सुनसरी / इटहरीमा आफ्नो बुबाको मृत्युपश्चात् तिन छोरीले दाह संस्कार गरि काज  क्रिया गरेका छन् ।


बुवा ह्वाङ बहादुर खड्काकाको सफारीको ठक्करबाट साउन २५ गते रातको ७ बजे ५४ बर्षिय दुर्घटना मृत्यु भएको थियो । उनको  धरान स्थित विपि कोइराला स्वास्थ विज्ञापन प्रतिस्ठानमा  उपचारका लागि लादै गर्दा बाटो मै मृत्यु भएको थियो  । तिन छोरी रमिला, मन्दिरा, इन्दिरा, खड्का छोरा नभएको कारण उनिहरुले दाग बत्ति दिएको थिए ।


छोरी काज क्रिया बस्नु हुँदैन भन्ने परम्परागत अन्धविश्वासलाई तोड्दै छोरीहरुले दाग बत्ति दीएका छन । छोराले मात्रै क्रिया गर्नुपर्छ भन्ने मान्यतालाई तोड्दै रमिला, मन्दिरा, इन्दिराले आफ्ना बुबाको क्रिया बसेका हुन् । समाजमा छोरा र छोरीबीच हुने विभेदलाई चुनौती दिँदै इटहरी १७ निवासी तिन छोरी क्रिया बस्ने भएका छन । 


 खडका परिवारमा छोराहरुले बुवाको क्रिया बस्ने अठोट लिएपछि पारिवारिक सल्लाह मै मृत्युपश्चात्को संस्कार पूरा गर्ने जिम्मेवारी छोरीहरुलाई दिइएको हो  । खड्का पुर्व सेना समेत रहेका थिए ।