ताप्लेजुङ ताप्लेजुङ जिल्लामा अवस्थित एक प्रसिद्ध तीर्थस्थल हो पाथीभरा मन्दिर । पाथीभरा मन्दिर हिन्दू हरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्‍वास, आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ किलोमिटर पूर्वोत्तरतर्फ ३७९४ मिटरको उचाइमा अवस्थित छ ।

यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्‍ने गर्दछ । अन्नभरेको पाथीझैँ सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पत्तिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी“ भनी श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ ।

IMG-20230925-WA0009

ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई “मुक्‍तुवुङ“ भनेर चिन्दछन् । लिम्बूभाषामा “मुक्‍तु“को अर्थ शक्ति वा बल, “वुङ“को अर्थ बोट भन्ने जनाउँदछ् । अर्थात् लिम्बूजातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन् ।
फेदीबाट लेकाली अङ्गेरी, गोब्रेसल्लो, धुपी, गुराँसको जंगल मालिङोघारीको बाटो हुँदै लगभग २ घण्टा ठाडो उकालो हिँडेपछि पाथीभरादेवीको मन्दिर रहेको डाडाँमा पुग्न सकिन्छ, जहाँबाट कञ्चनजंघा, कुम्भकर्ण जस्ता हिमश्रृंखला अवलोकन गर्न सकिन्छ ।पाथीभरा मन्दिर बाटोमा भक्तजन हरुको सहजताका लिगी मनकारी मानिसले विभिन्न स्थानमा व्यवस्थित बिस्राम्स्थल पने गरिदेने गरेकाछन। तेस्तै धनकुटा जितपुर बाट मोरंग रमाइलो बसोबास गरिरहनु भएका निरमाया पौडेलको परिवारले आफ्ना पिता चुडामणि  को सम्झनामा धर्मसाला बनाइदिएका हुन्  ।

Screenshot_2023_0926_221907

धार्मिक आस्थाको केन्द्रका रुपमा रहेको पाथीभरा मन्दिर परिसरमा आगन्तुक भक्तजनको सहजताका साथै  व्यवस्थित बनाउने उद्देश्यले धर्मसाला निर्माण गरिएको छोरा चन्द्र पौडेलले बताउनुभयो। धर्मसाला निर्माणपछि पाथीभरा मन्दिर बाटो आकर्षक र व्यवस्थित देखिएको छ।

IMG-20230924-WA0008

धर्मसालाले मन्दिरमा आउने भक्तजनलाइ  सहजता व्यवस्थित बसाइका लागि आफ्नो परिवारबाट धार्मिक तथा सामाजिक काम धर्मसाला बनाउन सकेकोले पौडेल परिवारका  आफ्ना  पितृ हरुको बैकुन्ठ प्राप्ति हुने विश्वास लिएको राधा पौडेलले बताउनुभयो । धर्मसाला निर्माण सम्पन्न पस्चात पुजाआजा गरी विधिवत् रुपमा हस्तान्तरण कार्यक्रम गरिएको थियो उक्त हस्तान्तरण कार्यक्रममा निर्माण कर्ता निरमाया पौडेल
छोरा बुहारी- चन्द्र+ राधा पौडेल, छोरी हरु- कमला पोख्रेल, चन्द्रकला कार्की, रेनुका खड्काको उपस्थितिमा मन्दिर ब्यवस्थापन समिति लाइ हस्तान्तरण गरिएको थियो।
Screenshot_2023_0926_222607
ताप्लेजुङस्थित पाथिभरा मन्दिरमा पुग्दा  मनोकामना पूरा हुने धार्मिक विश्वास छ। यहाँ झापा, मोरङ, सुनसरीलगायत  देसैभरी बाट दैनिक हजारौ  भक्तजन आउने गरेका छन्।