सुनसरी / सप्तकोशी नदीमा पानीको बहाव उच्च देखिएको छ । पहाडी क्षेत्रमा निरन्तर बर्षा भइरहेकाले कोशीमा पानीको बहाव केही दिनयता बढिरहेको थियो ।
सोमबार बिहान भने यो वर्षकै उच्च बहाव पाइएको छ । सुनसरी प्रशासन कार्यालयका अनुसार बिहान ४ बजेको मापनअनुसार सप्तकोशी नदीमा पानीको बहाव ४ लाख ६२ हजार ३४५ क्युसेक पुगेको छ । सप्तकोशीमा एक लाख ५० हजार क्युसेक पानी नाघेपछि खतराको सङ्केत मानिन्छ ।
पानी बहाव बढेपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलेर निकास दिइएको छ । कोशी नदीको तटीयमा क्षेत्रमा रहेका सर्वसाधारणलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।


