बैठक बसेर नतिजा प्रकाशनबारे निर्णय गरिने अध्यक्ष शर्माले बताए ।गत वैशाख २६ देखि जेठ ५ गतेसम्म लिइएको परीक्षामा ४ लाख ६७ हजार ३८९ जनाले परीक्षा दिएका थिए । जसमा ५६ हजार विद्यार्थीले ग्रेड बृद्धिका लागि परीक्षामा सहभागी भएका थिए ।
सुनसरी / सप्तकोशी नदीमा पानीको बहाव उच्च देखिएको छ । पहाडी क्षेत्रमा निरन्तर बर्षा भइरहेकाले कोशीमा पानीको बहाव केही दिनयता बढिरहेको थियो ।सोमबार बिहान भने यो वर्षकै उच्च बहाव पाइएको छ । सुनसरी प्रशासन कार्यालयका अनुसार बिहान ४ बजेको मापनअनुसार सप्तकोशी नदीमा पानीको बहाव ४ लाख ६२ हजार ३४५ क्युसेक पुगेको छ । सप्तकोशीमा एक लाख ५० हजार क्युसेक पानी नाघेपछि खतराको सङ्केत मानिन्छ ।पानी बहाव बढेपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलेर निकास दिइएको छ । कोशी नदीको तटीयमा क्षेत्रमा रहेका सर्वसाधारणलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।
सुनसरी / प्राविधिक शिक्षामा कोशी प्रदेशकै अब्बल मानिएको इम्पेरियल कलेज अफ होटल म्यानेजमेन्ट इटहरीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीको स्वागत गर्ने भएको छ ।नयाँ विद्यार्थीको स्वागत गरिनुका साथै उत्कृष्ट नतिजा ल्याउने र अतिरिक्त क्रियाकलापमा अब्बल विद्यार्थीहरुलाई प्रोत्साहन तथा पुुरस्कार वितरण प्रदान गरिने जनाइएको छ । मोरङको विराटचोकस्थित होटल नेपालीरिकामा सोमबार आयोजना हुने विशेष कार्यक्रममा स्वागत तथा सम्मान गरिने भएको हो ।कार्यक्रम संयोजक इम्पेरियल कलेजका प्रिन्सिपल तथा गोदावरी विद्या मन्दिर इटहरीका कोअर्डिनेटर राजुु घिमिरेका अनुसार त्यस अवसरमा विद्यार्थीले विभिन्न मनोरञ्जनात्मक कार्यक्रम
धरान / सामाजिक सञ्जालमा तथानाम गालीगलौज गर्ने रमेश बान्तवा राईलाई प्रहरीले पक्राउ गरेको छन् । धरान ५ देउरालीस्थित उनको घरबाट आइतबार साँझ प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लका अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरीको पत्र अनुसार राईलाई नियन्त्रण लिएको बताउनु भएको छ । केही समय अघि धरानको भेडेटारस्थित छोटी मोरङ जग्गा पीडित सघर्ष समितिले पत्रकार सम्मेलन गरेको समाचार प्रकाशित भएपछि मेयर साम्पाङ समर्थक राईले सघर्ष समितिका सदस्य पर्वत राईलाई व्यक्तिगत आक्षेप लगाई सामाजिक सञ्जालमा गाली गलौज गरेका थिए । सोही विषयमा
इटहरी : इटहरीका मेयर हेमकर्ण पौडेललाई पुर्व उपमेयर लक्ष्मी गौतमले करको विषयमा जनता झुक्याउने काम बन्द गर्न आग्रह गरेकी छिन् । इटहरीको राजस्व परामर्श समिति समितिको संयोजकको समेत भूमिका निर्वाह गरी सकेकी गौतमले मेयर पौडेललाई जनविरोधी करलाई तत्काल समायोजन गर्न आग्रह गरेकी छिन् ।आइतबार मेयर पौडेललाई सम्बोधन गर्दै दश बुँदे लिखित सुझाव गौतमले बुझाउन उपमहानगर पुगेकी थिइन् । तर, मेयर पौडेलले सुझाव सहितको पत्र लिन नमानेपछि उपमेयर सङ्गीताकुमारी चौधरीलाई बुझाएको गौतमले बताइन । गौतमले सुझाबपत्रमा करको दर विगतको अनुपातमा समायोजन गर्नु पर्ने, मेयरको सचिवालय घटाउनु पर्ने लगायतको माग राखेकी छिन् ।यस्तो छ उपमे
सुनसरी / इटहरी -५ दिव्य ज्योति विद्या मन्दिर स्कुलमा राष्ट्रिय तेक्वान्दो संघ इटहरी उपमहानगरपालिका कमिटीले गरेको आयोजना गरेको तेक्वान्दो खेल समापनमा भएको छ । शनिबार भएको खेलमा ब्लेस्ट तेक्वान्दो डोजाङ इटहरीले पाँच गोल्ड मेडल सहित पहिलो भएको छ भने कबिर तेक्वान्दो डोजाङ इटहरीले ४ गोल्ड मेडल सहित दोस्रो र पकली तेक्वान्दो डोजाङले दुई गोल्ड मेडल सहित तेस्रो भएको छ ।यस्तै ब्लेस्ट तेक्वान्दो डोजाङ इटहरी, कबिर तेक्वान्दो डोजाङ इटहरी, पकली तेक्वान्दो डोजाङलाई सिल पुरस्कार दिएको छ । बेस्ट फाइटरमा पुरूष तर्फबाट एरिष श्रेष्ठ वाई प्वाइटिङ तेक्वान्दो डोजाङ, बेस्ट फाइटरमा महिला तर्फबाट
सुनसरी / इटहरीमा आफ्नो बुबाको मृत्युपश्चात् तिन छोरीले दाह संस्कार गरि काज क्रिया गरेका छन् ।बुवा ह्वाङ बहादुर खड्काकाको सफारीको ठक्करबाट साउन २५ गते रातको ७ बजे ५४ बर्षिय दुर्घटना मृत्यु भएको थियो । उनको धरान स्थित विपि कोइराला स्वास्थ विज्ञापन प्रतिस्ठानमा उपचारका लागि लादै गर्दा बाटो मै मृत्यु भएको थियो । तिन छोरी रमिला, मन्दिरा, इन्दिरा, खड्का छोरा नभएको कारण उनिहरुले दाग बत्ति दिएको थिए ।छोरी काज क्रिया बस्नु हुँदैन भन्ने परम्परागत अन्धविश्वासलाई तोड्दै छोरीहरुले दाग बत्ति दीएका छन । छोराले मात्रै क्रिया गर्नुपर्छ भन्ने मान्यतालाई तोड्दै रमिला, मन्दिरा, इन्दिराले आ
सुनसरी / लागुऔषध दुव्यसनी तथा नियन्त्रण सम्बन्धि जनचेतनामूलक कार्यक्रम भएको छ ।परिवर्तन एक अभियान इटहरी - ७ को आयोजनामा लागुऔषध दुव्यसनी तथा नियन्त्रण सम्बन्धि इटहरी ७ स्थित सेक्रेडहार्ड ईङ्गलिस बोर्डिङ स्कुलका विद्यार्थी , स्थानीय लगाएत व्यक्तिलाई जनचेतनामूलक कार्यक्रम भएको हो ।पछिल्लो समय लागुऔषध दुर्व्यसनमा फसदै गएका व्यक्ति तथा विद्यार्थीहरूलाई जनचेतनामूलक कार्यक्रम गरेको परिवर्तन एक अभियान इटहरीका अध्यक्ष तेज प्रसाद घिमिरे बताए ।ईलाका प्रहरी कार्यालय इटहरी , इटहरी वडा ७ नं वाडा कार्यालय , सेक्रेटहार्ट इंङ्गलिश स्कुल इटहरी , लक्ष्मी माद्यामिक बिद्यालय ईटहरी, एस ओ एस बालग्राम इट
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.