सुनसरी / सुरक्षा घेराभित्र कुटपिटबाट मृत्यु भएका दुईजना कैदीको शव आफन्तले बुझेका छन् । 


संखुवासभाको मादी नगरपालिका- ५ का विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का आकाश बलामीको शव आफन्तले ६ दिनपछि बुझेका हुन् । 


शनिबार किटानी जाहेरीपछि शवको पोस्टमार्टम भएको थियो । घटनामा संलग्लाई सार्वजनिक नगरेको भन्दै आफन्तले शव बुझ्न मानेका थिएनन् । जाहेरीका आधारमा आइतबार प्रहरीले कारागारमा रहेका प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी र कारागार प्रमुख राजेन्द्र घिमिरेका नाममा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको छ । 


प्रहरीले प्रहरी नियन्त्रणमा रहेका चौधरीलाई पहिलो पटक पाँच दिनका लागि म्याद थप गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कारागारका निमित्त प्रमुख घिमिरे र असई चौधरीको नाम सार्वजनिक गरेपछि सोमबार शव बुझेका हुन् ।  घटनामा संलग्न सबैलाई कारबाही गर्ने आस्वासन सुरक्षा निकायबाट पाएपछि ६ दिनपछि आफन्तले शव बुझेका हुन् ।


 दुई कैदीबन्दीकाे मृत्यूकाे छानविन निश्पक्ष र सत्यतथ्य हुनु पर्ने कुरालाई मादी नगरपालिकाका नगर प्रमुखले जीवन लिङ्थेपले  ध्यानाकर्षण गराएका छन्  । दुई जना कैदीको शंकास्पद मृत्यु भएपछि अनुसन्धानका लागि १० जना प्रहरी नै पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा असईसहित १० जना प्रहरी छन्।