All Posts By कोशी प्रेस

    Showing १०,३०१-१०,३१० of १३,७४३ items.
  • नेकपा एमालेको प्रथम कोशी प्रदेश अधिवेशन सुरु

    नेकपा एमालेको प्रथम कोशी प्रदेश अधिवेशन सुरु भएको छ।शुक्रबार ११ बजेदेखि हुने भनिएको अधिवेशन केही ढिला गरी साढे १ बजेदेखि सुरु भएको हो।अधिवेशनको उद्घाटनका लागि अध्यक्ष केपी शर्मा ओलीलगायतका शिर्ष नेताहरु विराटनगर आएका छन् । उनीहरूले अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ।विराटनगरस्थित होटल मनास्लुमा सुरु भएको अधिवेशनमा प्रदेशभरबाट एक हजार ५० जना अधिवेशन प्रतिनिधि सहभागी भएका छन् ।

    • प्रकाशित मितिः असोज १२, २०८०
    • २२६ पटक पढिएको
  • एमाले कोशी अधिवेशनको तयारी पूरा, अध्यक्षमा चार जनाको आकांक्षी

    विराटनगर / नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम प्रदेश अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । बिहीबार प्रदेश अधिवेशन प्रचार प्रसार उपसमितिले विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।एमालेको प्रथम कोशी प्रदेश अधिवेशन भोलि (शुक्रबार) बाट सुरु हुँदै छ । विराटनगरको मनास्लु होटलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज शुक्रबार अधिवेशनको उद्धाटन गर्नेछन् ।दुई दिनसम्म चल्ने प्रदेश अधिवेशनका लागि प्रदेशका १४ वटै जिल्ला र जनसंगठनबाट प्रतिनिधि छनोट भइसकेका छन् । अधिवेशनका लागि प्रदेशभरबाट एक हजार ४७ प्रतिनिधि छनोट भएका छन् ।अधिवेशनमा भूगोलबाट ९६२ जना, यु

    • प्रकाशित मितिः असोज १२, २०८०
    • २६७ पटक पढिएको
  • पार्टीलाई स्थानीय तह देखी प्रदेश हुँदै केन्द्रीय राजनीतिमा समेत जोड्न कोशी प्रदेश सचिबमा मेरो उमेद्वारी: लक्ष्मण तिवारी

    नेकपा एमालेको कोशी प्रदेश कमिटीको सचिव पदमा लक्ष्मण तिवारीले उम्मेदवारी दिने भएका छन् । असोज १२ र १३ गते  हुने प्रदेश अधिवेशनमा आफ्नो उम्मेदवारी रहेको तिवारी ले बताएका छन्। नेकपा एमाले कोशी प्रदेश कमिटी संस्थापक सदस्य हुँदै सचिवालय सदस्य, २०७३ देखी २०७९ सम्म नेकपा एमाले तेह्रथुमको अध्यक्ष समेतको जिम्मेवारी कुसलता पुर्वक समालेका थिए । नेता तिवारी सँग विकास र पर्यटन क्षेत्रको लामो अनुभव छ । उनीले कोशी प्रदेशकाे पर्यटन मन्त्री हुदाँ छोटो समयमै पर्यटन  क्षेत्रमा आफ्नो कुसल नेतृत्व देखाएको पर्यटनकर्मि उमानाथ दाहाल बताउँछन् ।नेता तिवारीले तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको सङ्गम स्थल त

    • प्रकाशित मितिः असोज ११, २०८०
    • ३७७ पटक पढिएको
  • इटहरीमा विद्यालय वरपर सुर्तीजन्य पदार्थ बिक्रीमा रोक

    सुनसरी / इटहरी उपमहानगरपालिकाले विद्यालय क्षेत्रमा सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ । इटहरीका विद्यालय क्षेत्रबाट ठूलो परिमाणमा सुर्तीजन्य पदार्थ जफत पनि गरेको छ ।नगरले विद्यालय क्षेत्र वरपर सुर्तीजन्य पदार्थ साथै मादक पदार्थ बिक्री वितरण गरेमा कारबाही गर्ने चेतावनी दिएको छ । नगरका प्रमुख हेमकर्ण पौडेलका प्रेस संयोजक धनबहादुर पुरीका अनुसार विद्यालय क्षेत्र वरपर सुर्तीजन्य पदार्थ बिक्री वितरण गरेको पाइएपछि भारी परिमाणमा सुर्तीजन्य पदार्थ बरामद गरिएको हो । उनका अनुसार बिक्री वितरण गर्नेलाई कारबाही गर्नेसमेत चेतावनी दिएको छ ।इटहरी उपमहानगरपालिकाले बुधबार बजार अनुगमन गर्दै ठूलो परिमाण

    • प्रकाशित मितिः असोज ११, २०८०
    • १९१ पटक पढिएको
  • क्लाउड एजुकेशन एण्ड भिसा सर्भिस साखा इटहरीमा उद्घाटन

    नेपाली विद्यार्थीहरुलाई डेनमार्क, अष्ट्रेलिया, क्यानडा, युके उच्च शिक्षा अध्ययन गर्न पठाउने उद्देश्यले “क्लाउड एजुकेशन एण्ड भिसा सर्भिस ” शैक्षिक परामर्श सेवा केन्द्रको शाखा इटहरीमा स्थापना भएको छ।  सिड्नी बाट सुरु भएको शैक्षिक परामर्श केन्द्रको चौथौ शाखा इटहरी ४ आइतबारे स्थित रहेको “क्लाउड एजुकेशन एण्ड भिसा सर्भिस ” शैक्षिक परामर्श केन्द्रको औपचारीक रुपमा उद्घाटन गरिएको छ ।उधोग वाणिज्य संघ कोशी प्रदेश उपाध्यक्ष भिम बहादुर पौडेल को प्रमुख आतिथ्यता साथै उधोग बाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुली ,हिसान कोशी प्रदेश बरिष्ठ उपाध्यक्ष गणेश दुलाल, जनता बहुमुखी क्याम्पस इटहरी अध्यक्ष ब

    • प्रकाशित मितिः असोज ११, २०८०
    • २,३३० पटक पढिएको
  • एमाले कोशी प्रदेश संसदीय दलको सचेतकमा कमला दर्नाल नियुक्त

    काठमाडौं / नेकपा एमालेले कोशी प्रदेशको संसदीय दलको सचेतकमा कमला दर्नाललाई नियुक्त गरेको छ । दर्नाल तेहथुमबाट समानुपातिक पद्धतिमार्फत गएको प्रदेश सभा निर्वाचनमा निर्वाचित भएकी थिईन् ।यसअघि सचेतक रहेकी भोजपुरकी सिर्जना राई मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा सामाजिक विकास राज्यमन्त्री नियुक्त भएपछि सचेतकको पद रिक्त थियो । रिक्त रहेको सचेतकमा आज दर्नाललाई नियुक्त गरेको प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

    • प्रकाशित मितिः असोज १०, २०८०
    • २४० पटक पढिएको
  • गुनासो व्यवस्थापन गर्न कोशीमा क्युआर कोड

    विराटनगर / कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले गुनासो व्यवस्थापनको लागि क्युआर कोड प्रयोग सार्वजनिक गरेको छ ।कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले  एक कार्यक्रमको आयोजना बिच प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले कोशी प्रदेश प्रहरीको क्युआर कोडको प्रयोग सम्बन्धी कार्यविधि २०८० सार्वजनिक गरेका हुन् । कार्यक्रममा कुँवरले प्रविधिको दुरुपयोग गरी आपराधिक क्रियाकलाप बढ्दो क्रममा रहेको उल्लेख गर्दै प्रहरीलाई दक्षता अभिवृद्धि गरी प्रविधिमा अब्बल बनाई नयाँ नयाँ प्रविधि समेत भित्र्याउनु पर्ने बताए ।  उजुरी पेटीकाको डिजिटल संस्करणको रूपमा प्रदेश प्रहरी कार्यालय विराटनगरले क्युआर

    • प्रकाशित मितिः असोज १०, २०८०
    • १३४ पटक पढिएको
  • धनकुटा जितपुर बाट मोरंग रमाइलो बस्ने स्व. चुडामणि पौडेलको सम्झनामा पाथिभरा क्षेत्रमा धर्मसाला निर्माण

    ताप्लेजुङ ताप्लेजुङ जिल्लामा अवस्थित एक प्रसिद्ध तीर्थस्थल हो पाथीभरा मन्दिर । पाथीभरा मन्दिर हिन्दू हरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्‍वास, आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ किलोमिटर पूर्वोत्तरतर्फ ३७९४ मिटरको उचाइमा अवस्थित छ ।यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्‍ने गर्दछ । अन्नभरेको पाथीझैँ सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पत्तिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी“ भनी श्रद्धा ए

    • प्रकाशित मितिः असोज ९, २०८०
    • ९३८ पटक पढिएको
  • कटरीमा मोटरसाइकल दुर्घटना हुँदा हुलाक कर्मचारीको घटनास्थलमै मृत्यु

    सुनसरी / मोरङको कटहरीमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।पश्चिमतर्फबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाईकललाई ठक्कर दिँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।विराटनगरबाट कटहरीतर्फ जाँदै गरेको प्रदेश १–०५–००१ ख ००७७ नम्बरको ट्रकले को १३ प ३० नम्बरको कालो पल्सर मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।मृतक हुलाक कर्मचारी चन्द्रमणी अधिकारी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    • प्रकाशित मितिः असोज ९, २०८०
    • १३१ पटक पढिएको
  • कोशीमा चार मन्त्री सहित राज्य मन्त्री थपिए , शपथ लिएक

    विराटनगर / कोशी प्रदेशका नवनियुक्त चार जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।सर्वोच्च अदालतको परमादेशले मुख्यमन्त्री नियुक्त भएका एमाले नेता हिक्मतकुमार कार्कीले नियुक्त गरेका थप चार जना मन्त्रीले सोमबार शपथ लिएका हुन् । मोरङबाट निर्वाचित प्रदेश सांसद  लिलावल्लभ अधिकारी, सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, धनकुटाका निरन राई र  सुनसरीका राप्रसाद मेहतालाई मन्त्री नियुक्त गरेका छन् । अधिकारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्री, राजभण्डारीलाई खानेपानी, सिचाइ, तथा उर्जा मन्त्री,  महतोलाई उद्योग कृषि तथा सहकारी राज्यमन्त्री र राईलाई आर्थिक मामिला तथा योजना राज्य

    • प्रकाशित मितिः असोज ८, २०८०
    • १८९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]